सनसिटी ग्लोबल टाउनशिप : व्यवस्थित आवासको नमूना

October 19, 2012
सनसिटी ग्लोबल टाउनशिपले सन् २०१३ को पहिलो महीनामा आफ्ना ग्राहकलाई अपार्टमेण्ट हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । टाउनशिपको निर्माण कार्य अहिले अन्तिम चरणमा रहेको साङ्ग्रिला हाउजिङ प्रालिका मार्केटिङ एक्जुकेटिभ एरिना तुलाधरले बताइन् । यस परियोजनाअन्तर्गत १ हजार युनिट अपार्टमेण्ट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिइन् । दुई चरणअन्तर्गत निर्माण गर्न लागिएको यस परियोजनाको पहिलो चरणको ५ सय युनिट अपार्टमेण्टको निर्माण कार्य सम्पन्न गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । अहिले पहिलो चरणका अपार्टमेण्टको भित्रीभाग निर्माण कार्य तथा रङरोगनको काम भइरहेको छ । करीब ६५ रोपनी क्षेत्रफल ओगटेको यस परियोजनामा नेपालकै प्रतिष्ठित निर्माण व्यवसायीहरूको संलग्नता छ । ‘गुणस्तरीय उत्पादनको प्रयोग तथा दक्ष प्राविधिकको संलग्नता रहेकाले अपार्टमेण्ट निर्माणका सबै कार्य गरिएको छ,’ तुलाधरले भनिन्, ‘विविध सुविधासहित काठमाडौं शहरबाट नजिक रहेको तथा सुलभ मूल्यमा अपार्टमेण्ट खरीद गर्न चाहनेका लागि सनसिटी उत्तम विकल्प हो ।’

ग्राहकको आवश्यकताअनुसार सनसिटीमा तीन तथा चार बेडरूमसहितका अपार्टमेण्ट उपलब्ध छन् । ती अपार्टमेण्ट ८ सय ५९ वर्गफुटदेखि १ हजार ४ सय १० वर्गफुटसम्मका छन् । अपार्टमेण्ट निर्माणका लागि स्वदेश तथा विदेशका गुणस्तरीय प्रडक्ट प्रयोग गरिएको कम्पनीका अधिकारी बताउँछन् । अपार्टमेण्टमा कोहलर ब्राण्डका स्यानिटरी सामग्री प्रयोग गरिएका छन् । क्षेत्रफल तथा मोहडाअनुसार अपार्टमेण्टको मूल्य फरक छ । काठमाडौं उपत्यकाको भौगोलिक अवस्थाअनुसार दक्षिण मोहडा फैलिएको अपार्टमेण्टको मूल्य भने केही महँगो पर्ने तुलाधरको भनाइ छ । ‘दक्षिणी मोहडाको अपार्टमेण्टमा घाम पर्ने भएकाले कोठा न्यानो तथा उज्यालो पनि हुन्छ ।’ सेवासुविधाअनुसार अपार्टमेण्टको प्रतिवर्गफुट मूल्य ३ हजार ७ सय ५० देखि ४ हजार ५९ रुपैयाँ निर्धारण गरिएको छ । करीब ३ वर्षअघि निर्माण कार्य शुरू गरिएको अपार्टमेण्टको हालसम्म करीब ८० प्रतिशत बूकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ ।

परियोजनाको कुल क्षेत्रफलको २५ प्रतिशत भागमा मात्र अपार्टमेण्ट निर्माण गरिएको छ । बाँकी भागमा भने बच्चा तथा युवाहरूका लागि छुट्टाछुट्टै खेलमैदान, जगिङ ट्र्याक, बगैंचा तथा हेल्थ क्लब, स्वीमिङ पूललगायत सुविधा छन् । सनसिटीको योजनाअन्तर्गत पहिलो चरणमा १७ तलाका पाँचओटा टावर निर्माण गरिएको छ । हरेक अपार्टमेण्टमा चौबीसै घण्टा विद्युत्, पानी, टेलिफोन, इण्टरनेट, केबल टेलिभिजन तथा सुरक्षाको प्रबन्ध मिलाइने कम्पनीले बताएको छ ।

फाइनान्स सुविधा
सनसिटी ग्लोबल टाउनमा अपार्टमेण्ट खरीद गर्न चाहने ग्राहकका लागि कम्पनीले फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । यसका लागि आइएमई ग्लोबल बैङ्कसँग सहकार्य गरिएको तुलाधरले बताइन् । अपार्टमेण्टको निर्धारित मूल्यमा ४० प्रतिशत रकम भने ग्राहकले शुरूमै बुझाउनुपर्ने हुन्छ । बाँकी रहेको ६० प्रतिशत रकम भने बैङ्कमार्फत किस्ताबन्दीमा तिर्न सक्ने सुविधा छ ।

पार्किङ सुविधा
सनराइज ग्लोबल सिटीमा पार्किङको पर्याप्त सुविधा छ । कम्पनीले पार्किङमा ग्राहकको सुविधाका लागि एकैपटक शुल्क बुझाउन सकिने बताएको छ । यस्तो सुविधाले ग्राहकहरू पटकपटक पार्किङ शुल्क बुझाउने झन्झटबाट मुक्त हुने कम्पनीको भनाइ छ । कम्पनीले कारका लागि स्टील्ट, बेसमेण्ट तथा खुलाक्षेत्र उपलब्ध गराएको छ । त्यस्तै दुईपाङ्ग्रे सवारीसाधनका लागि भने बेसमेण्ट र खुलाक्षेत्र छुट्ट्याएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s