कृषि सहकारीको विस्तार, खाद्य पोषणको आधार

-विश्वनाथ खरेल

भोकमरी, गरिबी, अशिक्षा र कुपोषणबाट मानवलाई मुक्ति दिलाउने अभिप्रायले संयुक्त राष्ट्र संघको एक महत्त्वपूर्ण अंग खाद्य तथा कृषि संगठनको स्थापना भएको थियो । यसै सन्दर्भमा सन् १९७९ मा भएको कृषि सुधार तथा ग्रामीण विकास सम्बन्धी विश्व सम्मेलनमा एक सय ४७ राष्ट्रको सहमतिमा १६ अक्टोवर १९८१ मा पहिलो विश्व खाद्य दिवस एक सय ५० राष्ट्रमा विभिन्न कार्यक्रम सहित मनाइयो । यस वर्षको ३२ औँ विश्व खाद्य दिवसको मूल नारा कृषि सहकारीको विस्तार, खाद्य पोषणको आधार भन्ने रहेको छ । राष्ट्रसंघले पनि यस वर्षलाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा मनाउने घोषणा गरेको थियो । यसै सन्दर्भमा विश्वका विभिन्न क्षेत्र अन्तर्गत सहकारी संस्थाहरू १० करोडभन्दा बढी आवद्ध रहेका छन् । जुन चाहिँ बहुराष्ट्रिय कम्पनीले दिने रोजगारीभन्दा २० प्रतिशत बढी हो । सन् २००८ मा प्रमुख तीन सय सहकारीले औसतमा एक दशमलव एक ट्रिलियन अमेरिकी डलर बराबरको आय गरेका थिए । जुन चाँही विश्वको दसौँ ठूलो अर्थतन्त्र क्यानडा र स्पेनको अर्थतन्त्र बराबर भएको मानिएको छ । नेपालमा पनि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीको १० वर्षे दीर्घकालीन योजना निर्माण गर्ने भएको छ । नेपालमा करिब २५ हजार सहकारी रहेकामा तीमध्ये झन्डै १२ हजार सहकारीले वित्तीय कारोबार गर्दै आएका छन् । ती सहकारीहरूले दुई खर्ब रुपियाँभन्दा बढीको बचत कारोबार गरेका छन् भने कृषि, स्वास्थ्य, उपभोक्ता पसलमा समेत सहकारीले सेवा पुर्‍याउँदै आएका छन् ।
विश्वमा बढ्दो जनसंख्याको कारणले गर्दा खाद्यान्नमा वृद्धि गर्नु एकातिर छ भने अर्कोतिर भोकमरी र गरिबीको समस्यालाई नियन्त्रण गर्न निकै चुनौतिको रूपमा रहेको छ । संसारमा हाल अनुमान गरिए अनुसार कुपोषणबाट पीडित मानिसहरूको संख्या ८५ करोड भन्दा बढी रहेको छ । अझ खाद्यको मूल्य वृद्धिले बढी भन्दा बढी भोकमरीको जोखिम बढाउने मात्र नभई यसले गरिबीको चाप अझ बढाउने छ । विश्व खाद्य सुरक्षाका लागि हालै सम्पन्न उच्च तहको सम्मेलनमा उपभोग्य खाद्यको कम उपलब्धता, बढ्दो मूल्य र सम्बन्धित विविध सवालहरूको प्रभाव माथि विचार गरिएको थियो । विश्व अर्थतन्त्रलाई पुन: सवलीकरण गर्दै सम्पन्न अर्थतन्त्रलाई उकास्न खर्बाैंको लगानी भइरहेको छ तर गरिबहरूको आर्थिकस्तर उकास्न ठोस पहल भइरहेको छैन । यस्तो परिस्थितिमा विगतका आर्थिक संकटहरूसँग जुध्न विभिन्न देशहरूले चालेका कदमबाट पाठ सिक्दै भोकमरी संक्रमणको जोखिममा रहेका ती गरिबहरूलाई सम्भावित भोकमरीको खतराबाट बचाउन र कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि व्यापक लगानीको विस्तार गरी खाद्य संकट न्यूनीकरण गर्ने र खाद्यान्नको बढ्दो मूल्यलाई कम गर्नेतर्फ तत्काल पहलकदमी अत्यन्त जरूरी भइसकेको छ । सन २००८ को जुन महिनापछि अकस्मात् छ महिनाको अवधिमा खाद्यान्नको मूल्यमा ३३ प्रतिशतले गिरावट आएता पनि सन् २०१० को प्रथम चौमासिक अवधिमा पुन: ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यस्तै गरी खाद्यान्न मूल्यमा यस्तो प्रकारको घटबढ अवस्था रहेको हुनाले विशेष गरी विकासोन्मुख मुलुकहरूमा खाद्य सुरक्षामा ठूलो चुनौती देखा परेको छ । यसको मार खासगरीकन विकसित देशहरूलाई परेको छ ।
कृषिको विकास गर्नका लागि आजको युगमा सहकारीको पनि त्यतिकै आवश्यकता पर्छ । त्यसको साथसाथै कृषि कर्ममा आवश्यक पर्ने अनुसन्धान, प्रविधि, औजार तथा पूर्वाधार विकासमा वेवास्ता गरियो भने उत्पादकत्वमा ह्रास आउन सक्छ । यो हुनुको मुख्य कारण हो विभिन्न विकसित देशहरूले कृषिमा लगानी गर्दै आएकोमा हाल आएर ४३ प्रतिशत लगानी कटौती गरेको देखिन्छ । यही कारणले गर्दा नै हाल आएर खाद्यान्न वस्तुको मूल्यमा वृद्धि भयो । विश्वमा प्रति वर्ष करिब आठ करोडका दरले जनसंख्या वृद्धि भएको छ । यसको साथसाथै विश्व तापक्रममा वृद्धि र जलवायु परिवर्तनका कारणले गर्दा पनि खाद्य वस्तुको उत्पादन तथा उपलब्धतामा कमी हुनुले गर्दा खाद्य वस्तुको मूल्य अनिश्चित हुनु अर्को मुख्य कारण यो पनि हो । सन् २०१२ को विश्व खाद्य दिवसको प्रमुख विषयको मान्यता नै संसार भरिका मानिसहरूलाई भोजन ख्याउने साँचो नै कृषि सहकारी समिति हो । यसको मुख्य कार्य नै खाद्य सुरक्षामा सुधार गर्नु नै प्रमुख कार्य रहको छ । प्रत्येक आठ जनामा एक जनालाई खानाको अभाव छ । संसारमा भएको भोकमरी र स्थायी इन्धनको समस्या समाधान गर्नु नै आजको आवश्यकता हो ।

Source : http://www.souryadaily.com/2012/11/07.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s