आज माघे संक्रान्ति

काठमाडौ, माघ १ – घिउ, चाकु, तरुल, तिलको लड्डु, सागपातजस्ता पोसिलो खानेकुरा खाएर मनाइने माघे संक्रान्ति पर्व आज मनाइँदै छ । उपत्यकाको नेवार समुदायमा भने ती खाद्य पदार्थहरूको साथै सम्येबजी (चिउरा), पोलेको मासु, साँधेको कालो भटमास, अदुवा, रक्सी र वा जाँड) र माछाको सिद्रा खाने गरिन्छ । गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । विशेष गरेर घिउ र चाकु खाने भएकाले नेपाल भाषामा ‘घिउ चाकु संल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीको साथै एक प्रकारको पाटने पालुङ (यलय् पलः) खाने चलन छ । यस पर्वमा तिलको अत्याधिक प्रयोग गरिने र दानसमेत गर्ने भएकाले यस पर्वलाई ‘हामो संल्हु (तिल संक्रान्ति)’ पनि भनिन्छ ।

laddu

यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश हुने र सूर्य उत्तरायण हुने भएकाले ‘मकर संक्रान्ति’ पनि भन्ने यस पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन छ ।
प्रकाशित मिति: २०६९ माघ १ ०९:०१- कान्तिपुर संवाददाता

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s