उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

त्रिशूली (नुवाकोट), पुस २७ गते । हिन्दु परम्पराअनुसार आफ्ना पितृहरुको नाममा विभिन्न नदीको सङ्गमस्थलमा गई सिदा र पिण्डदान गर्नाले पितृहरु मोक्ष हुने विश्वास लिइन्छ ।
    यही विश्वासका साथ आज पौषे औँसीको अवसरमा नुवाकोट र रसुवाको सीमाक्षेत्र बेत्रावतीमा भक्तजनको घुइँचो लागिरहेको छ ।
    पौषकृष्ण औँसीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृहरु मोक्ष हुन्छन् भन्ने विश्वासका साथ भक्तजनको भीड लागेको हो । त्रिशूली र बेत्रगङ्गा नदीको सङ्गमस्थल बेत्रावतीलाई उत्तरगया तीर्थको नामले चिनिन्छ ।
    देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको सङ्गममा  पौषकृष्ण औँसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको स्थानीय संस्कृतिविद् कैलाशनाथ पौडेलले बताउनुभयो ।
    पौष कृष्ण औँसीका दिन बेत्रावतीमा आमाबाबु नभएकाले यहाँ सके बर्सेनि र नसके जीवनमा एकपटक भएपनि श्राद्ध गर्ने चलन रहेको छ ।
    बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दुकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन रहेको छ ।
    चार गयामध्ये तीन वटा गया भारतमा पर्दछ । तीर्थश्राद्ध गर्दा श्रद्धालुले जौको पिठोबाट बनाइएको पिण्डदान गर्ने चलन छ ।   
    यहाँ चितवन, मकवानपुर, वीरगन्ज, धादिङ र भैरहवाबाट श्रद्धालु आएका छन् । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s