प्रभाव हिन बन्दै हुलाका सेवा

गोपी ज्ञवाली, नवलपरासी, फागुन २ गते । सामाजिक विकासको क्रममा अहिले आएर संचार टेक्नलोजीको तिब्र विकास भई रहेको अवश्थामा हुलाक सेवा अधुनिकीकरणको अवश्थामा दिन प्रतिदिन  प्रभाव हिन बन्दै गई रहेको छ ।

कुनै समयाम समाचार एवं सुचना प्रवाहको एक मात्र साधनको रुपमा रहेको  हुलाक सेवा आधुनिकीकरणको अभावमा अहिले प्रभाव हिन बन्दै गई रहेको बताउनु हुन्छ नवलपरासीको सदरमुकाम परासीबाट पत्रकारिता गर्दै आउनु भएका बयोबृद्ध पत्रकार महेश थापा ।  थापा भन्नुहुन्छ अहिले त सुचना टेक्नलोजीले फडको नै मा¥यो तर हाम्रो समयमा परासीमा समाचार संकलन गरेर बुटवलको हुलाका कार्यालयमा पुगी काठमाण्डौको संचार गृहका लागी हुलाकबाट समाचार पठाउने गर्दैथ्यौ तर अहिलेका केटाकेटीहरुले हुलाक भनेको केहो भन्न थालेका छन ।

सुचना संचारका लागी अहिले ईन्टरनेट लगाएतका विद्युतीय माध्मको विकास हुदै जादा हुलाका सेवा ओझेलमा परेको छ । अहिले हुलाकबाट पत्र आउने क्रम प्रायः ठप्पनै रहेको बताउनु हुन्छ पत्रकार महांसंघको कार्यालयमा अउनु भएका रामग्राम नगरपालिकाका हलकारा (हुलाकी) मुक्ति प्रसाद ठाकुर । सुचना टेक्नलाजीको विकास भयो तर हुलाक सेवालाई समय सान्दर्भीक रुपमा परिमार्जन नगर्दा हुलाक सेवाको काम ९० प्रतिशत घटेको बताउनुहुन्छ हलकारा  ठाकुर । २०४१ साल देखी जिल्लाको सदरमुकाम परासी बजारमा हल्काराको काम गर्दै आउनु ठाकुर भन्नुहुन्छ हुलाक कार्यालयमा पहिला पहिला चिठी पत्रहरुको छटनी गर्दा दिउसोको ३ बजथ्यो तर आजकल ११÷१२ वजे भित्रै सबै चिठी पत्रहरुको छटनी सकीन्छ ।
पहिला पहिला हुलाकबाटै देश विदेशका सबै समाचार सुचना आउने गर्दथे भने आजकल केवाल सरकारी पत्र, बुक पोष्ट, विदेशी श्रमीक पत्र एवं केही मात्रामा मात्र पर्सलको सामान आउने गरेको बताउनु हुन्छ हल्कारा ठाकुर ।
नेपालको हुलाक सेवा विश्व हुलाक संघको मा आबध्ध भए पनि नेपालको हुलाक सेवा भरपर्दौ र द्रुत गतिको सेवा दिन नसकेका कारण अहिले नेपालको हुलाक सेवा प्रभावहिन बन्दै गएको सेवाग्राहिको गुनासो रहेको छ ।
जिल्ला हुलाका कार्यालयका बरिष्ठ हुलाका अधिकृत लक्ष्मण पंथी ले भने हुलाकको महत्व घटेको नभएर हुलाक मार्फत आउने जनस्तरका चिठीपत्रको संख्या मात्र घटेको तर सरकारी पत्रहरुको संख्या घटनुको साटो अझै बडेको र पार्सलको मात्रा पनि खासै नघटेको बताउनु हुन्छ । पंथि भन्नुहुन्छ मोबाईल र ईन्टरनेट सेवाका कारण केही मात्रामा ब्याक्तिगत पत्रहरुको संख्या घटेको हो । हुलाकाको दु्रत सेवाको विषयमा भने नेपाल सरकारको आफनो ढोवानी साधनको अभावका कारण निजी सवारी साधनको भर पर्नुपर्ने बाध्यताका कारण समयमा सेवा दिन नसकिएको स्विकार गर्नु भएको छ । ढिलाई गर्ने सवारी साधनलाई जरिमाना गर्ने प्रावधान भए पनि सो अनुसार हुलाकले द्रुत सेवा दिनमा समस्या रहेको स्विकार गर्नुहुन्छ बरिष्ठ हुलाका अधिकृत पंथी ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s