सहिद दिवसको सार्थकता

-विश्वनाथ खरेल

biswonath-1‘हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ ।
मानिस बाँच्नका लागि जन्मन्छ र जन्मनका लागि मर्दछ । तर, समाजमा यस्ता पनि मानिस हुन्छन् जो बाँचिरहनका लागि मर्दछन् । यसरी मरेर गए पनि जनमानसमा बाँचिरहने सपुतहरूमध्ये हाम्रा प्रात:स्मरणीय सहिदहरू पनि हुन् । सहिदहरू जसले आफ्नो देशको स्वतन्त्रता र देशको रक्षाकोलागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरूको भावना र आकांक्षालाई बुझ्नु आवश्यक छ । सहिदको योगदानको चर्चा परिचर्चा सहिद दिवसको दिनमा मात्र गर्नाले यिनीहरूको योगदानको वयान सबैको मानसपटलमा रहँदैन । त्यसको गहिरो सम्झनाको लागि सहिद स्मारक, सहिद पुरस्कार, सहिद आवासगृह, सहिद स्मारिका, पुस्तिका प्रकाशित गर्नु, सहिदहरूको नाममा पार्कको स्थापना गर्नु पर्दछ । उनीहरूको योगदानलाई वर्षमा एकपटक मात्र सम्झना गर्दैमा पुग्दैन, त्यसको लागि हामीले पल–पलमा आदर–सम्मान गरी उनीहरूका इच्छा र आकांक्षाका अधुरा सपनाहरूलाई जीवन्त रूप दिनुपर्छ । आजको हाम्रो प्रमुख दायित्व भनेको नै सहिदहरूको सपना साकार पार्नु हो । देश र समाजमा भएका । राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसंगतीलाई निर्मुल पार्नु हो ।
सहिदहरूको रातो रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई अवलोकन गरी अज्ञान र अशिक्षाले तड्पिरहेका सहिदका परिवारहरूलाई शिक्षाको उज्यालो घामले सिञ्चित गर्न रोजगारका अवसर दिलाउनु पर्छ । उनीहरूका सन्ततीहरूको उचित शिक्षाको सम्बद्र्धन र विकासको लागि अक्षयकोष स्थापना गर्नुपर्दछ । जसलेगर्दा सहिदका सन्तानहरूलाई पढ्नमा प्रेरणा प्राप्त होस् । उनीहरूको मर्म, भावना र उदेश्यलाई बुझ्नको लागि विभिन्न सञ्चारमाध्यमहरू जस्तै : रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्र–पत्रिका आदि मार्फत सबैमा वोध हुनु आवश्यक छ ।
विश्वका प्रत्येक राष्ट्रले आफ्ना वीर सपुत तथा सहिदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दै आएका छन् । त्यस्ता हिमायती, कर्मठ देशभक्तहरू जसले आफ्नो राष्ट्रिय अखण्डतालाई जोगाउन ज्यानको परवाह नगरी शत्रुको गोलीसँग लडी अमरत्व प्राप्त गर्दछन् । सुनौलो इतिहासको पानाहरूमा हराएका विश्वमा नै अनगिन्ती यस्ता व्यक्तिहरू छन् जसलाई मरणोपूर्वार्धमा लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रघाती आदि भनिने गरिन्छ । तर, तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई सहिद शव्दले पुजिन्छ । यसरी ती वीर सहिदहरू धेरै इतिहासकापानाहरूका सुनौला अक्षरले कँुदिएका छन् । इतिहासकारहरूले यस्ता महान् व्यक्तिहरूको अनुसन्धान तथा खोजखबर गर्दै आएका छन् । यसको तात्पर्य के हो भोलिका भावी सन्ततिहरूले यही मार्ग अवलम्बन गर्नुपर्ने हुन जान्छ ।
सहिद मरेको छैन, ऊ सम्पूर्ण नेपालीको मुटुको ढुकढुकीसँगै बाँचेको छ । कवि बासुशशिको भनाइमा सहिद भौतिक रूपमा मरेपछि ऊ, नेपाली आत्माभित्र नै रहेको हुन्छ । सहिदहरूले आफ्नो जीवन प्रजातन्त्र प्राप्त गर्न मात्र नगुमाएर प्रजातान्त्रिक मार्गदर्शन मात्र पहिल्याइदिएका हुन् । अब ती मार्गको अवलम्बन गरी थुप्रै कार्यहरू गर्नु छ । जसबाट सहिदको आत्मालाई चिरशान्ति मिलोस् । प्रजातन्त्रका महान् सेनानी स्व.बिपी कोइरालाले भन्नुभएको छ, हाम्रा सुकुम्वासी, भूतपूर्व सैनिक , तल्लास्तरका कर्मचारी तथा किसानहरलाई राम्ररी दुई छाक खान पाउनु, तिनीहरूले एउटा छहारीमुनि बस्न पाउनु, केटाकेटीले पढ्न पाउनु, औषधि उपचारको व्यवस्था होस् । यी भन्दा ठूला कुरा अहिले हामीलाई आवश्यक छैन । गाँस, वास, कपास र औषधि नै प्रथम प्राथमिकताभित्र पर्दछ । यसलाई नै प्रजातन्त्र भनिन्छ । हाम्रा वीरयोद्धा सहिदहरूको सपना पनि यही नै हो । हामी सबै एकजुट भै वीरगति प्राप्त गर्ने सहिदहरूको सपना साकार पार्नुपर्ने हुन्छ । आपसमा के पहाड, के तराई , के सहरिया, के गाउँले आदिमा भेदभाव नगरी सबै समान एक ढिक्का भई सरकारको कर्मक्षेत्रलाई सहयोग पुर्‍याउनको साथै सहिदहरूको सपनालाई अवश्य पनि पूरा गर्ने प्रेरणा प्राप्त हुन सकोस् ।
सहिदलाई चिन्न पनि उपयुक्त हृदय र उदार दृष्टिकोण चाहिन्छ्, सहिद र सेनानीहरूको कदर हुन पनि अनुकूल समाज, उदार नेतृत्व, निष्पक्ष सरकार आवश्यक हुन्छन् । सामन्ती उधाउनीले बाँधिएको, आर्थिक विसमताले वर्वादिएको, अन्ध र असामयिक परम्पराले झुरिएको समाजमा सहिद र निष्ठावान कार्यकर्ताहरूको महत्त्व लुकाइन्छ, शोषित र पीडित जनता पाखा लगाइन्छन्, निम्न वर्गहरू उपेक्षितको उपेक्षितै राखिन्छन् । यस्तो स्थिति अन्तर्गत बहुजन हिताय–सुखायको समाज, अखण्डित, सग्लो देश, सबल, सुदृढ र सुरक्षित राष्ट्र, एवं सहिदी आकांक्षा अनुरूपको प्रजातन्त्रको निर्माण गर्नुपरेको छ । तर, जे भए पनि आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तिहरूको सपना साकार पार्ने सार्थक प्रयत्नसहितको मार्ग अवलम्बन गर्न सकिएन भने ती महान् सपूतहरूको श्रद्धा हुनुको सट्टा घोर अपमान हुनेछ । सहिद दिवसको यस क्षणमा नेपाली मात्रले श्रद्धा र अपमानको गाम्भीर्यलाई बुझ्न मात्र सकेमा अमर आत्माले शान्ति प्राप्त गर्नेछ ।

Source : http://www.souryadaily.com/69-10-16

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s