बाली तथा पुशपंछी बीमा निर्देशिका जारी

२० पुस, काठमाडौ । बीमा समितिले पहिलो पटक बाली तथा पशुपंछी बीमा निर्देशन, २०६९ र बाली तथा पशुंपक्षी बीमालेख जारी गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी बाली तथा पशुपंछी बीमा निर्देशिका सार्वजनिक गरेको हो । पशु बीमालाई मासुको लागि पालिने पशु, विउँको लागि पालिने पशु र ऊनको लागि पालिने पशु गरी तीन भागमा वर्गिकरण गरिएको समितिले जनाएको छ । यस्तै पंक्षी बीमामा कुखुरा र हाँसलाई लिइएको छ ।

यसैगरी तरकारी तथा फलफुलमा पनि लागतको आधारमा बीमा गरिने भएको छ । बाली तथा पुशपंछी बीमाको प्रिमियम ५ देखि ६ प्रतिशत तोकिएको समितिका कार्यकारी निर्देशक विनोद अर्यालले जानकारी गराउनुभयो । समितिले आइतबारसम्ममा सबै निर्जिवन बीमा कम्पनीहरुलाई बीमालेख पठाइसक्ने र त्यसको १ साताभित्रमा सबै निर्जिवन बीमा कम्पनीले लागु गरिसक्ने निर्देशन पनि दिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s