‘दर्शकले रुँदै हेरे मैना’ (प्रोमोसहित)

   

सुशील पौडेल

नेपाली फिल्मलाई बलिउडको मसलामा पकाइने आरोप नयाँ होइन । अधिकांश फिल्मकर्मी पनि मसलामै खान्की बिक्ने मान्छन् । यथार्थपरक र चेतनामूलक विषयलाई ‘डार्क’ मानिन्छ । तर निर्देशक केपी पाठकले भने विगतको द्वन्द्वकालमा सेनाले काभ्रे खरेलथोककी १५ वर्षीया बालिका मैना सुनारलाई पक्राउपछि हत्या गरेको विषयलाई ‘डार्क’ मानेर लत्याएनन् । फिल्म बनाउन आँट देखाए पनि पाठकलाई फिल्म रिलिज गर्न भने चार वर्ष बढी लाग्यो । गत साता रिलिज गरिएको फिल्म ‘मैना’ ले वितरक नै नपाएर ढिलो भएको उनको जिकिर छ ।

 Maina

फिल्म रिलिजपछि मनमा के खेलिरहेको छ ?

रिलिजअघि त स्टारकास्टका फिल्म आए, खत्तम हुन्छ कि भन्ने थियो । खुसीको कुरा अहिले त्यो डर त हट्यो तर कम्तीमा ‘मैना’ को दर्शक योभन्दा बढी हुनुपथ्र्यो । लुरेहरूको दौडमा फस्ट भएजस्तो मात्रै भयो । इनिसियल राम्रो पनि भएन । लगानी उठ्ने जस्तो पनि देखिएन ।

रिलिज ढिलो गरेर आफैंले पनि त फिल्मलाई लुरे पार्नुभयो नि ?

परिस्थितिले गर्दा ढिलो भ’को हो । फिल्मक्षेत्रको राजनीतिक चपेटामा पनि परें । अर्को मुख्य कुरा त मैले फिल्म चलाउन वितरक नै पाउन गाह्रो भयो । त्यसको कारण भनेको चलेका कलाकार छैनन्, व्यावसायिक हिसाबले जाँदैन भन्ने अनि सेनाले रोकिदिन्छ भन्ने त्रास पनि हो । सेनाको विषयमा बनेको फिल्म, बनाउने बेलैमा मैले भोगेका धम्कीहरूको त्रासले कसैले पनि फिल्म लिनै नमान्ने ।

सेनाको विषयमा बनेको फिल्म ‘बधशाला’ लाई चल्नै समस्या परिरहेको बेलामा त्यस्तै विषयको ‘मैना’ चल्न पाउँदै पनि खुसी लागेको होला ?

‘मैना’ नरोकिने कुरामा त म ढुक्क थिएँ । किनभने यसलाई राज्यले तीन-तीन किसिमले अनुमोदन गरेको छ । अर्को कुरा, फिल्मले सेनाले स्वीकार गरेकै कुरा मात्र देखाएको छ । अतिरञ्जित गरिएको छैन । सेना आफैंले गल्ती स्वीकारेको कुरालाई देखाउँदा र भएकै कुरा दिँदा सेनाले रोक्न सक्ने अवस्था थिएन । फेरि राज्यले सेन्सर पास गर्नुका साथै विशेष सिनेमा पनि मानेको हो । यही फिल्मलाई विकास बोर्डले पाँच विधागत राष्ट्रिय अवार्ड पनि दिएको छ ।

व्यावसायिक रूपमै चलाउने भएपछि फिल्ममा मनोरञ्जन पनि हुनु जरुरी मानिन्छ । तपाईंलाई के लाग्छ ?

मनोरञ्जन त हुनुपर्छ । तर यसको परिभाषाको दायरा भने फराकिलो हुनुपर्छ । अहिलेसम्मको बुझाइ के रह्यो भने मनोरञ्जन भनेको हँसाउने र नचाउने मात्रै हो । मनोरञ्जन त्यतिले मात्रै हुँदैन, दर्शक कन्भिन्स भयो भने पनि हुन्छ । कुनै कुरामा मान्छे सहमत हुनुपर्‍यो, त्यसले दर्शकलाई तान्नुपर्‍यो । होला, कुनै फिल्मले हँसाएर मनोरञ्जन दियो होला, कुनैले द्वन्द्वबाट त कुनैले नृत्यबाट । तर ‘मैना’ का दर्शकले रोएर मनोरञ्जन लिइरहेका छन् । मन पराउनु चाहिँ रमाइलो हो । नत्र कोही किन आँसु पुछ्दै अन्तिमसम्म बस्छ त ? ‘मैना’ ले दिने अर्को मनोरञ्जन भनेको फिल्ममा दर्शकले आफूलाई पाउँछ । दस वर्षे द्वन्द्वको प्रतिनिधि घटना र पात्रमा रहेर बनाएको फिल्म भएकाले अधिकांश दर्शकले फिल्ममा आफूलाई पाएर इन्टरटेनमेन्ट गर्छ । ‘पिन ड्रप साइलेन्ट’ मा दर्शकले फिल्म हेरेको पाएको छु । मन पराउनु भनेकै मनोरञ्जन गर्नु त हो नि । दर्शक उपस्थिति कम छ तर जति आएका छन् मन पराएका छन् ।

 

के सोचेर यस्तो ‘डार्क’ विषयमा फिल्म बनाउनु भयो ?

फिल्मले हँसाउनु, नचाउनु त छँदै छ । त्यसले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ । जब पछिल्लो जनआन्दोलन भयो, हामी फिल्मकर्मी पनि परिवर्तनको पक्षमा होमियौं । लोकतन्त्र आइसकेपछि चाहिँ अभिव्यक्ति स्वतन्त्रता होला, युद्ध अपराधीले कारबाही भोग्नुपर्ला, पीडितले न्याय पाउलान्, महिला हिंसा र दण्डहीनताको अन्त्य होला, मानवअधिकारको सम्मान होला भन्ने सोचेको तर भइदिएन । गणतन्त्रमा पनि बरु तिनै दोषी नै माथि पुगे । जनताको घरदैलोमा लोकतन्त्र आएन भने कसका लागि त भन्ने मनमा सोच आयो । एउटा पत्रिकामा मैनाको आमा देवी सुनारको आँखाभरि आँसु भएको फोटो देखेपछि यिनलाई चाहिँ किन लोकतन्त्र आएन ? आएको भए त छोरीको हत्यारालाई सजाय हुन्थ्यो होला नि ? उनले न्याय पाउँथिन् होला नि । मलाई यही विषयले

छोयो । यसअघि एकल महिलाको बारेमा बनाउन खोज्दै थिएँ तर मैनाको विषय बढी गम्भीर लाग्यो । अनुसन्धान क्रममा मैनाकी आमासँग कुराकानी गर्दा उहाँले तपाईं यस्तो घटनामा फिल्म बनाउन सक्नु होला र ? मैले यत्रो दुःख पा’छु । तपाईंहरूले सक्नुहोला र ? भनेपछि ममा झन् चुनौती थपियो । तपाईं न्यायको पक्षमा लाग्न सक्नुहोला र भनी गरिएको प्रश्न मेरा लागि गम्भीर भयो

जुन सोचले ‘मैना’ बनाउनुभयो, तर दर्शक त खासै पाएन फिल्मले ।

मैले दुइटा राम्रा काम गरें भन्ने लागेको छ, ‘मैना’ बनाएर । एउटा त बिर्सन लागेको मैना सुनारको घटनालाई फेरि सम्झाउने काम गर्‍यो । परिणामस्वरूप मैना घटनाका दोषी मेजर निरञ्जन बस्नेतलाई शान्ति सेनाबाट फर्काइयो । अनि महिला हिंसाको कुरा मैले ५ वर्षअघि नै उठाएँ, फिल्मबाट । अहिले चरमोत्कर्षको रूपमा यसको अकुपाइ बालुवाटार चलिरहेको छ । अनि यथार्थपरक फिल्म बनाउने बाटोमा पनि ‘मैना’ ले कदम चालेको छ । अब यस्तै विषयमा अर्को फिल्म बनाउँदै छु । स्क्रिप्ट तयार भइसकेको छ, एक वर्षभित्रमा रिलिज हुन्छ । अहिले विषय खोल्दा सुटिङमा समस्या पर्न सक्छ ।

Source : http://www.ekantipur.com/nep/2069/11/7/full-story/362834.html

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s