३० लाख खर्चेर अदुवा प्रशोधन केन्द्रको स्थापना

२३ पुस, इलाम । इलाम जिल्लामा पहिलो पटक अदुवा प्रशोधन केन्द्रको स्थापना भएको छ । जिल्लाको पूर्वी गाविस पञ्चकन्या ४ को माघेमा अदुवा प्रशोधन केन्द्रको स्थापना भएको हो । केन्द्र स्थापनाका लागि ३० लाख ३२ भन्दा बढी रूपैयाँ खर्च भएको छ ।

कमर्सियल एग्रिकल्चर एलाइन्स, स्थानिय माइपुजे कृषि सहकारी संस्थाले आर्थिक लगानीमा अदुवा प्रशोधन केन्द्रको स्थापना भएको हो ।

केन्द्र सञ्चालनपछि पञ्चकन्यासहित छिमेकी गाविसहरु, फिक्कल, गोदक, लक्ष्मीपुर, नाम्सालिङ, सोयाङलगायतका दर्जनभन्दा बढि गाविसका चारसय भन्दा बढी किसानले अदुवाबाट पाउने मूल्यभन्दा ४० प्रतिशत बढि मूल्य पाउने कमर्सिएलल एग्रीकल्चरका गोविन्द सुनुवारले बताउनुभयो । सुनुवारका अनुसार किसानहरूले अहिलेको वार्षिक आम्दानिमा ४० प्रतिशत बढ्ने आयोजनाले लक्ष्य लिएको छ ।

केन्द्र सञ्चालनपछि त्यस भेगका १० देखि १२ जना भन्दा बढि युवाहरुले रोजगारस्को समेत अवसर पाउने छन् । केन्द्र स्थापनाले किसानहरुको उत्साह थपेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले बताउनुभयो ।

केन्द्रबाट बर्सेनि रूपमा पाँचलाख किलोग्राम अदुवाको धुलो बनाउने केन्द्र सञ्चालन समितिका अध्यक्ष तोयानाथ भट्टराईले जानकारी दिनुभयो । केन्द्र स्थापनाका समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेको माइपुजे कृषि सहकारी संस्थाका उपाध्यक्ष रविन आचार्यले बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s