कृषि विकासको प्रश्न

 

 

विश्वनाथ खरेल, नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार रहेको छ ।  यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ ।  यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार सात सय, पहाडी भागमा  ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार पाँच सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख एक हजार ९०० हेक्टर छ ।  यसर्थ खेतीयोग्य भूमिको ३४.५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३२३ हेक्टरमा  सिंचित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५.७ प्रतिशतभन्दा बढी मानिसहरू कृषि पेशामा लागेका छन् ।  यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ ।  कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखा पर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल ४७० अमेरिकी डलर र ३१ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ ।  जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधिकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ ।  कृषिलाई विविधिकरण गरी व्यावसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ ।  यसरी सर्वाङ्गिण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डको रूपमा रहेको कुरा आवधिक योजनाहरूमा यस क्षेत्रको विकासको निम्ति दिइएको महìवबाट स्पष्ट हुन्छ ।
    देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकास बिना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रमहरू कृषक समक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ ।  सीमित स्रोत साधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आय आर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्यनको सफलता मान्न सकिन्छ ।  तसर्थ आर्थिक वर्ष २०६६÷०६७ को कुल गार्हस्थ कृषि उत्पादनमा विभिन्न बालीको योगदान खाद्यान्न तथा अन्य बाली ४४.४९, तरकारी तथा नर्सरी ९.७१, पशुपालन ८.०७, वन ८.०७ र फलफूल तथा मसला बाली ७.०४ प्रतिशत रहेको अनुमान छ ।  हाल करिब ७६ प्रतिशत तरकारी उत्पादन हुन थालेको छ ।  यसबाट कृषकहरूको तरकारी खेतीतर्फको आकर्षण बढेको प्रस्ट हुन्छ ।  अन्नबालीको तुलनामा तरकारी छोटो समयमा नै उत्पादन हुने, बजारमा तुरुन्तै बिक्री हुने र फाइदा पनि धेरै हुने भएकाले यस खेतीतर्फ कृषकको ध्यान जान थालेको हो ।  कृषि मन्त्रालयको तथ्यांकअनुसार वर्षेनि करिब ४५ अर्ब रुपियाँ बराबरको तरकारी, माछामासु र फलफूल काठमाडौं उपत्यकालगायत शहरमा आयात भइरहेको छ ।  आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६८÷०६९ मा नेपालमै दुई लाख ५५ हजार ५०० हेक्टर जमिनमा तरकारी उत्पादन भइरहेको छ ।  यो अघिल्लो वर्षको तुलनामा तरकारी तथा फलफूल लगाइएको क्षेत्रफल झन्डै ३.५ प्रतिशतले बढी हो ।  कृषि क्षेत्रमा विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब २० अर्ब रुपियाँ रहेको अनुमान छ ।  उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न केन्द्रीय बंैकले तथा वित्तीय संस्थाहरूलाई निर्देशन समेत दिएको छ ।  आर्थिक वर्ष २०६८÷०६९ मा नेपालमै ३४ लाख मेट्रिक टन तरकारीजन्य उत्पादन भएको मन्त्रालयले जनाएको छ ।  गत वर्षको तुलनामा यो ६ प्रतिशतले बढी भएको मन्त्रालयले जनाएको छ ।  त्यस्तै मुलुकको सबैभन्दा ठूलो थोक बजार कालीमाटी तरकारी बजारबाट दैनिक एक करोड मूल्य बराबरको कारोबार हुने गरेको सम्बन्धित क्षेत्रले बताएको छ ।  त्यस्तै कालीमाटी बजारबाट मात्रै वार्षिक ३ देखि ५ अर्ब रुपियाँसम्मको तरकारी कारोबार हुने गरेको समितिले बताएको छ ।  देशमा अहिले झन्डै ३० देखि ३२ लाख मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन हुने अनुमान गरिएको छ ।  यसमध्ये करिब २ लाख  मेट्रिक टन कालीमाटी तरकारी बजारबाट नै कारोबार हुने गरेको छ ।
 देशमा करिब २० वर्ष पहिले दुई तिहाइ तरकारी भारतबाट आयात हुने गरेको थियो ।  हाल आएर २५–३० प्रतिशत मात्र विभिन्न देशहरूबाट आउने गरेको समितिले जनाएको छ ।  यसमा भारत र भुटानबाट आलु, चीनबाट लसुन, प्याज र केही परिमाणमा अदुवा पनि आयात हुन्छ ।  राजधानीमा खपत हुने तरकारीको १० प्रतिशत उत्पादन भने उपत्यकामा नै हुने गरेको छ ।  उपत्यकामा खपत हुने तरकारीको उत्पादन विशेष गरी भक्तपुर र ललितपुरमा हुने गर्दछ ।  यहाँ हरियो सागपातका साथै गाँजर, प्याज, काउली, बन्दा, रातो सेतो मुला, लसुनलगायत तरकारी उत्पादन हुने गरेको छ ।  खेतीयोग्य जमीन घट्दै गएका कारण तरकारी उत्पादनमा निकै प्रभाव परेको बताइएको छ ।  हरियो सागपात बाहिरबाट ल्याउन असम्भव भएकाले यस्ता तरकारीका लागि उपत्यकाकै उत्पादनमा भर पर्नु परेको छ ।  स्वदेशी उत्पादनले काठमाडौं लगायत शहरमा तरकारीको माग धान्न नसकेपछि भारतबाट पनि तरकारी आयात गर्ने गरिएको छ ।  उपत्यकाको बढ्दो जनसंख्या सँगै तरकारीको माग पनि बढ्दो छ ।  उपत्यकामा दैनिक एक हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ ।  हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५ सय देखि ६ सय टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ ।  वर्षौंदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलाञ्चोकलगायतबाट बढी मात्रामा तरकारी भित्र्याउने गरेको छ ।  कालीमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ ।  उक्त बजार समितिका भनाइअनुसार माग अनुसार पूर्ति गर्न सकेको छैन ।  नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् ।  तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर शहर पु¥याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको किसान गुनासो गर्छन् ।

Source : http://www.gorkhapatraonline.com-690920.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s