कुकुरलाई लोग्ने मान्नुपर्ने अनौठो परम्परा

Jharkhand

नयाँदिल्ली , पुस २७ – एक्काइसौं शताब्दीमा पनि कुकुरसँग बिहे गराउने परम्परा छ भन्दा विश्वास गर्न गाह्रो होला । तर, कुकुरसँग नाबालिगको बिहे गराउने यो अनौठो परम्परा भारतको झारखण्ड राज्यमा अद्यापि छ ।

‘अबोध बालिकाको बिहे कुकुरसँग गराउनुलाई परम्परा भन्ने वा पाखण्डी सोच ?’ । यो एउता सोचनीय विषय भएको छ । हुन त संसारभरिको विभिन्न सभ्यता एवं जातिमा रजश्वला नभएका बालिकाको वनस्पति र फलफूलसँग बिहे गराउने चलन छ । विभिन्न युरोपेली मुलुकले यसलाई धनी संस्कृतिको नाउँमा विवेकहीन, तर्कहीन र बकवास परम्परा ठहर गरेको छ । संस्कृतिको नाउँमा यसले लैंगिक असमानतालाई बढावा दिने तर्कशास्त्रीहरूको मत छ ।

झारखण्डमा १० वर्षभन्दा कम उमेरका बालिकाको कुकुरसँग बिहे गराउने कारणलाई ग्रहशान्ति बताइँदै आएको छ । यसको ठोस धार्मिक, सामाजिक वा वैज्ञानिक आधिकारिक प्रमाण कसैले दिन सकेका छैनन् । तर, त्यहाँको समाजमा कुतर्कलाई तर्क मानेर स्विकार्नेहरूको कमी छैन । यो परम्परा त्यहाँ परापूर्वकालदेखि कायम छ । झारखण्डको जनजाति एवं आदिवासी समुदायमा गिजामाथि दाँत आउनुलाई अशुभ मानिन्छ ।

स्थानीय समाजमा ग्रहको अशुभ प्रभावका कारणले यस्तो हुने विश्वास गरिन्छ । बालिकाको अर्को दाँत आउनुअघि ग्रहशान्तिका लागि स्थानीय कुुकुरसँग बिहे गराइन्छ । यसअनुरूप बेहुलीझैं सिंगारेर बालिकाको कुकुरसँग सांकेतिक बिहे हुन्छ । मान्यता अनुरूप कुुकुर यमराजको दूत हो, जसले श्रीमतीको सम्पूर्ण अशुभ ग्रहदशालाई आफूमाथि लिन्छ । यसले बालिकामाथिको संकट टर्ने विश्व्ाास गरिन्छ । अतिरिक्त दाँत उम्रेमा पनि बालिकाको बिहे कुकुरसँग गराइन्छ । जसले जे भने पनि सयौं वर्षदेखि यो परम्परा त्यहाँ कायम छ । अबोध बालबालिकाले विरोध गर्न नसक्ने हुनाले पनि यो विकृतिपूर्ण परम्परा जीवित छ । बालिग भएपछि केटीको बिहे सामान्य व्यक्तिसँग गराइन्छ ।
प्रकाशित मिति: २०६९ पुस २७ १०:१०

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s