४० लाख जनसंख्यालाई ६१ वटा शौचालय

दीपेन्द्र विष्ट

Toilet

काठमाडौ, मंसिर ४ – उपत्यकामा ४० लाखभन्दा बढी मानिस बस्छन् । हरेक वर्ष सरकारले विश्व शौचालय दिवस मनाइरहेको छ । देशको सबैभन्दा विकास भएको मानिने उपत्यकामै चाहिँ ४० लाख मान्छेका लागि जम्मा ६१ वटा सार्वजनिक शौचालय छन् । यसरी हेर्दा सहरी क्षेत्रमा ६५ हजार नागरिकका लागि एउटा सार्वजनिक शौचालय भागमा पर्छ । उपत्यकाका ४ गाविसलाईमात्रै बल्ल खुला दिसामुक्त घोषणा गरिएको छ । बाहेकका क्षेत्र अझै पनि खुला दिसायुक्त छन् । सरोकारवाला निकायले यसबारे खासै चासो दिएको छैन । पर्याप्त शौचालय अभावमा खुला दिसायुक्त क्षेत्रका कारण प्रत्येक दिन पाँच वर्षमुनिका २८ जना बच्चाको अकालमा ज्यान जाने गरेको तथ्यांक छ । सरकारी तथ्यांकअनुसार आमा तथा बच्चाको शौचालय र खानेपानीमा सहज पहुँच नहुँदा झाडापखालाबाट बच्चाको मृत्यु हुने गरेको हो । सुरक्षित सार्वजनिक शौचालय नहुँदा महिला तथा बालबालिकाका लागि असहज परिस्थितिसमेत सिर्जना हुने गरेको छ । सार्वजनिक शौचका कारण बलात्कारसम्मका घटना हुने गरेको विश्लेषकहरू बताउँछन् । भएका सार्वजनिक शौचालय पनि असुरक्षित र लैङ्गिक मैत्री हुन सकेका छैनन् । बन्द नहुने ढोका, चुकुल नहुनु वा नलाग्ने जस्ता सुरक्षाको कमी भएको अध्ययनहरूले औंल्याएको छ । सरसफाइको कमी, महिनावारीका समयमा प्रयोग गरिसकेका प्याड फ्याँक्ने भाँडोको व्यवस्था र  पानीको अभावले सार्वजनिक शौचालयहरू महिलाको रोजाइमा नपरेकोसमेत अध्ययनले देखाएको छ । पर्याप्त पानीको अभावले सार्वजनिक शौचालय कमको रोजाइ बन्ने गरेको छ । १७ हजार सामुदायिक विद्यालयमा छात्र र छात्रा दुवैले एउटै शौचालय प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जनचेतनाको अभाव र शौचालय निर्माणमा प्राथमिकता नदिंदा बर्सेनि बालिकाले अकालमा ज्यान गुमाउनुपरेको बताए । सरकारले सरसफाइ तथा खानेपानीका लागि एकीकृत बजेट विनियोजन गर्दा मानिसको पहिलो प्राथमिकता खानेपानी हुने गरेको उनले बताए । ‘चेतनाको अभावमा मानिसले शौचालयलाई कम प्राथमिकता दिन्छन्, जनचेतना व्यापक रूपमा फैलाउनु पर्छ,’ उनले भने । खानेपानी तथा शौचालयका लागि सरकारले प्रत्येक वर्ष करिब ३९ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ । सचिव थापाले सरसफाइ क्षेत्रमा निकै कम बजेट रहेको बताए । ‘बजेटको मात्रा बढाउँदा शौचालयको संख्या पनि बढाउन सकिन्छ,’ उनले भने ।  सन् २०१७ सम्म आधारभूतस्तर खानेपानी तथा सरसफाइमा सम्पूर्ण जनताको पहुँच पुर्‍याउने राष्ट्रिय लक्ष्य रहे पनि काममा तीव्रता नहुँदा पूर्ण नहुनेमा उनले शंका व्यक्त गरे । अन्तर्राष्ट्रिय वाटर एडकी लंैगिक अधिकृत अनिता प्रधानले पर्याप्त सार्वजनिक शौचालय नहुँदा महिलाको सरसफाइमा पहुँच नरहेको बताइन् । उनले उपलब्ध शौचालयमा पनि पानी तथा बत्तीको व्यवस्था नभएको बताइन् । ‘पहिलो महिलाको त्यति शौचालयमा पहुँच छैनभन्दा पनि हुन्छ, भएकामा पर्याप्त सुविधा छैन,’ उनले भनिन् । सरसफाइमा १ करोड ४० र खानेपानीमा ५६ लाख मानिसको पहुँच छैन ।

प्रकाशित मिति: २०६९ मंसिर ४ ०८:४४

Source : http://ekantipur.com/nep/2069/8/4/full-story/357647.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s