प्रेम: परिभाषा

प्रेम: परिभाषा

Valentines-Day-Gifts‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’
— विलियम सेक्सपियर
‘म स्वार्थी छु, अधैर्य छु र अलिकति कमजोर छु । म गल्तीहरू गर्छु, आफ्नो नियन्त्रणबाहिर हुन्छु र कहिलेकाही आफैँलाई सम्हाल्न सक्दिन । यदि मेरो सबैभन्दा खराब अवस्थामा तिमी मलाई सम्हाल्न सक्दैनौ भने मेरो राम्रो अवस्थामा मलाई पाउने हक तिमीलाई छैन ।’
— मार्लिन मुनरो
‘तिमी जब रातमा निदाउन सक्दैन, त्यतिबेला तिमी प्रेममा हुन्छौ, किनकि अन्तत: तिमीलाई सपनाभन्दा वास्तविकता सुन्दर लाग्न थालेको हुन्छ ।’
— डा. सेउस
‘यदि तिमी मानिसहरूलाई मूल्यांकन गर्न थाल्छौ भने तिनीहरूलाई प्रेम गर्ने समय तिमीसित हँुदैन ।’
— मदर टेरेसा
‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ? भयानक हुन्छ, होइन त ? यसले तपार्इंलाई साह्रै नाजुक बनाउँछ । यसले तपाईंको छाती खोलिदिन्छ, तपाईंको हृदय उघार्छ र यसको मतलब कोही त्यहाभित्र पसेर तपाईंलाई भद्रगोल पारिदिन सक्छ ।’
— नील गइम्यान
‘प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’
— निकोलस स्पार्कस
‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा तपाईंलाई साहस मिल्छ ।’
— लाओ चु
‘तपाईं उनको पहिलो, अन्तिम वा एकमात्र (प्रेमी) नहुन सक्नुहुन्छ । उनले यसअघि कसैलाई प्रेम गरेकी हुनसक्छिन र भविष्यमा पनि कसैलाई गर्न सक्छिन् । यदि वर्तमानमा उनले तपाईंलाई प्रेम गर्छिन् भने अरू कुराले के अर्थ राख्छ ? प्रत्येकक्षण उनले तपाईंलाई नसम्झिन सक्छिन्, तर उनले आफ्नो शरीरको एउटा हिस्सा, हृदय, तपाईंलाई दिन्छिन्, जून उनलाई थाहा छ कि तपाईंले तोड्न सक्नुहुन्छ । त्यसैले उनलाई दु:खी नबनाउनुस्, उनको मूल्यांकन नगर्नुस्, उनीबाट बढी अपेक्षा पनि नगर्नुस् । जब उनले तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस् । जब उनी छैनन्, सम्झिदिनुस् ।’
— बब मार्ले
‘चुम्बनबिनाको प्रेम भनेको शब्द बिनाको किताब जस्तै हो, रित्तो ।’
— एन्ड्रयू वल्फ
‘प्रेम आगो हो । तरस यसले तपाईंको हृदयलाई न्यानो दिनेछ वा तपाईंको घर जलाइदिनेछ, केही भन्न सकिँदैन ।’
— जोन क्रफोर्ड
‘कुनै व्यक्ति एउटी मुलायम केटीलाई नहड्बडाई सरक्कसित चुम्बन गर्न सक्छ भने उसले उक्त चुम्बनप्रति न्याय गरेको ठहरिँदैन ।’
— अल्बर्ट आइन्सटाइन
‘जब हामी प्रेम गर्छौं, त्यतिबेला आफूलाई राम्रो देखाउन कोसिस गर्छौं । जब आफूलाई रम्रो देखाउन खोज्छौँ, त्यतिबेला हामी वरिपरिको परिवेश आफसेआफ राम्रो भइदिन्छ ।’
— पाउलो कोयल्हो
एउटा केटा र केटी घनिष्ठ साथी हुनसक्छन्, तर कुनै न कुनै विन्दुमा पुगेपछि उनीहरू एकअर्का बिना बाँच्न नसक्ने हुन्छन् । हुन सक्छ अस्थाइ रूपमा, हुन सक्छ गलत समयमा, हुन सक्छ धेरै ढिलो वा हुन सक्छ, सधँैका लागि उनीहरू प्रेममा पर्छन् पर्छन् ।
‘पापलाई घृणा गर, पापीलाई प्रेम गर’
— महात्मा गान्धी

source : http://www.souryadaily.com/2013/02/14.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s