तीजमा नयाँ पुराना कलाकर्मीलाई सम्मान

तीजको अवसर पारेर सालिमार ज्वेलर्स, विशालबजारले आ–आफ्नो क्षेत्रबाट योगदान पुरयाउँदै आएका महिला कलाकार तथा पत्रकारलाई सम्मान गरेको छ । ३० भदौमा राजधानीमा आयोजित तीज महोत्सवमा ९ जना महिला कलाकार तथा पत्रकार सम्मानित भए ।

शनिबार , ३० भदौ २०६९ ८:१२ पम

सम्मानित हुनेहरु । सबै तस्बीर:ऋषिराम कट्टेल

दिपाश्री र निशा सुनार

फेशन शो

यसरी सम्मानित हुनेहरुमा नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द, हास्य अभिनेत्री बसुन्धरा भुषाल, अभिनेत्री मिथिला शर्मा, गीतकार उन्नति बोहरा शिलालाई सालिमार विशेष सम्मानबाट सम्मानित गरियो । त्यसैगरी हास्य अभिनेत्री दीपाश्री निरौला, नायिका निशा अधिकारी र ऋचा शर्मा, गायिका माण्डवी त्रिपाठी तथा पत्रकार स्मृति ढुंगानालाई सालिमार सम्मानबाट सम्मानित गरियो । कार्यक्रमकी प्रमुख अतिथि एनेकपा माओवादीकी नेतृ एवं प्रम पत्नी हिसिला यमीले सम्मानितलाई ताम्रपत्र तथा आयोजक संस्थाका प्रतिनिधिले दोसल्ला ओढाई सम्मान प्रदान गरेका थिए । तीजको अवसर पारेर वर्षौंदेखि नेपाली चलचित्रमा आ–आफ्नो क्षेत्रबाट योगदान पुरयाएका र नयाँ कलाकारलाई सम्मान गरेको आयोजक सालिमार ज्वेलर्सका अध्यक्ष रामकिसन गोयलले बताए । उनले भने, “आगामी वर्षदेखि यस्तो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”

कार्यक्रममा रमेशराज भट्टराई, निशा सुनार, माण्डवी त्रिपाठीले तीजका गीत गाएर मनोरन्जन मात्र दिलाएनन् उपस्थित दिदीबहिनीलाई तीजका गीतमा छमछमी नचाए पनि । मनोज गजुरेलले हास्य प्रस्तुतिमार्फत पेट मिची–मिची हँसाए भने शंकर बिसी, संझना बुढाथोकी, रिना गिरीलगायतले नृत्य गरेर मनोरन्जन दिलाए । कार्यक्रममा एक दर्जन मोडलले फेसन शो समेत गरेका थिए । सुनका नयाँ नयाँ गहनामा मोडललाई ¥याम्पमा उतारिएको थियो ।

 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s