उनको हातमा अझै गुलाबको फुल थियो

-जीपी तिमल्सिना

jp-timalsina०५४ सालतिरको कुरा हो, नेपाल टेलिभिजनबाट म्युजिक प्लस कार्यक्रम आउँथ्यो । म त्यो कार्यक्रमको प्रोड्युसर, डाइरेक्टर तथा भीजे थिएँ । दुई भीजेमध्ये एक केटी राखिन्थ्यो । करिब ५० एपिसोडपछाडि मलाई भीजेको अभाव भयो । त्यस बेलासम्म काम गरिरहेका बहिनीहरू अध्ययनका सिलसिलामा बाहिर जाने भए । मित्र आलोक नेम्वाङलाई भनेँ– ‘मलाई म्युजिक प्लसका लागि एउटी भीजे चाहियो, के गर्ने होला ?’ आलोकले भनेका थिए– ‘मिस पोखरामा सहभागी भएकी एउटी केटी छन्, उनले काम गर्छिन् कि ? एकचोटि भेट न त †’

सन् २००० जनवरी १९ का दिन म ती केटीलाई भेट्न इमेज टेलिभिजन गएँ । आलोक त्यहीँ काम गर्थे । भित्र छिर्नासाथ एउटी स्मार्ट केटी देखेँ, राम्री पनि त्यत्तिकै । एकअर्काका अगाडि पर्नासाथ हाम्रो आँखा जुध्न पुग्यो । केही समयपछि आलोक त्यहीँ आइपुगे । तिनै रहिछन् उनले भनेकी भीजे । परिचय गराइदिएँ– ‘यिनी हुन् उषा खड्गी †’ उनैलाई म्युजिक प्लसमा लिएँ । कार्यक्रम म्युजिकसम्बन्धी भए पनि उनलाई सांगीतिक क्षेत्रबारे उति थाहा रहेनछ । सुरुको प्रस्तुति देख्दा उनमा कार्यक्रम संचालन गर्नसक्ने खुबी थिएन । तर, सिकाउँदै जाँदा विस्तारै राम्रो गर्न थालिन् । कार्यक्रमका एपिसोडसँगै हाम्रो सम्बन्ध पनि साथसाथ बढिरहेको थियो । नजिकका साथीजस्ता बनिसकेका थियौँ । मलाई उनीसँगको सान्निध्य अनि व्यवहार फूलजस्ता लाग्न थालेको थियो । सायद म उनलाई साथीबाट बढेरै मन पराउन थालिसकेको थिएँ । आपसी व्यवहारहरूमा आत्मीयताको स्तर केलाउन थालेको थिएँ । प्रस्टै थियो– म ती व्यवहारहरूमा प्रेमको सुगन्ध अनुभूत गर्न चाहिरहेको हुन्थेँ । म उनका शब्दहरू कानले होइन, हृदयले सुन्न थालेको थिएँ ।
त्यही वर्षको भ्यालेन्टाइन डेलाई फोकस गरेर मैले एउटा नाटक तयार गरेको थिएँ । त्यसको एउटा पात्र उनलाई पनि बनाएँ । मैले उनलाई प्रेमप्रस्ताव गर्दै गुलाफ दिनुपर्ने सिन थियो, एउटा । उनका हातमा गुलाफ दिँदै गर्दा म थकथकाइरहेको थिएँ– ‘कास यो नाटकमा नभएर वास्तविक जीवनमै हुन्थ्यो †’ म नियालिरहेको थिएँ, उनको हातको त्यो गुलाफ अनि अनुहारको भंगिमा । छायांकन सकिएपछि पनि त्यो गुलाफ उनले हातमै लिइरहिन्, अनि हेरिरहिन् निरन्तर । मेरो मनै उज्यालो भयो । जिस्क्याएजस्तो गरेर दाउ छोपेँ– ‘भ्यालेन्टाइन डेका दिन पनि तिमीलाई यसैगरी रोज दिनुपर्छ के हो, हाम्रो त लभ पर्लाजस्तो लाग्यो मलाई †’ प्रतिक्रिया सुनेर उनको मनमा मप्रतिको धारणा जाँच्न चाहन्थेँ म । तर, उनी सिरियस मात्रै भइन् ।
०००
३८ वर्षअघि रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएको म । साधारण परिवारको सदस्य, मेरो बाल्यकाल पनि सामान्य तरिकाले नै बित्यो । स्कुले जीवनमा सधैँ अध्ययनकै पछाडि लागियो, लभ गर्ने चलनै थिएन । गर्लफ्रेन्ड त के, बेस्ट फ्रेन्डसमेत बनाइएन उस बेला । कलेज लाइफको पनि कुरो उस्तै, कुनै केटीसँग मन बसेन । म बच्चै छँदा बुबा र उहाँका साथीले मतिर हेरेर ठट्टा गरेको सुन्थेँ– ‘तिम्रो छोरा र मेरो छोरीको बिहे गरिदिनुपर्छ कि कसो ?’ लजाउँथेँ तर त्यो उमेरमा म प्रेम, विवाह र विपरीतलिंगीय सम्बन्धबारेको कुनै भेउ पाउँदैनथेँ । कुनै केटीसँग नजिकिऊँ, प्रेम गरूँ भन्ने चाहनै पनि थिएन । बरु साथीहरू ‘तँलाई फलानी केटीले मन पराउँछे रे’ भनेर सुनाउँथे । म सुनेको नसुन्यै गरिदिन्थेँ । तर, समय र संयोगले विस्तारै मान्छेको मनमा प्रेमको टुसो पलाउन थाल्दो रहेछ । दृष्टिमा ठोक्किन आइपुग्ने अनेकौं दृष्टिहरूका बीच कुनै दृष्टि यस्तो पनि हुँदो रहेछ, जसले सीधै हृदयमा प्रेमबाण हान्दो रहेछ । अनि मनले आफैँलाई आदेश दिँदो रहेछ– ‘आई लभ यू भन् ।’ उषासँगको भेटपछि मेरो पनि अवस्था यस्तै थियो ।
०००
धापासीस्थित सहन्सा होटेलमा भ्यालेन्टाइन डेका अवसरमा विशेष कार्यक्रम थियो । त्यसको निम्तो मलाई पनि थियो । उषालाई पनि साथै लैजाने बहाना खोजिरहेको थिएँ । फोन गरेँ– ‘तिम्रो ब्वाइफ्रेन्ड छ कि छैन ?’ उनले ‘छैन’ भनिन् । ‘मेरो पनि गर्लफ्रेन्ड छैन, भ्यालेन्टाइन डेको एउटा कार्यक्रमबाट निम्तो आएको छ, जाने हो त ? जाने भए मलाई बेलुकी फोन गर न ।’ उनी मसँग जान तयार भइन् ।
कार्यक्रममा हामी फस्र्ट कपलका रूपमा पुगेछौँ । त्यो प्रेममय माहोलमा पस्नेबित्तिकै हामीलाई गुलाफको फूलले स्वागत गरियो । यद्यपि हामी घोषित प्रेमीप्रेमिका बनिसकेका थिएनौ । त्यो माहोलले मलाई झन् उनीप्रति तानिरहेको थियो । कार्यक्रमको बीचतिर आँट गरेँ । अब सीधै भन्नुपर्छ, नो लेफ्ट नो राइट, नत्र पछि परिन्छ भन्ने लाग्यो । भूमिका बाँधेर सोधिहालेँ– ‘हेर, यो माहोलले त मलाई भन्न जरुरी नै बनायो, म सही छु या गलत थाहा छैन तर तिमी मलाई असाध्यै jp-famlyमन पछ्र्यौ । मेरो लाइफ पार्टनर बन्छ्यौ ?’ उनी केही नबोली लजाउन थालिन् । शुभ संकेत देखेपछि मेरो फुर्ती झन् बढ्यो– ‘तिमीले जवाफ नदिएसम्म म पनि तिमीलाई आज घरै लैजान्नँ के †’ म साथलाई सकेजति प्रेमिल बनाउने कोसिस गरिरहेको थिएँ । कार्यक्रममा उनलाई मन पर्ने गीतहरू अफर गरेर गाउन लगाएँ । अब विस्तारै उनी पनि मप्रति मायालु व्यवहारहरू दर्साउन थालिन् । केही समयपछि भनिन्– ‘म पनि माया गर्छु ।’ मेरो खुसीको सीमा रहेन । के गर्नु गर्नु भयो † उनलाई घर लगेर छोडिदिएँ । फर्केर कोठामा आएपछि त्यो रात म त निदाउनै सकिनँ ।
त्यही वर्ष मिस नेपाल प्रतियोगिता हुनेवाला थियो । उनले पनि सहभागिता जनाउने इच्छा देखाएकी थिइन् । सुरुमा त मैले उनलाई भाग नलिन आग्रह गरेको थिएँ । उनको मायामा म स्वार्थी भएको थिएँ । आशंका थियो– ‘त्यसपछि कतै मलाई छोडेर टाढा जाने पो हुन् कि †’ हुन त यो प्रेमप्रस्ताव गर्नुभन्दा अघिको कुरा थियो । प्रस्ताव स्विकारिसकेपछि भने ढुक्क हुन पाएको थिएँ, उनलाई भाग लिन आग्रह गरेँ । त्यसका लागि आवश्यक सपोर्ट गरिरहेँ । आफूले जानेका कुराहरू सिकाएँ । अघिल्ला चरणहरूमा राम्रै सम्भावना देखाएपछि उनैले जित्ने आशा प्रबल हुँदै गएको थियो मभित्र । फाइनल राउन्ड हेर्नचाहिँ म पनि पुगेँ । कार्यक्रममा हामीले सँगै नृत्य पनि गरेका थियौँ । लामो पर्खाइपछि विजेता घोषित गरियो– ‘यस वर्षकी मिस नेपाल उषा खड्गी’ भनेर । मेरो हर्षको सीमा थिएन । तर, तत्काल एउटा समस्या पनि थियो । उनको गाडी थिएन, मसँग एउटा मोटरसाइकल मात्र थियो । उनका बाबाममीहरू पनि त्यहाँ आउनुभएको थियो । हिजोसम्म नीलो टेम्पु चढेर हिँड्ने उनी अब सेलेब्रिटी हुँदै थिइन् । म सोचिरहेको थिएँ– यो अवस्थालाई अब कसरी व्यवस्थापन गर्ने होला ? प्रतियोगिता सकिएपछि उनी दौडँदै आएर मलाई ‘हग’ गरिन् । उनलाई बाइकमा राखेर घर पुर्‍याइदिएँ ।
मिस नेपाल भइसकेपछि हाम्रो सम्बन्ध झनै नजिकियो । म उनलाई गार्जेनजसरी आवश्यक गाइड पनि गर्थें । म्युजिक प्लस कार्यक्रम २०५८ सालमा बन्द भएपछि म म्युजिकभिडियो निर्देशनतिर लागेँ । उनीचाहिँ च्यानल नेपालमा काम गर्न थालिन् । समय बितिरहेको थियो । दुवैको परिवारबाट प्रेसर आउन थालेपछि हामीले बिहे गर्ने निधो गर्‍यौँ । २०५९ वैशाख २६ गतेका दिन हाम्रो लगन जुर्‍यो । दुवै परिवारका माझ दक्षिणकाली मन्दिरमा विवाह भयो । म बाहुनको छोरो, उनी नेवार भएकाले दुवैलाई मिल्ने विधिअनुसार हाम्रो बिहे भयो ।
उनी मिस नेपाल भएपछि हाम्रो सम्बन्ध अप्ठेरो मोडमा पुग्ने हो कि भन्ने लागिरहन्थ्यो मलाई । तर, उषा मैले सोचेभन्दा पनि धेरै माथि रहिछन् । विवाहपछि त हाम्रो सम्बन्ध थप सुमधुर हुँदै गयो । शब्दमा उतार्नै सक्दिनँ यी अनुभूतिहरू । मभन्दा पाँच वर्ष कान्छी उनी, केही कुरा मैले बढी जानेको हुँला । तर, मलाई बुझ्न सक्ने संसारमा उनै मात्र हुन् । लोग्नेस्वास्नीबीच अलिअलि ठाकठुक त परी नै हाल्छ । बच्चाको हेरविचार गर्ने कुरालाई लिएर कहिलेकाहीँ सानोतिनो भनाभन चल्थ्यो । तर, एकअर्कालाई सम्झाउने तरिकाले । धेरथोर ठाकठुक अहिले पनि नचल्ने होइन । तर, कहिलेकाहीँको यस्तो ठाकठुकले सम्बन्ध झन् सुमधुर बनाउँदो रहेछ, हामी दुवैले बुझेका छौँ । विवाहको डेढ वर्षपछि छोरी उगेस्ना जन्मिइन् ।
मलाई हाम्रो सम्बन्ध प्रकृतिले नै दिएको वरदानजस्तो लाग्छ । ब्यालेन्स मिलेको रथजस्तो । भ्यालेन्टाइन डेबाटै हाम्रो प्रेमजीवनको सुरुआत भएकाले हरेक भ्यालेन्टाइन विशेष किसिमले मनाउँछौँ हामी । आज पनि उनलाई फूल अथवा अरू केही सप्र्राइज दिएर उनलाई भ्यालेन्टाइन विस गर्ने सोचिरहेको छु । आजै हामी अल्फा हाउसमा ‘यू आर स्पेसल’ नामक कार्यक्रम पनि संचालन गर्दै छौँ । सिने गुरुङ र अनुप पौडेलले गीत गाउनेवाला छन् ।
प्रस्तुति : विशाल राई

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s