दाँत सड्ने समस्या

दाँतको सम्बन्ध भोजनसँग मात्र नभएर मान्छेको सुन्दरतासँग पनि गाँसिएको छ । विभिन्न समस्याका कारण दाँत फुकालेर थोते बनेर बस्नुपर्दा साह्रै नरमाइलो हुन्छ । तर, पहिले नै सचेत हुने हो भने यस्तो अवस्थाबाट बच्न सकिन्छ । दाँतमा आउने समस्याहरूको प्रमुख कारण भनेको पर्याप्त सरसफाइ नगर्नु हो । सामान्यतया हाम्रो बोलीचालीको भाषामा धेरैजसो मानिस ‘दाँतमा कीरा लागेर’ पीडित भइरहेका हुन्छन् ।


खाना खाइसकेपछि दाँतले पर्याप्त सरसफाई नपाउँदा मुखमा अन्नका कण बाँकी रहन्छन् । तिनमा ब्याक्टेरियाका साथै ल्याक्टिक एसिड उत्पन्न हुन्छ । एसिड (अम्ल) ले दाँतको बलियो खोल अर्थात् इनामेललाई खियाउँदै विस्तारै प्वाल बनाउँछ । मुखमा बाँकी रहेका अन्नका कण (मुख्यत: गुलिया पदार्थ) लाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गरिदिन्छ । सो अम्लले मुखको र्‍यालसँग मिलेर दाँतमा टाँसिने ‘प्लाक’ बनाउँछ । धेरै दिनसम्म दाँतको सफाइ नभए ‘प्लाक’ कडा भएर ‘टार्टर’ बन्छ । ‘टार्टर’ ले दाँत र गिजालाई बिगार्न थाल्छ । सडाएर प्वालै पारिदिन्छ । यसैलाई चलनचल्तीको भाषामा दाँतमा कीरा लागेको भनिन्छ ।
यस्तो समस्याबाट बच्न बिहान–बेलुकी नै खाना खाइसकेपछि नियमित ब्रस गर्नु उत्तम उपाय हो । त्यस्तै गुलियो र स्टार्चजस्ता वस्तुको सेवन कम गर्नुपर्छ । त्यस्ता खाद्य पदार्थ सेवन गरेपछि कुल्ला वा ब्रस गर्न भुल्न हुँदैन ।
दाँतमा प्वाल पर्न लागेको सुरुमै थाहा पाएर उपचारका लागि पुग्ने हो भने सम्भावित पीडाबाट बच्न सकिन्छ । यसबारे तपाईं आपैँm अन्दाज लगाउन सक्नुहुन्छ । दाँतमा कालो या खैरो दाग देखिन थालेमा, दाँतमा खाना अड्कन थालेमा, चिसो वा तातो खाँदा सिरिंग गर्न थालेमा दाँत प्वाल परेको हुन सक्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ पुग्नुपर्छ । दाँतलाई थप सड्नबाट जोगाउन सकिन्छ ।
प्वाल परेर अति नै पीडा भएको खण्डमा तत्कालका लागि चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल, एस्पिरिन, इबो ब्रुफेनजस्ता पेनकिलर ट्याब्लेट प्रयोग गर्दा पनि हुन्छ । ल्वाङको तेल प्वालमा लगाउनाले तत्कालका लागि आराम पाउन सकिन्छ । यसपछि दन्तचिकित्सकको सल्लाहमा दाँतको प्वाल भर्नुपर्छ । यसलाई फिलिङ गराउने भनिन्छ  । अन्यथा दाँतमा चिसो, तातो, गुलियो, अमिलो पर्दा चस्का लाग्ने गर्छ । सहनै नसकिने गरी दुख्छ अनि दाँतमा पिप पनि बन्न सक्छ । हुँदाहुँदा पछि दाँतै बिग्रिएर ‘रुट क्यानल ट्रिटमेन्ट’ सम्म गराउनुपर्ने अवस्था आउन सक्छ ।
दाँत भर्ने प्रक्रियाअन्तर्गत स्थायी र अस्थायी गरी दुई पद्धति छन् । दाँतमा गहिरो प्वाल भइसकेको अवस्थामा सुरुमा अस्थायी अनि पछि स्थायी प्रक्रिया प्रयोग गरिन्छ । अस्थायी प्रक्रियाबाट दाँतमा दुखाइ कम हुँदै गएपछि स्थायी किसिमले फिलिङ गरिन्छ । स्थायी फिलिङअन्तर्गत विभिन्न प्रक्रिया अपनाइने गरे पनि सबैभन्दा चल्तीमा ‘सिल्भर फिलिङ’ छ । फिलिङ गराएको एक घन्टासम्म केही खानुहुन्न । २४ घन्टापछि मात्रै सो दाँतले चपाउन सकिन्छ । सिल्भर फिलिङ अन्यको दाँजोमा बढी सस्तो र बलियो हुन्छ ।
अर्को प्रक्रिया हो, कम्पोजिट फिलिङ । यसलाई कस्मेटिक र टुथ कलर फिलिङसमेत भनिन्छ । यसमा फिलिङ गराएलगत्तै खाने कुरा लिन सकिन्छ । यस्तो फिलिङ दाँतको रङअनुसारको हुने भएकाले देख्नेहरूले सहजै थाहै पाउँदैनन् । यो बढी टिक्छ पनि । यो फिलिङ गराउँदा दाँत सुख्खा हुनुपर्छ, अन्यथा भरिएको पदार्थ निस्किने डर हुन्छ । बालबालिकामा यो फिलिङ गरिँदैन ।
अर्को प्रक्रिया जिआई फिलिङबाट पनि दाँतको प्वाल भरिन्छ । यसलाई प्राय: दाँतको संवेदनशीलताअनुसार बालबालिका वा वयष्क व्यक्तिमा बढी अपनाइन्छन् । यसमा हलुको सिलिकाको प्रयोग हुन्छ । फिलिङ गराएको एक घन्टासम्म केही खानु हुन्न । यसमा हुने फ्लोराइडले पछि पनि अम्लबाट दाँत सड्न सक्ने सम्भावना कम गरिदिन्छ । त्यसैले यसलाई प्रिजरभेटिभ फिलिङसमेत भनिन्छ । यो सेतो हुन्छ तर दाँतको रङसँग म्याच गर्दैन, त्यसैले उति सुहाएजस्तो लाग्दैन । चपाउने र प्रस्टै देखिने अगाडिका दाँतमा यसको प्रयोग त्यति गरिँदैन किनकि यो खासै बलियो प्रक्रिया होइन । फिलिङ गराउँदा कतिपय समय दाँत संवेदनशील भइहाल्छन् । चिसो, तातो सहजै अनुभव हुन थाले पनि केही समयपछि यो आपैँm हराउँछ । निको नभए दन्तचिकित्सकलाई देखाउनुपर्छ । फिलिङ गराएपछि सामान्यतया दाँत सड्दैन तर कहिलकाहिँ लिकेज हुँदा भने भन्न सकिँदैन । प्रत्येक ६ महिनामा दाँतको फिलिङ जचाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

Source : http://www.souryadaily.com/2012/11/44367.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s