क्यान इन्फोटेक सुरु

can infotech

काठमाडौ, माघ २५ – कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा सूचना प्रविधिको मेला मिदास क्यान इन्फोटेक बुधबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्टराईले मेलाको उद्‍घाटन गरे । मेलाको पहिलो दिन ४९ हजार ४ सय ५५ जनाले अवलोकन गरेका छन् । इन्फोटेकको अवलोकन गर्न मुख्य सचिव लीलामणि पौडेल, गभर्नर युवराज खतिवडालगायत अधिकारी पुगेका छन् । आयोजकले इन्फोटेकमा ४ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ । इन्फोटेकमा मुख्य हलभित्र ३९ वटा र बाहिर १ गरी ४० ब्रान्डिङ प्याभिलियन, ट्रसमा १ सय ४४, ओपन स्पेस १४, वाल ७, फुड स्टल १५ गरी २ सय २० स्टल छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स र मेन्टेनेन्ससँग सम्बन्धित कम्पनी ४९ प्रतिशत, पावर सोलुसन ७ प्रतिशत, मोबाइल एक्सेसरिज ४ प्रतिशत, टेलिककम कम्पनी र इन्टरनेट सेवा प्रदायक ३ प्रतिशत, ट्रेनिङ सेन्टर र कलेज १० प्रतिशत, सफ््टवेयर सोलुसनका १४ र अन्य १३ प्रतिशत कम्पनी सहभागी छन् ।

मेलाको मुख्य प्रायोजक मिदास टेक्नोलोजिजले मिडास ई—क्लास सार्वजनिक गरेको छ । यस्तै नियोटेरिकले अपरेटिङ सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप, नोकिया लुमिया मोबाइल फोन सार्वजनिक गरेको छ । मेलामा विभिन्न आईएसपीले इन्टरनेटका सस्तो प्याकेज ल्याएका छन् । नेपाल टेलिकमले १ सय रुपैयाँमा त्यत्ति नै ब्यालेन्स भएको प्रिपेड सिम कार्ड बिक्री गरिरहेको छ ।

उद्‍घाटन कार्यक्रममा सचिव भट्टराईले सूचना प्रविधिसँग सम्बन्धित नीति निर्माण तथा ई—गभर्नेन्समा सरकारले ध्यान दिइरहेको बताए । उनले प्रविधि क्षेत्रलाई उकास्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा क्यान अध्यक्ष विनोद ढकालले प्राविधिक क्षेत्रको विकास र सूचनाको पहुँच सबै क्षेत्रमा पुर्‍याउन मेला आयोजना गरिएको बताए । उद्‍घाटनमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, मिदास टेक्नोलोजिज कार्यकारी निर्देशक छत्रहरि कार्की, क्यानका पूर्वअध्यक्षहरू सुरेशकुमार कर्ण, विमलकुमार शर्मालगायतले सूचना प्रविधिको विकासमा सरकारले ध्यान दिनुपर्ने औंल्याए । मेला माघ २९ सम्म चल्ने छ ।

 

 

प्रकाशित मिति: २०६९ माघ २५ ०९:४५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s