प्रधानसेनापतिको साइकल यात्रा (फोटो फिचरसहित)

काठमाडौ, पुस ६ – प्रधानसेनापति गौरवशम्शेर राणा साइकल चढेर आज जङ्गी अड्डा प्रवेश गरेका छन् । सधैंजसो साइरनसहितको सैनिक प्रहरीको गाडी अगाडि र पछाडि राखेर कडा सुरक्षाका साथ सवार हुनुहुने प्रधानसेनापति राणा वातावरणलाई प्रदूषण हुनबाट जोगाउन अलिकति भए पनि योगदान पुगोस् भनेर साइकलमा सैनिक मुख्यालय प्रवेश गरेका हुन् । खाइलाग्दो शरीरलाई सानो साइकलामा राखेर पाइडल गुडाउँदै मुख्यालय पुगेको सेना प्रधानसेनापतिको साइकल यात्राले उनी मातहतका अधिकृतलाई मात्रै नभएर सर्वसाधारणलाई समेच चकित बनाएको छ ।

कालो ट्राउजरबाहिर नेपाली सेना लेखिएको टिसर्ट र हाफ पाइन्ट, टाउकोमा हेल्मेट, चश्मा, पञ्जा लगाएरसाइकलको पाइडल गुडाउादा उनलाई लामो यात्रामा हिडेको साइकल यात्रीझैं देखिएको थियो ।

साइकल चलाएका प्रधानेसेनापछिकेा अघिपछि हिडेका आधा दर्जन साइकलको लस्करलाई सर्वसाधारणले चाख मानेर हेरेका थिए ।

प्रधानसेनापति मात्र नभई काठमाडौं उपत्यकाको चक्रपथभित्र रहेका नेपाली सेनाका बाहिनी, गण, गुल्ममा कार्यरत अधिकृतदेखि रथीवृन्दसम्मका सेनाका धेरै उच्च पदस्थ अधिकारी साइकल चढेरै कार्यालय प्रवेश गरेका थिए ।  

कतिले भने सार्वजनिक यातायातका साधन चढेर कार्यालय पुगेका थिए । नेपाली सेनाले वातावरण प्रदूषण कम गर्न हप्ताको एक दिन प्रत्येक शुक्रबार सार्वजनिक सवारी साधन, साइकल वा पैदलमा कार्यालय आउन यसै साता मातहतका अधिकृतलाई आदेश दिएको थियो ।

सो आदेशअनुसार उपसेनानीदेखि रथीवृन्दले शुक्रबार कार्यालय आउँदा र फर्कदा सरकारी सुविधामा प्राप्त हुने कुनै पनि सवारी साधन प्रयोग गर्न पाउने छैनन् ।

सङ्गठनले वातावरण जोगाउने काममा हाम्रो पनि योगदान पुगोस् भनेर हप्ताको एकदिन गाडी प्रयोग नगर्ने कार्यको थालनी गरेको छ, यसबाट व्यक्तिगतरुपमा धेरै नै राम्रो हुने छ, हिँड्दा शरीरलाई फाइदा पनि पुग्छ, नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले भने ।

यसका अतिरिक्त नेपाली सेनाको यो अभियानबाट  पेट्रोलियम पदार्थमा लाग्ने खर्च जोगिने, उपत्यकाको सवारी चापलाई केही हदसम्म सहयोग पुग्ने  अपेक्षा गरिएको छ ।

यस अभियानबाट नेपाली सेनाप्रति आम जनतामा सकारात्मक सन्देशसमेत प्रवाह हुनेछ ।  नेपाली सेनाका चक्रपथभित्र रहेका मुख्यालयसहित महाराजगन्ज, छाउनी, नारायणहिटी सङ्ग्रहालय, सिंहदरबारमा रहेका व्यारेकका उच्च पदस्थ सैनिक अधिकारीले यस अभियानमा साथ दिने छन् । रासस

 

 

 

 

 


प्रकाशित मिति: २०६९ पुस ६ ०३:११

Source : http://ekantipur.com/nep/2069/9/6/full-story/359523.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s