कार्यालय कब्जा लिई नागरिककर्मीमाथि आक्रमण

Friday, 21 December 2012 10:04 नागरिक

काठमाडौं, पुस ६ (नागरिक)- शिव सेना नेपालका कार्यकर्ता बनाउने एक हुल्याहा समूहले नागरिक राष्ट्रिय दैनिकको कार्यालयमा तोडफोड गर्नुका साथै प्रधान सम्पादक किशोर नेपाल र अन्य पत्रकारमाथि दुव्र्यवहार गरेका छन्। बिहीबार दिउँसो साढे १२ बजेतिर कार्यालय प्रवेश गरेको उक्त समूहले शुक्रबार साप्ताहिकका समाचारप्रति आपत्ति जनाउँदै नागरिक कार्यालय कब्जामा लिएर आव्रmमण गरेका छन्। उनीहरूले आगजनीको धम्कीसमेत दिएका थिए।
सिसिटिभीको दृश्यः नागरिक कार्यालयको रिसेप्सन डेस्कमा अराजक समूह। माथिल्लो लहरमा बायाँको पहिलोः डेस्कमा लात हान्दै, दोस्रो तस्बिरः प्रधान सम्पादकमाथि दुर्व्यवहार। तल्लो लहरका फोटोः डेस्कमा राखिएको टेलिफोनको लाइन र पत्रिका थुत्दै।

‘शिव सेना नेपाल जिन्दावाद’ नारा लगाउँदै सुन्धारा जेडिए कम्पलेक्सस्थित नागरिक दैनिक कार्यालय आएको समूहले तोडफोड गर्नुका साथै पत्रकारमाथि हातपात गरेका थिए। उनीहरूले सुरुमै रिसेप्सन कक्षमा रहेको टेलिफोन थुतेर अवरुद्ध पारेका थिए। मूल ढोकामा रहेका सुरÔा गार्ड श्याम पुmँयाललाई कब्जामा लिएर ‘किशोर नेपाल खोइ ?’ उनीहरु सिधै नागरिक सम्पादकीय कक्ष प्रवेश गरेका थिए।
टेबुलमा रहेको पत्रिका च्यातिरहेका उनीहरुलाई ‘राम्रोसँग बसेर छलफल गरौं’ भन्दा नागरिककर्मी सुदर्शन सापकोटामाथि नै जाइलागेका थिए। अन्धाधुन्ध आव्रmमणमा परेका सापकोटा सामान्य घाइते छन्। सापकोटालाई बचाउन खोजेका सहसम्पादक राजेन्द्र ज्ञवाली, पत्रकार विश्वमणि पोखरेल, विज्ञान अधिकारी, स्वरुप आचार्यलाई पनि उनीहरूले हातपात गरेका थिए।
नागरिकका अनलाइनकर्मी मदन चौधरीले भिडियो लिन खोज्दा उनीमाथि पनि आव्रmमण भएको थियो। तत्कालै आएका प्रहरीले आक्रमणमा संलग्न १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। यसअघि, शिव सेना बताउने समूहले बिहीबार बिहान राजधानीको भूगोलपार्कमा रिपब्लिक मिडियाका पत्रिकाहरु वितरणमा अवरोध गर्ने प्रयास गरेका थिए।
घटनाप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्था, राजनीतिक दललगायतले भत्र्सना गर्दै संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्। महासंघले नेपाली पत्रकारिताजगत कतिसम्म असुरक्षित छ भन्ने आक्रमणबाट स्पष्ट भएको जनाएको छ। वmुनै पनि सञ्चारमाध्यमबाट प्रकाशित समाचारबारे गुनासो तथा असहमति जनाउने कानुनी वा विधिसम्मत बाटो छाडेर वरिष्ठ सञ्चारकर्मीमाथि आव्रmमण गर्नु, सम्पादकीय समूहका सदस्यहरूलाई वmुटपिट गर्नु, पत्रिका जलाउन प्रयत्न गर्नु निन्दनीय र खेदजनक काम भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘यस घटनाले मुलुकका सञ्चारकर्मी हदैसम्मको असुरक्षित र त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य छन् भन्ने देखाउँछ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न दोषीहरू तत्काल पहिचान गरी कानुनी कारबाही अगाडि बढाउन र प्रेसलाई निर्भयतापूर्वक काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्दछ।’
नेपाल मिडिया सोसाइटीले समाचारका विषयलाई लिएर नागरिक दैनिक कार्यालयमा तोडफोड र प्रधान सम्पादकलगायत पत्रकार कर्मचारीमाथि भएको आव्रmमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोसाइटीका महासचिव उज्ज्वल शर्माले विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस स्वतन्त्रता तथा निर्भिक पत्रकारिताविरुद्धको नियोजित आव्रmमण भनेका छन्। ‘जनता सुसूचित हुने भरपर्दो माध्यमका रूपमा रहेको पत्रपत्रिका तथा पत्रकारलाई धम्क्याउने तथा हतोत्साही तुल्याउने गम्भीर प्रयास भएको देखिन्छ,’ विज्ञप्तिमा छ, ‘यस्ता निन्दनीय आपराधिक कार्यको घोर भत्र्सना गर्दै यथाशीघ्र छानबिन गरी दोषीउपर कडाकारबाही र पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारस”ग जोडदार माग गर्दछ।’ सोसाइटीले भविष्यमा यस्ता घटना दोहरिन नदिन र प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, नेपाली कांग्रेसले पनि घटनाको निन्दा गरेको छ। ‘स्वतन्त्र पत्रकारितामा कहीँ, कतैबाट कसैले पनि बाधा उत्पन्न गराउने कार्य अत्यन्त निन्दनीय हो,’ मुख्य सचिव वसन्तवmुमार गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको आधारस्तम्भ पत्रकार र पत्रिकाको कार्यालयमा भएको नांगो आव्रmमणको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष विष्णुहरि ढकालले पत्रकार, कार्यालयका कर्मचारीका साथै कार्यालयमै गएर अराजकता मच्चाउनुले नेपाली प्रेस अझै पनि असुरक्षित छ भन्ने छर्लंग भएको जनाए।
नेपाल विज्ञापन संघले पनि पत्रकारमाथि आक्रमण र तोडफोडको निन्दा गरेको छ। संघका अध्यक्ष राजवmुमार भट्टराईले लोकतान्त्रिक समाजमा समाचारको विषयलाई लिएर सञ्चारमाध्यममाथि नै आव्रmमण गरेर प्रेस स्वतन्त्रता र निर्भिक पत्रकारिता गर्न पाउने अधिकारमाथिको हस्तक्षेप भएको जनाएको छ।
नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले कार्यालयमा भएको आव्रmमण निन्दनीय भन्दै आव्रmमणकारीमाथि कडाभन्दा कडा कारबाही माग गरेको छ। महासंघ काठमाडौं शाखा, कान्तिपुर प्रतिष्ठान शाखा, नया” पत्रिका प्रतिष्ठान शाखा, न्युज २४ प्रतिष्ठान शाखा, तराई टेलिभिजन प्रतिष्ठान शाखा, कम्युनिकेसन कर्नर प्रतिष्ठान शाखा, राजधानी दैनिक प्रतिष्ठान शाखा, एबिसी टेलिभिजन प्रतिष्ठान शाखा, प्रेस चौतारी नेपाल, रिपोर्टर्स क्लब नेपाल, नेपाल आर्थिक पत्रकार समाज (सेजन), फोटोपत्रकार क्लब, फ्रिडम फोरम नेपाल, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, दाङ-काठमाडौं पत्रकार समाज, थारुवान डट कम, युवा संघ नेपाल, मधेसी पत्रकार समाज नेपाललगायतले विज्ञप्ति जारी गर्दै घटनालाई स्वतन्त्र प्रेसमाथिको आव्रmमण भन्दै निन्दा गरेका छन्।
कांग्रेस सभापति सुशील कोइरालाका साथै कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइरालालगायतले प्रधान सम्पादक नेपाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गरेका थिए। कांग्रेस केन्द्रीय सदस्य गगनवmुमार थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेलगायत नागरिक कार्यालय आई घटनाको निन्दा गरेका थिए।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी नवराज ढकालले कुनै पनि बहानामा सञ्चारमाध्यममाथि भएका आक्रमण सह्य नहुने, दोषीमाथि कारबाही हुने बताए। काठमाडौं परिसरका एसएसपी जयबहादुर चन्दले घटनामा दोषीलाई कारबाही गर्ने बताए। ‘घटनामा संलग्न जोसुकै हुन्, खोजेर कारबाही गर्छाैं,’ उनले नागरिकसँग भने।

Source : http://www.nagariknews.com/society/nation/50755-2012-12-21-04-22-26.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s