फर्नेक्स एक्स्पो–२०१२ : नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो–२०१२

September 27, 2012

आज बिहीवारदेखि नेपालमै पहिलोपटक फर्निचर तथा फर्निसिङ एक्स्पो–२०१२ शुरू हुँदैछ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पो पाँच दिनसम्म चल्नेछ । मेलाको आयोजना नेपाल फर्निचर तथा फर्निसिङ एशोसिएशनले गरेको हो । नेपालमा उत्पादित र विदेशबाट आयातित फर्निचर तथा फर्निसिङबारे जानकारी दिनु मेलाको प्रमुख उद्देश्य रहेको एशोसिएशनका अध्यक्ष कृष्णलाल प्रधानले बताए । ‘पछिल्ला वर्षमा यो क्षेत्रले आशातित विकास गर्न सकेको छैन,’ प्रधानले भने, ‘त्यसैले फर्निचर व्यवसायलाई विकास गर्नुपर्ने महसूस गरेर मेलाको आयोजना गरेका हौं ।’ नेपालमै पहिलोपटक आयोजना हुन लागेको यो प्रदर्शनीबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने आयोजकको विश्वास छ ।

एशोसिएशनका प्रथम उपाध्यक्ष तथा एक्स्पो संयोजक सुरेन्द्रकुमार शारडाका अनुसार प्रदर्शनीमा ७० भन्दा बढी स्टल रहनेछन् । स्वदेशी र आयातित दुवै प्रकारका फर्निचर र फर्निसिङ सामग्री स्टलमा रहने छन् । त्यसमध्ये पनि ४० ओटा ठूला कम्पनी र बाँकी साना कम्पनीका स्टल रहने संयोजक शारडाले जानकारी दिए ।

किचन तथा बाथरूम फर्निचर, आउटडोर फर्निचर, इण्टेरियर डिजाइनका सामग्री, कार्पेट, मार्बललगायत प्रदर्शनीको मुख्य आकर्षण रहने एशोसिएशनका महासचिव ईश्वर भुसालले बताए । नेपाल इण्टेरियर डिजाइन एशोसिएशनका अध्यक्ष सानुरत्न शिल्पाकार मेलाले लोप हुन लागेको स्वदेशी फर्निचर संस्कृति जोगाउनमा मद्दत गर्ने बताउँछन् । विदेशबाट आयात गरिएका ब्राण्डेड फर्निचर र फर्निसिङ सामग्रीको प्रवद्र्धनका लागि पनि यो मेलाले सहयोग गर्ने उनको भनाइ छ ।

मेला अवधिभरको मूल्याङ्कनका आधारमा तीन उत्कृष्ट स्टललाई पुरस्कार प्रदान गर्ने योजना पनि आयोजकको छ । ती तीन स्टलमा ‘न्यू प्रडक्ट स्टल’, ‘बेष्ट डेकोरेटेड स्टल’ र ‘बेष्ट क्राउडेड स्टल’ छन् । मेलामा उपभोक्ताका लागि फर्निचर तथा फर्निसिङ सामग्री छूटमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । मेला अवधिभर फर्निचरमा बजार मूल्यभन्दा १० देखि ४० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको महासचिव भुसालले बताए ।

कुल १ लाख ५० हजार मानिसले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क २५ रुपैयाँ तोकिएको छ । कुनै पनि संस्थाको भिजिटिङ कार्ड ल्याएको अवस्थामा भने प्रवेश निःशुल्क हुने आयोजकले जानकारी दिएको छ ।

Source : http://www.abhiyan.com.np/article-product_11ashoj2069_nepalfurniture

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s