प्रमुख खाद्य पदार्थ बन्दै केरा : अध्ययन

November 1, 2012

कात्तिक १५, मोण्टेपेलियर (फ्रान्स) । पृथ्वीको तापमानमा भएको वृद्धि र मौसम परिवर्तनले केरा विश्वका करोडौं मानिसका लागि प्रमुख खाद्यस्रोत बन्न सक्ने हालै गरिएको एक अध्ययनले देखाएको छ । फ्रान्सको मोण्टेपेलियरमा मुख्यालय रहेको विश्वको एक प्रमुख कृषि अनुसन्धान संस्था ‘कन्सल्टेटिभ ग्रूप अन इण्टरनेशनल एग्रिकल्चरल रिसर्च’ (सीजीआईएआर)ले उक्त अध्ययन गरेको थियो । अध्ययनअनुसार थुप्रै विकासोन्मुख र गरीब देशहरूमा एक प्रमुख खाद्य पदार्थका रूपमा रहेको आलुलाई केराले प्रतिस्थापन गर्ने सम्भावना बढ्दै गएको छ ।

विश्वव्यापी मौसममा भइरहेको परिवर्तनले मकै, धान र गहुँजस्ता मुख्य खाद्यान्न पैदावार विकासोन्मुख देशहरूमा उल्लेख्य रूपमा घटिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसका साथै चिसो ठाउँमा बढी फल्ने आलु पैदावारसमेत तापमानको वृद्धिले कम भइरहेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् । यसले गर्दा गर्मी ठाउँमा बढी फल्ने केरा पैदावार बढिरहेको उनीहरूको भनाइ छ ।

‘मौसम परिवर्तनका कारण केराका केही निश्चित प्रजातिहरू अहिले आलु पैदावार बढी हुने उचाइका स्थानहरूमा समेत सफलतापूर्वक फलाउन सकिने सम्भावना देखिएको छ,’ अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ता टोलीमा सामेल डा. फिलिप थोर्नटनले बीबीसी न्यूजलाई केही ठाउँहरूमा आलुको सट्टा केरा राम्रो विकल्प बन्ने बताए । ‘तापमान बढेर आलु पैदावार घटिरहेको स्थानका कृषकलाई यो विकल्पतर्फ ध्यान दिन म आग्रह गर्छु,’ उनले भने । यसका साथै मौसम परिवर्तनको दबाब खप्न सक्ने तरुल विशेषगरी दक्षिण एशियाका लागि पौष्टिक खाद्य पदार्थको राम्रो विकल्प बन्न सक्ने पनि अनुसन्धानकर्ताहरूले इङ्गित गरेका छन् । यसका साथै कालो दाग भएको एक प्रकारको बोडी पनि बढी तापमान भएका ठाउँमा फलाउन सकिने उनीहरूले जानकारी दिएका छन् ।

प्रतिवेदनमा सीजीआईएआरले गहुँ अहिले विश्वभरिका मानिसका लागि प्रोटिन र क्यालोरीको स्रोत रहिरहेको उल्लेख गरेको छ । तर, विकासोन्मुख देशहरूमा कपास, मकै र भटमासजस्ता नगदे बालीतर्फ कृषकको ध्यान बढिरहेकाले गहुँको उत्पादन घटिरहेको पनि अनुसन्धानकर्ताहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व खाद्य सुरक्षाका लागि समितिले गरेको अनुरोधपछि सीजीआईएआरले मौसम परिवर्तनका कारण विश्वका २२ ओटा प्रमुख कृषि उत्पादनहरूको उत्पादकत्वमा परिरहेको असरबारे अध्ययन गरेको थियो । एजेन्सी

Source : http://www.abhiyan.com.np/article-international_16kartik2069_pramukh#.UJiN0We_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s