प्लाष्टिक उत्पादनमा नेपाल आत्मनिर्भरतिर

November 3, 2012

कात्तिक १७, काठमाडौं । स्वदेशमै उत्पादन बढ्न थालेपछि प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीमा नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । प्लाष्टिकका ६५ उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको नेपाल प्लाष्टिक उत्पादक सङ्घको तथ्याङ्क छ । प्लाष्टिक उत्पादन गर्ने कम्पनीको सङ्ख्या बढ्दै जाँदा यस्ता उत्पादनमा नेपाल आत्मनिर्भर हुने क्रममा रहेको  सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए । ‘उत्पादन वृद्धिसँगै नेपाली प्लाष्टिकको स्थानीय बजारमा खपतसमेत बढेको छ,’ उनले भने । अहिले वार्षिक १५ प्रतिशतले स्वदेशी प्लाष्टिकको खपत बढ्दै गएको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।

नेपालीमा स्वदेशमै उत्पादित प्लाष्टिकका सामग्री प्रयोग गर्ने प्रचलन बढेकाले व्यवसायको आकार वृद्धि हुन थालेको एसके प्रालिका प्रबन्ध निर्देशक शरदकुमार टिवडेवालाको भनाइ छ । उनका अनुसार नेपालमा एक व्यक्तिले प्रतिवर्ष १ किलोग्रामका दरले प्लाष्टिकका उत्पादन प्रयोग गर्छन् ।

हाल नेपालमा वार्षिक १ लाख ५० हजार मेट्रिक टन प्लाष्टिक खपत हुने सङ्घको तथ्याङ्क छ । नेपालमा उत्पादन हुने प्लाष्टिकजन्य वस्तुहरूमा घरायसी सामग्रीका साथै पेट बोतल, सिरिञ्ज, डोरी, पाइप एण्ड फिटिङ्सलगायत छन् । त्यसमध्ये पाइप, कुर्सी, फर्निचर, प्याकिङका सामग्रीलगायतमा नेपाल आत्मनिर्भर रहेको टिवडेवाला बताउँछन् । ‘सबैखाले प्लाष्टिकका उत्पादनमा नेपाल चाँडै नै आत्मनिर्भर हुने देखिएको छ,’ उनले भने । प्लाष्टिकका सामग्री उत्पादनका लागि आवश्यक कच्चापदार्थ (दाना) साउदी अरब, संयुक्त अरब इमिरेट्स, भारत, कुवेतलगायतका देशबाट आयात हुँदै आएको छ ।

गत आर्थिक वर्षमा नेपालमा १ लाख ३५ हजार टन प्लाष्टिक दाना आयात भएको थियो । नेपाली प्लाष्टिक उत्पादकहरूले आकर्षक प्लाष्टिक सामग्री उत्पादन गर्दै जाँदा विदेशी बजारमा समेत माग हुन थालेको छ । हाल नेपालबाट वार्षिक करीब ५ अर्ब रुपैयाँ बराबरको प्लाष्टिकका उत्पादन निर्यात हुने सङ्घले जानकारी दिएको छ । नेपालबाट हाल भुटान, पाकिस्तान, भारत, अफ्रिका, यूरोपलगायतका मुलुकमा प्लाष्टिकका सामग्री निर्यात भइरहेको छ । उद्योगहरूले सरकारलाई आयात कर, राजस्व तथा मूल्य अभिवृद्धि कर गरी वार्षिक रू. २ अर्बभन्दा बढी राजस्व बुझाउँदै आएका छन् ।

Source : http://www.abhiyan.com.np/article-arthantar_18kartik2069_plastics#.UJiQcWe_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s