दूधको आधा माग दोलखाले धान्ने

प्रस्तुति: किरण आचार्य

मिति: 2013-01-23

सम्बन्ध: प्रमुख समाचार

– ‘मुलुककै ठूलो’ गाई फार्म सञ्चालन तयारी

Nameकाठमाडौं, ९ माघ – दैनिक करिब डेढ लाख दूध उत्पादन गर्ने लक्ष्यसहित दोलखाको बोच गाविसमा मुलुककै ठूलो गाई फार्म सञ्चालन तयारीमा छ । घाँसमा आधारित १२ करोड लगानीको यो गाई फार्मले अपुग दूधको आधा हिस्सा आपूर्ति गर्नेछ । हाल बजारको मागअनुसार दैनिक करिब ४ लाख लिटर दूध अपुग छ ।
सात वर्षे परियोजनाको अन्त्यसम्म करिब १ अर्ब रुपैयाँ लगानी गरी १० हजार गाई पाल्ने लक्ष्य कालिन्चोक काउ फार्म एन्ड रिसर्च सेन्टरको छ । “त्यतिमात्र नभई नेपालमै आवश्यक देखिएको गाईको स्रोतकेन्द्र स्थापना हाम्रो मुख्य उद्देश्य हो,” कम्पनीका सञ्चालक रामकुमार खड्काले भने, “परियोजनाले यो क्षेत्रका जनताको रोजगारीको ग्यारेन्टीसमेत गरेको छ ।”
निजी–सरकारी साझेदारी (पीपीपी) मोडलअनुरूप लामो समयसम्म दुग्ध उत्पादन क्षेत्रमा संलग्नको अगुवाइमा स्थापित यो कम्पनीमा बोच गाविसको संस्थागत सेयर छ । सँगैको लाकुरी गाविसमा पर्ने शंखदेवी, बोत्ले, सेतीदेवी, भित्तेरी पाखा, दाडेही देवी र नाफे यानमारा सामुदायिक वन उपभोक्ता समूह सेयर सदस्य छन् ।
काठमाडौंबाट १ सय ३३ किलोमिटर पूर्वोत्तरमा अवस्थित यो फार्म क्षेत्रफल, उत्पादन र व्यवस्थापनका आधारमा मुलुककै ठूलो भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
कम्पनीले कम्तीमा दैनिक २५ लिटर दूध दिने उच्च नश्लका गाई चीनबाट ल्याउनेछ । सात वर्षभित्र १० हजार यस्ता गाई भिœयाइने सञ्चालक खड्काले बताए । “तर, गाई ल्याउने तयारी सरकारी नीतिका कारण ढिलो भएको छ,” उनले भने ।
चीनबाट गाई आयात गर्ने व्यवस्था मिलाइदिन कम्पनीले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको थियो । यही निवेदनका आधारमा राष्ट्रिय दुग्ध विकास बोर्डको प्राविधिक टोलीले फार्मको स्थलगत अध्ययन गरी सहयोग गर्न सुझावसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
६ महिनाभित्र उच्च पहाडमा बाँच्नसक्ने उच्च नश्लका होलिस्टिक फ्रिजन जातका ५ सय गाई भिœयाउने योजना छ । अहिले ५ सय गाई अट्ने अत्याधुनिक गोठ निर्माण र अल्फा हे. जातको घाँस रोप्ने काम भइरहेको छ । यससँगै बाटो, विद्युत्, कार्यालयलगायतका पूर्वाधार निर्माण पनि भइरहेको खड्काले बताए ।
बर्सेनि १५ हजार रुपैयाँ भाडा तिर्ने गरी ६ वटा सामुदायिक वनक्षेत्रमा आवश्यक घाँस रोप्न १० वर्षको सम्झौता भइसकेको कम्पनीले जनाएको छ । फार्म सफल भए सम्झौता नवीकरण गर्न सकिने बोच सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण बस्नेतले बताए ।
यो फार्म लाँकुरी र बोच गाविसका ३० हजार रोपनी (१ हजार ५ सय एक हेक्टर) क्षेत्रमा समेटिएको छ । परियोजना निर्माणस्थलमात्र ५ सय रोपनीमा फैलिएको छ । फार्मबाट दुई गाविसका करिब १० हजार जनसंख्याले प्रत्यक्ष÷अप्रत्यक्ष लाभ लिनसक्ने अध्ययनले देखाएको छ । फार्म सञ्चालनका लागि आवश्यक पर्ने करिब २ सय जनशक्ति स्थानीयस्तरबाटै पूर्ति गर्ने लक्ष्य छ ।
“दुग्ध क्षेत्रको विकासका लागि कालिन्चोक काउ फार्मले गर्न थालेका काम सकारात्मक छन्,” बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने, “परियोजना पूरा भएर लक्ष्यअनुसारको काम भए नेपालमै नमुनायोग्य हुनेछ ।” पन्तले उन्नत जातका गाई भिœयाउन कृषि विकास मन्त्रालयसँग समन्वय गरेर आवश्यक पहल भइरहेको जानकारी पनि दिए ।
राष्ट्रकै ठूलो परियोजना भएकाले यसले आर्थिक विकासमा पनि सघाउने लाँकुरी गाविसका पूर्वउपाध्यक्ष हितबहादुर श्रेष्ठले बताए ।
कम्पनीले कृषकलाई घाँसको बीउ सित्तैमा वितरण गर्ने र उत्पादित सबै घाँस तथा दूध खरिद गर्ने सम्झौता गरेको छ । सित्तैमा भेटेनरी डाक्टरको व्यवस्था पनि गरिएको छ । कम्तीमा २५ लिटर दूध दिने गाई र बाच्छाबाच्छी पालनपोषण तथा गोठ निर्माणमा स्थानीयलाई प्राविधिक सहयोग गर्ने पनि कम्पनीले जनाएको छ । 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s