कृषि विकासमा कोसेढुंगा- कृषिबिमा

प्रस्तुति: विश्वनाथ खरेल

मिति: 2013-02-04

सम्बन्ध: विचार

देशकै कृषिक्षेत्रको इतिहासलाई अवलोकन गर्ने हो भने सरकारी स्तरमा किसानको हितमा गरिएको कृषिबिमा प्रथम हो । यसले कृषिक्षेत्रको समग्र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको देखिन्छ । यथार्थमा भन्नुपर्दा कृषकलाई आफ्नो पेसामा सुरक्षित महसुल गर्न सक्ने वातावरण बनाउन सकिरहेको थिएन ।

 Nameकृषि अर्थतन्त्रको देश भएर पनि कृषिको विकास तथा विस्तारमा किसानवर्गलाई आकर्षण एवं आश्वस्त गर्न सकिएको छैन । नेपालको विगत, वर्तमान र भविष्य नै कृषि हो । हाम्रा दुई ठूला अर्थतन्त्र भएका देशहरू भारत र चीनबीच अवस्थित नेपालले उद्योग र व्यापारमा प्रतिस्पर्धा गर्न ठूलो लगानी र प्रयास गर्नुपर्ने भएकाले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो भन्ने निष्कर्षमा पुग्न सक्नुपर्छ । कृषिप्रधान मुलुक भनेर चिनिने नेपालमा भर्खरै मात्र बिमा समितिले विभिन्न छवटा शीर्षकमा कृषिबिमा गर्न सकिने गरी बाली तथा पशुपन्छी बिमा निर्देशन, २०६९ जारी गरेको छ । निर्देशनसँगै समितिले आलुखेती, फलफूल खेती, पछी, पशुधन, तरकारी खेती र धान बाली बिमालेखले रक्षावरण गर्ने क्षेत्रहरू तोकेर बिमालेखको खाका सतहमा ल्याएको छ । त्यसैगरी मत्स्य(माछापालन) बिमापनि कार्यान्वयमा ल्याउन समितिले गृहकार्य गर्दैछ । कृषि तथा पशुबिमा ग्राहकहरू देश विभिन्न दूरदराजमा रहेका छन् । सहरी क्षेत्रमा सीमित रहेका बिमा कम्पनीहरू ग्रामीण भेगमा जान उनीहरूको लागतमा वृद्धि हुन जान्छ । उनीहरूको बढ्दो लागतलाई न्यूनीकरण गर्ने उपायहरू बिमा कम्पनी र बिमा समिति क्रियाशील हुनुपर्ने देखिन्छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान अझै ३६ प्रतिशत छ । तर, नेपाली कृषि मौसममा मात्र निर्भर छ । यस्तो अवस्थामा ल्याइएका कृषि बिमा कार्यक्रमले यही अवस्थामा किसानहरूलाई राहत पु¥याउन सक्छ भन्ने आधार भेटिँदैन । कृषि बिमा कार्यान्वयनमा ल्याउन कृषि मन्त्रालयको भूमिका सबैभन्दा बढी हुन्छ । कृषिसँग सम्बन्धित प्राविधिकहरूको सिफारिसमा मात्र कृषि बिमाले फाइदा लिन सक्ने भएकाले ती प्राविधिकहरूलाई बढी जिम्मेवार र पारदर्शी बनाउनुपर्छ । कृषि बिमाको विस्तार गर्न कृषक समूह र स्थानीय स्तरमा रहेका सहभागी संघसंस्था तथा कृषि बिमा ग्रामीण क्षेत्रमा पु¥याउन परिचालन गरिएका अभिकर्ताहरूलाई जिम्मेवार बनाउनुपर्छ, त्यसपछि मात्र बिमाको असली फाइदा कृषकले उठाउन सक्छन् ।
देशको आर्थिक मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्र सधैं ओझेलमा पर्दै गयो । राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा ओगटेको कृषिक्षेत्रलाई प्रत्येक आवधिक योजनाहरूमा उच्च प्राथमिकता दिइँदै आएको छ । उच्च प्राथमिकतामा परे तापनि पर्याप्त लगानी हुन नसक्दा यस क्षेत्रबाट आशातित उपलब्धि हासिल हुन सकेको छैन । देशबाट दैनिक ११ सय देखि १५ सयसम्मको श्रम शक्तिको पलायन, बढ्दो सहरीकरण, खेतीयोग्य जमिनको खण्डीकरण, जलवायु परिवर्तन, आपूर्ति व्यवस्था सहज हुन नसक्नु, सिँचाइको असुविधा आदि यस क्षेत्रमा देखिएका थप चुनौती हुन् ।
परम्परागत बाली र बीउको सट्टा कृषकलाई प्रभाव पार्न र उनीहरूको जीवनस्तर सुधार्न पनि उन्नत जातका बीउबिजनहरूको उत्पादन गरी कृषकसम्म पु¥याउनुपर्नेमा सरकार पनि लागिपरेको बुझिन्छ ।
विगत लामो समयदेखि कृषिक्षेत्रको विकासका लागि कृषि बिमा हुनुपर्ने चर्चाले पनि त्यसले साकार रूप पाउन सकेको थिएन ।  अहिले भने बिमा समिति र कृषि विकास मन्त्रालयको विशेष पहलमा बाली तथा पशुपन्छी बिमा माघ १ गतेदेखि लागू  भएको छ । जसका कारण ७० प्रतिशतभन्दा बढी कृषिमा आत्मनिर्भर जनता उत्साहित बनेका छन् । निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउनका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।  यसले बालीमा ५ प्रतिशत, पन्छीमा ६ प्रतिशत र पशुमा ५ बिमा शुल्क तोकेको छ । निर्देशिका जारी भएपछि कृषकले दूध, मासु, बिरडिङ, पशुश्रम, ऊन, पन्छी, फलफूल खेती, तरकारी खेती, बीउबिजन आदिको बिमा गर्न सक्ने छन् । पशु बिमालाई मासुका लागि पालिने पशु, बीउका लागि पालिने पशु र ऊनका लागि पालिने पशु गरी तीन भागमा वर्गीकरण गरिएको समितिले जनाएको छ । यस्तै पन्छी बिमामा कुखुरा र हाँसलाई लिइएको छ । यसैगरी तरकारी तथा फलफूलमा पनि लागतको आधारमा बिमा गरिने भएको छ ।   
देशकै कृषिक्षेत्रको इतिहासलाई अवलोकन गर्ने हो भने सरकारी स्तरमा किसानको हितमा गरिएको कृषिबिमा प्रथम हो । यसले कृषिक्षेत्रको समग्र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको देखिन्छ । यथार्थमा भन्नुपर्दा कृषकलाई आफ्नो पेसामा सुरक्षित महसुल गर्न सक्ने वातावरण बनाउन सकिरहेको थिएन । नेपालीको आर्थिक मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्रमा आश्रित कृषकहरूलाई आफ्नो पेसा र लगानी सुरक्षित छ भन्ने महसुस दशकौंपछि बल्ल मिल्ने वातावरण बन्न लागेको छ, जुन नेपाली कृषकहरूले ठूलो उपलब्धिका रूपमा ग्रहण गर्नेछन् ।
यतिखेर नेपाली कृषिक्षेत्रको बिमा अनिवार्य हुनुपर्छ भन्ने अवधारणाले मूर्त रूप लिन खोजिरहेको छ । प्राकृतिक रूपमै कृषि पेसा जोखिमयुक्त व्यवसायमा पर्छ । खुला खेतीबारीमा उत्पादन गरिने हुँदा सुक्खा, अधिक वर्षा, असिना, हुरी, पहिरोका साथसाथै रोग व्याधि र कीरा–फट्याङ्ग्राबाट कृषि उत्पादनहरू बढी प्रभावित हुन्छन् । त्यसैले औद्योगिक उत्पादनको तुलनामा कृषि उत्पादन धेरै जोखिमयुक्त भनिन्छ । कृषिबिमाको क्षेत्रभित्र मासु र दुग्धजन्य उत्पादनका लागि हुने पशुपालन, घोडा, बंगुर, कुकुरलगायतका पाल्तू जनावर निर्माण तथा इन्धनका लागि काठ उत्पादन, जडिबुटीहरू तरकारी एवं फलफूल उत्पादनका लागि हरितगृह, माछातर्फ अन्य जलचरका खेती पर्छन् । मौसम र पर्यावरण ह्रासका कारण अन्नबाली तथा फलफूल उत्पादन, पशुपालनमा पर्ने प्रभाव स्रोतको कमी र बिक्रीको समस्या पनि कृषिबिमाका महत्वपूर्ण क्षेत्र हुन् ।
विभिन्न समयमा सञ्चारमाध्यमबाट पनि आउने कुरा हो, एक कृषकले आफ्नो भैंसी म¥यो भनेर आत्महत्या गर्नुपर्ने बाध्यता थियो । यसमा कुरा के हो त भन्दाखेरि कृषकले एउटा भैंसी किन्दा कम्तीमा पनि ५० हजार रुपियाँ लगानी गर्नुपर्छ । त्यही भैंसीबाट गरेको लगानीबाटै कृषकको आय स्रोतमा नै निर्भर रहेको हुन्छ । त्यो भैंसी मरेपछि कृषकको आयस्रोत समाप्त हुने भएको कारणले गर्दा नै कृषकले आत्महत्या गर्ने हो । अबको बिमाको नियम बनेपछि एक भैंसी किन्दा ५० हजार रुपैयाँ लाग्छ भने त्यसको बिमा शुल्क ५ प्रतिशतले २५ सय रुपैयाँ एक वर्षका लागि तिर्दा पुग्ने हुन्छ । त्यसमा पनि राज्यले १२ सय ५० दिने र १२ सय ५० कृषकले दिने भनेको छ । जबकि त्यो भैंसीले दैनिक १० लिटर दूध दियो भने एकै दिनको कृषकको आम्दानीबाट नै उसको एक वर्षको भैंसीको बिमा सुरक्षित हुन्छ । कृषि बिमाको मूल्य पनि उच्च छैन । कुनै पनि बिमा भन्नाले भविष्यका लागि आइपर्ने विपत्तिका लागि रकम जम्मा गर्ने विषय हो । यसर्थ नेपाल सरकारले कृषकहरूको जीवनस्तर कृषि पेसामै लागेका कारण तहसनहस हुनबाट बचाउन यो नीति ल्याइएको हो । यसले गर्दा कृषि व्यवसायमा संलग्नहरूको पेसाको ग्यारेन्टीका रूपमा कृषि बिमाले महत्वपूर्ण भूमिका खेल्ने कुरामा कसैको पनि विमति नहोला ।

Source : http://karobardaily.com/news/2013/02/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s