भुँडी घटाउनू है!

Source : Tuesday, 18 December 2012 10:31 नागरिक

दीपक दाहाल, काठमाडौं, पुस ३ – मंसिर अन्तिम साता नेपाल प्रहरी मातहत निकायमा सर्कुलर भयो, ‘ठूला भुँडी भएका प्रहरीले तत्काल ज्यान घटाउनू’। प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले सर्कुलर पत्रमा ‘अशोभनीय देखिने गरी बढी तौल भएका प्रहरी कर्मचारीको शारीरिक तन्दुरुस्तीतर्फ विशेष ध्यान दिई दैनिक पिटीपरेड लिने व्यवस्था कडाइका रूपमा गर्ने र गराउने’ निर्देशन दिएका छन्।

 

 

प्रहरी महानिरीक्षक रानाले दिएको निर्देशन प्रहरी संगठनका लागि नौलो होला। तर विश्वभरका चिकित्सकले संसारभर मोटालाई लामो समयदेखि चेतावनी दिँदै आएका छन्। चिकित्सक भन्छन्, ‘दुब्लालाई मोटो बन्ने रहर पूरा गर्न जति सजिलो छ, मोटालाई तौल घटाउने कुरा कैयौं गुना चुनौतीपूर्ण।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीका अनुसार मोटोपन नियन्त्रणका लागि भन्न सजिलो र अभ्यास गर्न कठिन सूत्र छ- बढी काम र कम माम।

विश्वमा एकतिहाई मानिस मोटोपनको समस्याबाट ग्रसित भएको आँकडा छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका एकतिहाई बालबालिकासमेत मोटोपनको सिकार भएका छन्। ‘केटाकेटी अवस्थादेखि नै मोटो हुनु झन् जोखिम हो,’ डा. रेग्मी भन्छन्। अझै नेपाली समाजमा मानिस मोटाउनुलाई स्वस्थ हुनुको पर्यायका रूपमा हेरिन्छ। गम्भीर नकारात्मक असर नदेखाएसम्म मोटोपनबारे चिन्तित हुनेहरू कमै भेटिन्छन्। 
मोटोपन पछिल्ला दिन मानिसको स्वास्थ्यको ठूलो चुनौती बन्दै गएको चिकित्सक बताउँछन्। अधिकांश नसर्ने रोग र रिस्क फ्याक्टरको बढ्दो प्रमुख कारण मोटोपन भएको छ। शरीर जति मोटो भयो मुटुलाई उति बढी बोझ पर्छ, मुटुका मांसपेशीमा बोसो जम्छ र मुटुमा रगत पुर्‍याउने रक्तनलीमा कोलेस्ट्रोल जम्न गई रोगग्रस्त हुने धेर सम्भावना रहन्छ। मोटोपन मुटुका लागि मात्र नभई सम्पूर्ण शरीरकै लागि हानिकारक छ। मोटो शरीरको मुटु, कलेजो, मिर्गौला, फोक्सो आदिमा बोसो जम्न गई रोग ग्रस्त हुने खतरा रहन्छ।

चिकित्सकका अनुसार ४० वर्ष पुगेका व्यक्तिमा शारीरिक तौल आवश्यकभन्दा २०Ü ले बढ्दा ठिक तौल भएका व्यक्तिको तुलनामा मृत्युदर दोब्बर (शतप्रतिशत) ले बढेको हुन्छ। शारीरिक तौल ठिक राख्न सके मुटुरोग २५ प्रतिशतले घटाउन सकिने चिकित्सक बताउँछन्। मोटालाई मुटुरोगका साथै दम, हाई ब्लडप्रेसर, मधुमेह , बाथ, उच्च युरिक एसिड, ढाड दुख्ने आदि विभिन्न रोग हुने अत्यधिक सम्भावना रहन्छ। ‘शरीरको तौल नियन्त्रण गर्दा थुप्रै रोगको जोखिमबाट बच्न सकिन्छ,’ डा.रेग्मी भन्छन्।

बढी मोटा व्यक्तिमा बोसोको मात्रा प्रसस्त हुन्छ। खासगरी पेटमा रहेको बोसोबाट अनेक प्रकारका रसायनिक तत्व आवश्यकभन्दा बढी पैदा हुन्छ। यी तत्वले शरीरका अंगमा नकारात्मक असर पार्छ। ‘पेटमा बोसो लाग्ने मोटोपनभन्दा पेटभन्दा मुनि बोसो लगेर हुने मोटोपनमा कम खतरनाक हुन्छ,’ डा.रेग्मीले भने। संसारमा कस्तो मोटाइचाहिँ स्वास्थ्यका लागि हानिकारण भन्नेबारे धेरै अध्ययन भएका छन्। दक्षिण एसियाली क्षेत्रका मानिसमा पेटमा हुने मोटापन खतरनाक भनिन्छ।

सामान्यतः मोटोपन शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी भएको अवस्था हो। अहिले चिकित्स पेटको मोटोपनभन्दा बडी मास इन्डेक्स (बिएमआई)लाई आधार मान्नुपर्ने बताउँछन्। मानिसको तौललाई किलोमा नाप्ने र त्यसलाई मिटरमा आएको उचाइले भाग लगाउँदा आएको अंकलाई बिएमआई भनिन्छ। सेन्टिमिटरमा लिएको आफ्नो उचाइबाट (महिला, पुरुष दुवैका लागि) १०० घटाउँदा आएको अंकलाई आवश्यक अधिकतम किलोग्राम तौल मानिन्छ। चिकित्सकका अनुसार शरीरको बिएमआई आठ दशमलव २५ सम्म हुनुपर्छ। सोभन्दा बढी भएको अवस्था बढी तौल र ३० भन्दा बढी भए मोटोपन मानिन्छ। तौल ठिक छ र पेट ठूलो छ भने त्यो मुटुका लागि खतरनाक मानिन्छ। पुरुषको पेटको नाप ९० सेन्टिमिटरभन्दा कम र महिलाको ८० सेन्टिमिटरभन्दा कम हुनु राम्रो मानिन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s