मृत्यु संस्कारका लागि शिवालय

January 30th, 2013

मगलतीर्थ शिवालयमा उत्तराद्र्ध जीवन व्यवस्थापन केन्द्र स्थापना भएको छ । भक्तपुर वडा नम्बर–१६ का बासिन्दाको सक्रिय सहभागितामा मन्दिर पुनर्निर्माण कार्य थालिएको हो । मृत्युपछिका तिथि, श्राद्ध, क्रियालगायत कर्मकाण्ड गर्न उपयुक्त वातावरणसहित यो शिवालय पुनर्निर्माण गरिएको हो । पुस मसान्तसम्म पुनर्निर्माण गरिसक्ने लक्ष्यसहित १ असोज ०६९ मा काम शुरु भएको थियो । हाल मन्दिर व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थानीय मैयादेवी कपाली भन्छिन्– ‘०५१ सालमा मन्दिर धर्मसम्बन्धी शिक्षा र मृत्यु संस्कार गर्न बनाइएको हो । प्रचलनमा ल्याउन सकिएको थिएन । झ्याम्म परेको मन्दिर परिसरको वातावरणले मन्दिर दुव्र्यसनीको थलो बनेको थियो । मानिसहरू मन्दिरपरिसर भएर हिँड्न पनि डराउँथे ।’ उनले पुनः निर्माण गरिएपछि मन्दिरको महत्व बढ्नुका साथै ठाउँ पनि विकसित भएको बताइन् ।

मङ्गलतीर्थ शिवालय व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष रामेश्वर भुजू डेरा गरी बस्ने र भक्तपुरका स्थानीयवासीलाई जीवन उत्तराद्र्ध सुविधा दिन केन्द्र स्थापना गरिएको बताउँछन् । ‘जीवनपछि गरिने मृत्यु संस्कारका लागि विभिन्न सेवा–सुविधा यहाँबाट दिइनेछ’, उनले भने– ‘सुविधासहितको क्रियाघर, पानी ट्यांकी, शौचालय, गरुड पुराण सुनाउन पाटी आदि निर्माण गरेका छौँ ।’

यहाँको हनुमन्ते खोला दूषित भएपछि मानिसले मृत्यु संस्कारका लागि नुहाउन वा चोख्याउन महँगोमा पानी किन्नुपर्ने र अवस्था छ । ‘पानी पनि भनेजति किन्न नपाउने अवस्था छ । हामीले निःशुल्क रूपमा पानीको व्यवस्था गरेका छौँ । हाल २९ हजार लिटर पानि अट्ने ट्यांकीसहित तीनवटा धारा जडान गरिएको छ’, अध्यक्ष भुजूले भने– ‘मन्दिर परिसरमा श्राद्ध तिथिमा आवश्यक पर्ने फूल पनि व्यवस्था गरेका छौँ ।’

मन्दिर परिसरमा १३ वटा विष्णुपादुका, २२ वटा शिवलिंग र एक गणेशको मूर्ति निर्माण गरिएका छन् । मन्दिरलाई पर्खालले घेरेर मन्दिर क्षेत्र सुरक्षित गरिएको छ । मन्दिर परिसरमा मृत्यु संस्कारमा आवश्यक जिस्व, सिनस्व, रुद्राक्ष, तल्ला, तुलसीको बोट, सिफस्व, धन्छा स्व, मुस्व, खाइसीजस्ता विभिन्न प्रजातिका फूल रोपिएका छन् ।

तीन रोपनीभन्दा बढी क्षत्रफलमा फैलिएको केन्द्र हनुमन्ते नदी किनारमा रहेको छ । भक्तपुर नगरवासी यही मन्दिरअगाडि मृत्यु संस्कारका विविध चोख्याउने कार्य गर्दै आएका थिए । तर, व्यवस्थित र पर्याप्त स्थान अभावले उनीहरूले समस्यामा भोग्दै आएका थिए । हाल नयाँ बनेको क्रिया घर, गरुड पुराण सुनाउने पाटी, सोह्र श्राद्ध गर्ने राम्रो वातावरण संरक्षण समितिले तयार गरेको छ । स्थानीयलगायत घरवारविहीन र डेरामा बसोबास गर्नेहरूका लागि मृत्युसंस्कार कार्य गर्न सजिलो भएको छ ।

यहाँ दुईवटा शिवालय, सरस्वती र गणेशका चार मन्दिर रहेका छन् । भक्तपुर बसोबास गर्दै आएकी दोलखाकी शिला मोक्तान मृत्यु संस्कारका लागि स्थान निर्माणले डेराबासीलाई पनि सजिलो भएको बताइन् । उनी भन्छिन्– ‘मान्छे मरेपछि घरबेटीले आफ्नो घरमा कर्मकाण्ड गर्न दिँदैनन् । क्रिया बस्न नगरमा सार्वजनिक ठाउँसमेत अभाव छ ।’

भक्तपुरबाट बसाइँ आउनेको संख्या बढ्दो रहेको स्थानीय विकास अधिकारी एकमणि नेपाल बताउँछन् । ‘यहाँबाट बसाइँ जानेभन्दा आउने ८० प्रतिशतले बढी छन्’ –उनले भने ।

दैनिक काम गरी खाने मजदुरका आफन्त मर्दा जन्मथलोसम्म पुग्न आर्थिक अभाव हुने गरेको सिन्धुलीका कुवेर आलेमगरले बताउँछन् । ‘यही बनेको क्रियाघर, पाटीसहितको मन्दिरले हामीजस्ता घरविहीनलाई मृत्युपछिका कार्य गर्न सजिलो हुन्छ नै’ उनले भने ।

मृत्युपछिमा कर्मकाण्ड हरेक जातिमा महत्वपूर्ण मानिने स्थानीयवासी हरिकृष्ण सैजू बताउँछन् । उनी भन्छन्– ‘हनुमन्ते खोला दूषित भएपछि विविध संस्कारका कार्य गर्न समस्या भएको थियो । अहिले आवश्यक सामानसहितको शिवालय पुनर्निर्माणले सबैलाई सुविधा पुगेको छ ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s