लेनोभोको नयाँ ल्यापटप बजारमा

लेनोभोको नयाँ ल्यापटप बजारमा
वैशाख २६, काठमाडौं (अस)। लेनोभोको नयाँ मोडेलको ल्यापटप नेपाली बजारमा भर्खरै भित्रिएको छ । यस ल्यापटपमा थुप्रै नयाँ विशेषता भएको लेनोभो सर्भिस सेण्टरका म्यानेजर विजय मिश्रले बताए । ‘लेनोभो आइडिया प्याड ४६०’ नामको यो मोडलको बजारमूल्य भ्याटसहित रू. ६५ हजार रहेको छ । उच्चप्रविधियुक्त भएका कारण यो ल्यापटप विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुने पनि उनको अनुमान छ । २ दशमलव शून्य ४ केजी तौल भएको यो ल्यापटपमा डाटा हराएमा पुनः प्राप्त गर्नसक्ने डाटा रिकभरी सिष्टम पनि रहेको छ । १ वर्षको वारेण्टी भएको यो ल्यापटपको आकर्षक डिजाइनले पनि धेरैको मन जित्न सक्छ ।

यस ल्यापटपमा रहेको विशेष सुरक्षा प्रणालीका कारण ल्यापटपमा भएका सामग्रीहरूमा अन्य व्यक्तिको सहज पहुँच नहुने म्यानेजर मिश्रको दाबी छ । विशेष सुरक्षा प्रणाली अन्तर्गत ल्यापटपमा जडित क्यामेराले आँखाको रेटिना स्क्यान गरेर पासर्वर्डका रूपमा राख्ने हुनाले अरूले ल्यापटप खोल्न नसक्ने मिश्रले बताए । डीभीडी र सीडी दुवै रिड/राइट गर्न सक्ने सुविधा भएको यस ल्यापटपमा ५ सय जीबीको हार्ड ड्राइभ रहेको छ । कुनै ठाउँमा गएको समयमा ल्यापटप बिग्रिए त्यसमा रहेको ‘वन की रेस्क्यू सिष्टम’का माध्यमबाट ल्यापटपमा आएको प्राविधिक समस्या आफै समाधान गर्न सकिन्छ ।  यस्तो सुविधा अन्य ल्यापटपमा नरहेकाले पनि यो ल्यापटपप्रतिको आकर्षण बढी हुन सक्ने म्यानेजर मिश्रको भनाइ छ ।

स्मार्ट फयान नोइज कण्ट्रोल सिष्टम भएको हुनाले यो ल्यापटप जति लामो समयसम्म प्रयोग गरे पनि तात्दैन । उच्चस्तरीय ध्वनि प्रविधियुक्त भएका कारण आवाज स्पष्ट सुनिने हुनाले यो ल्यापटप सङ्गीतप्रेमीहरूको पनि छनोट बन्न सक्ने देखिन्छ । यो ल्यापटप अहिले बजारमा कालो, रातो र नीलो गरी तीन रङमा उपलब्ध छन् । यसमा रहेको ६ सेलको ब्याट्रीले तीन घण्टाभन्दा बढी ब्याकअप दिन्छ । लामो समयसम्म ल्यापटप प्रयोग गर्न चाहनेहरूले यसमा बढी ब्याकअपका लागि थप ब्याट्री राखेर पनि चलाउन सक्छन् । यो ल्यापटपमा थप ब्याट्रीबाट ९ घण्टासम्म पनि ब्याकअप बढाउन सकिन्छ ।

बजारमा आएका नयाँ ल्यापटपहरूको मूल्यको तुलनामा यो ल्यापटपमा उपलब्ध सुविधा उच्चस्तरका भएको म्यानेजर मिश्रको दाबी छ । यसमा रहेको हाई डेफिनेशन भिडियो एण्ड अडियो आउट पुट सिष्टमका कारण प्रोजेक्टरबाट देखाइने तस्वीरको गुणस्तर उच्च देखिने पनि विक्रेताले बताएको छ ।

गत फेब्रुअरीमा मात्र निर्माण भएको यो मोडेलको ल्यापटप नेपाली बजारमा ५ सयओटा ल्याइएको र त्यसमध्ये १ सय ५० ओटा विक्री भइसकेको सेण्टरका म्यानेजर मिश्रले बताए ।

Admin 2011-05-10

Source : http://www.abhiyan.com.np/article-suchana_prabidhi_27_baisakh#.UJiDbGe_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s