आज हरिबोधिनी एकादशी

काठमाण्डौ,मसिंर ९ । 
 
आज हिन्दुधर्मालम्वीहरूले भगवान् विष्णुको पूजा अर्चना गरेर हरिबोधिनी एकादशी मनाइरहेका छन् । अषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको आज विशेष रुपले पूजा अर्चना गरेर विवाह गर्ने चलन छ ।  पौराणिक कथा अनुसार भगवान् विष्णुले मुर नाम भएको दैत्यवबाट देवताहरुलाई मुक्ति दिन संघर्ष गर्नु परेको उल्लेख छ ।  
 
थकानबाट विश्राम लिँदा विष्णुका शरीरबाट एक कन्या उत्पन्न भएको र कन्याबाट मुरको वध गरिने बेला जमिनमा मुर दैत्य बज्रिदा आएको आवाजले भगवान विष्णु ब्यँुझनुभएको दिनलाई स्मरण गर्दै हरिबोधिनी एकादशी मनाउने गरिएको हो । अर्को पौराणिक कथनअनुसार आषाढ शुक्ल एकादशीको हरिशयनीबाट कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म चार महिना भगवान् विष्णु शेषमा शयन गर्नुुहुने भएकाले यस अवधिमा गरिएको चतुर्मास व्रतको अनुष्ठान पनि आजैबाट सकिएको मनिन्छ । एकादशीका दिन आज देशका विभिन्न भागहरुमा मेला लाग्ने लागिरहेको छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s