विश्वका महँगा १० वाइन

काठमाडौ, पुस २७ – १०) सन् १९७८ मा बनेको मोन्ट्रचेट

ह्वाइट वाइन जुन अहिले पनि पिऊन योग्य छ । सन् २००१ म्ा यसको सात बोटल २१ लाख १० हजार ३ सय २० रुपैयाँमा बिक्री भएको थियो ।

wine

०९) १८६५ चेटयु लाफिटेे

एक सया ५० वर्ष पुरानो यो वाइन जसलाई फ्लोरिडाका व्यवसायीले बनाएका हुन् । सात सय ५० एमएलको यो वाइन २३ लाख ७४ हजार १ सय रुपैयाँ पर्न आउँछ ।

०८) रोयल डी मारिया

सुरु गरिने ‘फरमेन्टेसन’ प्रक्रिया अगाडि नै त्यसको कच्चा पदार्थलाई प|mोजन गरेर यो वाइन तयार गरिएकाले यसलाई आइस वाइन पनि भनिन्छ । यो वाइन सन् २००६ मा एउटा बोटलको ३० हजार अमेरिकी डलरमा बिक्री भएको थियो ।

०७) १७७५ मसान्ड्रा

दक्षिण अपि|mकाको वाइन फार्मले उत्पादन गरेको यो वाइनलाई उसले सन् २००१ म्ा ४३ हजार ५ सय डलरमा बिक्री गरेको थियो ।

०६) १९४५ चेटयु माउटन रोथ्सचाइल्ड

६ लिटरको बोटलमा पाइने यो वाइन उत्पादकले ३ लाख १० हजार डलर -२ करोड ७३ लाख १९ हजार ८ सय रुपैयाँभन्दा बढी) पर्छ । यसको ७ सय ५० एमएलका लागि भने ४७ हजार डलर तिनुपर्छ ।

०५) १७८७ चेटयु क्योम

यो वाइनका लागि अमेरिकी वाइन कलेक्टरहरूले १ लाख डलर – ८७ लाख ९३ हजार रुपैयाँ) मा किनेका थिए ।

०४) रोमानी कोन्टी १९४५

यो वाइन दोस्रो विश्वयुद्धको समयमा बनाइएको भनिन्छ । त्यति बेला मात्र ६ सय बोटल उत्पादन गरिएको यो वाइन अमेरिकी संकलनकर्ताले प्रतिबोटल १ लाख २३ हजार ९ सय डलर

-१ करोड ८ लाख ९४ हजार रुपैयाँभन्दा बढी) तिरेर किनेका थिए ।  

०३) १७८७ चेटयु लाफिटे

यो वाइनलाई माल्कोल्म फोब्र्सका लागि सन् १९८५ मा बेचिएको थियो । अहिले पिउनयोग्य नभए पनि संकलनका लागि मात्र फोब्र्सले यसका लागि १ लाख ६० हजार डलर तिरेका थिए ।

०२) १८६९ चेटयु लाफिटे

सुरुमा यसको भ्याल्यु ८ हजार डलर पुग्ने अनुमान गरिए पनि सन् २०१० मा यसको बिक्री २ लाख ३३ हजार ९ सय ७२ अमेरिकी डलरमा भएको थियो । यसको मूल्यले ‘पब्लिक सेल’ गर्नेहरू स्तब्ध बने । यो वाइनका लागि यति ठूलो रकम एक ‘एसियन बिडर’ ले तिरेका थिए ।  

०१) १९४७ चेटयु चेभल ब्लांक

यो वाइनको एक बोटल ३ लाख ४ हजार ३ सय ७५ अमेरिकी डलरमा बिक्री भएको थियो ।

जेनेभाको ‘पब्लिक सेल’ मा स्विस संकलनकर्ताहरूले यसलाई बेचेका थिए । यो वाइन अहिले मात्र होइन आगामी ५०

वर्षसम्म राख्न सकिने हिफङटनले लेखेको छ ।

प्रस्तुति ः शिला पाण्डे

प्रकाशित मिति: २०६९ पुस २७ ०९:४१- कान्तिपुर संवाददाता

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s