अन्तर्राष्ट्रिय सहकारी वर्षको समापन

मङ्गलबारे पुस २४ गते । अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ मा जिल्लाभित्र र बाहिरबाट दुई करोड ५८ लाखभन्दा बढी सहकारी संस्थामा लगानी गरेका छन् ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष समापनका अवसरमा सहकारी अधिकृत माधवप्रसाद पोखरेलले जिल्लाका विभित्र विषयगत कार्यालय र सहकारी विभागका तर्फबाट सो बराबरको रकम सहकारी संस्थामा लगानी गरेर सहकारीको विकास र प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो ।
बितेको एक वर्षको अवधिमा जिल्ला विकास समितिले सबैभन्दा बढी ८२ लाख ३२ हजार रुपैयाँ साझेदार संस्थामार्फत लगानी गरेको छ । स्थानीय विकास कोषअन्तर्गत जिल्लाका १२ वटा सहकारी संस्थालाई ४६ लाख ३२ हजार ऋण लगानी गरिएको छ । स्थानीय विकास कोषअन्तर्गत पशुधन बिमाका लागि पाँचवटा सहकारीलाई पाँच लाख रुपैयाँ, सहकारी शिक्षातर्फ जिल्लाका २५ सहकारी संस्थालाई ४० लाख लगानी गरिएको सहकारी डिभिजन कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने घोषणा गरेबमोजिम इलाम जिल्लाले पनि मनाएको हो । यसैगरी, जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभित्र सहकारी संस्थालाई खेत जोत्ने पावर टिलर, साना सिँचाइ र आइपिएम कार्यक्रम गरी नौ लाख ६० हजार २५० रुपैयाँ सहकारी संस्थालाई लगानी गरेको हो ।
जिल्ला पशुसेवा कार्यालयले एक वर्षको अवधिमा सातवटा कृषि, दुग्ध सहकारी संस्थालाई सात लाख छ हजार, महिला बालबालिका कार्यालयले नौवटा सहकारी संस्थालाई भवन निर्माण, सीप विकास, कुखुरापालन व्यवसायमा नौ लाख ६९ हजार र घरेलु तथा साना उद्योग विकास समितिले तीनवटा महिला सहकारी संस्थालाई एक लाख ४१ हजार ७५५ रुपैयाँको ऋण लगानी गरेको सहकारी अधिकृत पोखरेलले बताउनुभयो ।
सहकारी वर्षमा विभित्र निड, आरआरएन, एसनसिडिसी, महिला कल्याण समाज र उच्च पहाडी जडीबुटी संस्थाले समेत सहकारी संस्थालाई ऋण प्रदान गरी उनीहरूको व्यावसायिक प्रर्वद्धनमा टेवा पु¥याएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ को औपचारिक समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले सहकारीका सर्वव्यापी सिद्धान्तपालन गर्ने र सोही अनुसार परिचालन हुने हो भने सहकारीको माध्यमबाट आर्थिक विकास सम्भव रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी सुमन घिमिरेले सहकारी संस्थाहरूलाई मार्गदर्शन गर्ने सहकारी डिभिजन कार्यालयले व्यावसायिक योजना ल्याउनुपर्ने र त्यो योजना सबै सहकारीले पालना गर्नसके सहकारीको उत्रति सम्भव हुने बताउनुभयो ।
सहकारी संस्थामा लगानी भएअनुसार प्रभावकारी अनुगमन गर्नुपर्ने सरोकारवालाहरूको माग छ । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s