बाली र पशुपन्छीको बिमा माघदेखि

 

काठमाडौं, पुस २९ – सरकारले पहिलोपटक जारी गरेको ‘बाली तथा पशुपन्छी बिमा निर्देशन’ माघदेखि लागू हुने भएको छ । बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालका अनुसार निर्देशिकाले बाली, पशु र पन्छीलाई तीन भागमा बाँडेको छ । यसले बालीमा ५ प्रतिशत, पन्छीमा ६ प्रतिशत र पशुमा ५ प्रतिशत बिमा शुल्क तोकेको छ । निर्देशिका जारी भएपछि किसानले दूध, मासु, बि्रडिङ, पशु श्रम, ऊन, पन्छी, फलफूल खेती, तरकारी खेती, बीउ आदिको बिमा गर्न सक्नेछन् । समितिले सबै निर्जीवन बिमा कम्पनीलाई बिमालेख पठाइसकेको जनाउँदै माघ १ गतेदेखि लागू हुने जनाएको हो । शासकीय तथा आर्थिक सुधार कार्ययोजना २०६९ मा पनि समेटिएको यो निर्देशिका बिमा समिति, अर्थ मन्त्रालय र कृषि विकास मन्त्रालयले तयार पारेका हुन् ।
प्रकाशित मिति: २०६९ पुस २९ ०९:५८-कान्तिपुर संवाददाता

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s