लेलेका २ सय घरमा ग्यासको सट्टा आधुनिक चुल्हो

प्रस्तुति: निरु अर्याल

मिति: 2013-01-15

सम्बन्ध: अर्थ

Nameललितपुर, १ माघ – सरकारले खाना पकाउने एलपी ग्यासमा अनुदान दिन नसक्ने बताइरहेका बेला ललितपुरका करिब २ सय घरपरिवारले ग्यासको सट्टा चुल्हो बाल्न थालेका छन् । नयाँ प्रविधिको चुल्होबाट धुँवा नआउने, सोलार तथा बिजुलीको न्यून खपत र दाउरा पनि ७० प्रतिशत बचाउन सकिने भएपछि लेलेको नगरकोटी गाउँ, लुबुको लामाटार, बिशंखुनारायण दप्पीका बासिन्दा मातृभूमि चुल्होतर्फ आकर्षित भएका हुन् ।
“चुल्हो बनाएपछि ग्यासमा हुने खर्च पूरै बचत भएको छ,” स्थानीय तरकारी व्यवसायी गुप्तबहादुर नगरकोटी भन्छन् । उनले ग्यासमा हुने खर्च बचत भएपछि तरकारी व्यवसायमा लगानी गरेको अनुभव सुनाए ।
हस्तकला व्यवसायी गुनमाया नगरकोटी पनि चुल्हो अत्यन्तै आकर्षक हुने र दाउराको बचत हुने भएपछि ग्यास बाल्न छाडेको बताउँछिन् । “पाँच महिनाअघि चुल्हो बनाएपछि ग्यास प्रयोग गरिएको छैन,” उनले भनिन्, “६ जनाको परिवारलाई सानो दुईवटा दाउराले मज्जाले खाना पाक्छ । परम्परागत चुल्होबाट जस्तो धुँवा पनि आउँदैन पंखा पनि जडान भएकाले आगो फुक्नु पनि पर्दैन ।”
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको साना अनुदान कार्यक्रमले मातृभूमि चुल्हो उद्योगलाई ललितपुरका १ हजार घरमा चुल्हो बनाउन भन्दै ३७ हजार ५ सय अमेरिकी डलर अनुदान दिएको थियो । सामान्यभन्दा केहीमात्र फरक भए पनि यो चुल्होको प्रयोगले ७० प्रतिशत दाउरा बचत गर्न सकिने चुल्होका अनुसन्धानकर्ता मधुकर केसी बताउँछन् । “यो चुल्हो प्रयोगमा आएपछि घर नै अस्पताल जस्तै भएको छ, राज्यले एउटा सिलिन्डरमा दिने अनुदान एउटा चुल्हो बनाउनमात्रै दियो भने राज्यलाई सबैतिरबाट फाइदा हुनसक्छ,” उनले भने ।
धुँवाजन्य रोगबाट वार्षिक साढे ८ हजार मानिस मर्ने गरेको र औषधोपचारमा वार्षिक १० अर्ब नोक्सानी हुँदै आएको भन्दै तथ्यांक प्रस्तुत गर्दै चुल्होको विशेषता र यसको फाइदा पुष्टि गर्ने प्रयत्न गरे । ग्रामीण र सहरी परिवेशलाई लक्षित गर्दै बिजुली र सोलारको प्रयोग गर्न सकिने र बिजुली नभएको ठाउँमा पनि सहज हुने उनले स्पष्ट पारे ।
सबैभन्दा पहिले यो चुल्लो आफन्तकै घरमा बनाएको परियोजनाका प्राविधिक ओम सेन बताउँछन् । “यो बलेको देखेपछि गाउँलेहरू आफैं आकर्षित भए,” उनले भने ।  
गृहिणीहरूले परम्परागत चुल्होको तुलनामा मातृभूमि चुल्हो निक्कै किफायती भएको बताएका छन् । “कालो नहुने र भाँडा पनि फोहोर नहुने भएकाले गाउँका सबैले यही चुल्हो बाल्न थालेका छौं,” ७० वर्षीया वृद्धा ठूलीकान्छी नगरकोटीले भनिन् । सिंजापति गाउँका सूर्यविक्रम सिंजापतीले लहलहैमा चुल्हो बनाएको र यसको किफायतीले गाउँको मुहार फेरिएको बताए ।
ललितपुरमा उक्त चुलो बनाउने अभियान सुरु भएको करिब ६ महिना पुगेको छ । चुल्होमा ऊर्जा प्रालिका निर्देशक एवं अन्वेषक केसीले आविष्कार गरेको किटको प्वाल भएको बर्नर प्रयोग गरिन्छ, जसले धुँवालाई बाहिर जान र आगोलाई बल्न थप मद्दत गर्छ । प्लास्टिकको पाइप, माटो, रड र बर्नरको प्रयोग गरेर यो चुल्हो बनाइन्छ ।
सबै कच्चा पदार्थ स्देशमै पाइने र प्रयोगमा पनि सहज भएकाले बलियो र किफायती भएकाले चुल्होले गरिबी निवारणमा सहयोग पुग्ने विश्वास केसीको छ । भन्छन्, “होटल रेस्टुराँ, बंगला र ठूल्ठूला पाँचतारे होटलमा पनि यो चुल्होको प्रयोग गर्न सकिने हुँदा ग्यासको खर्च ९० प्रतिशत कटौती हुन्छ ।”
उनका अनुसार काभ्रे, रामेछाप, सिन्धुली, धादिङ, लमजुङ, कालिकोट, प्युठान र उदयपुरमा पनि मातृभूमि चुल्हो प्रयोगमा आइसकेको छ ।

Source : http://karobardaily.com/news.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s