नेपालको विकासमा थुप्रै ‘ज’ र ‘अ’

September 7, 2012

नेपालको विकास कसरी गर्ने भनेर अहिले धेरैले धेरैथरि मोडेलको विकासे बहस गरिरहेका छन् । नेपालको विकास गर्न नेपालसँग के छ, के छैन र कसरी गर्ने भनेर बतासे चर्चा र चिन्तन पनि शुरु भएको छ । कोही भन्छन्, नेपालको विकास कृषिबाटै हुन्छ, कोही भन्छन्,  पर्यटन, कोही जलविद्युत्को बिगुल फुक्छन् भने कोही दूरसञ्चार  सात ‘ज’ अर्थात् जल, जमीन, जनशक्ति, जङ्गल, जनावर, जडीबुटी, जलवायुबाटै नेपालको विकास हुन्छ भनेर नथाक्नेहरु पनि थुप्रै छन् ।

अझ कतिपयले त आठ ‘ज’ र नौ ‘ज’का पनि कुरा गछर्न् । हुन पनि हो, जल हामीसँग प्रशस्तै छ । खोलामा छ जल अनि आकाशबाट पनि जल बर्सन्छ । मेलम्चीदेखि मेची,महाकाली सबै खोलामा जलैजल छ ।जमीनको त झन् कुरै नगरौं । त्यै जमीन प्लटिङ गरेरै त एकाधलाई छाडेर आज कतिपय मानिस फुटपाथपतिबाट करोड र अर्बपति भए । कतिपय बैङ्कका ठूला अधिकारीसमेत बैङ्कमा जागीर खाँदाखाँदै जमीन किनबेच धन्दामा लागेरै मालामाल भए । त्यसैले जमीनबाट विकास भइरहेको कुरा त छर्लङ्गै छँदैछ ।

जनशक्तिको त झन् कुरै नगरौं । यहाँ त जनशक्ति पार्टी देखि हरेक जुलुश,सभा, सम्मेलनसम्मका लागि चाहिनेमात्र नभई विदेश निर्यातलाई समेत पुग्ने जनशक्ति नेपालसँग छ । यसले नेपालीको उत्पादकत्व राम्रै रहेको तथ्य देखाउँछ ।

जङ्गल त कति हो कति । पञ्चायत र प्रजातन्त्रकालीन मन्त्रीहरुले जतिसुकै रुख काटेर बेचेका भए पनि अझै कति छ कति जङ्गल नेपालसँग जङ्गलबाटै देशमा थुप्रै  जङ्गली नेताहरु उत्पादन भएका छन् । जङ्गलबाटै निस्केका यसका ‘बाई प्रडक्ट’ अर्थात् सहायक उत्पादन जङ्गलीहरु पनि थुप्रै छन् जसले देशमा बेलाबेलामा विभिन्न बन्द र हडतालजस्ता नाटकहरु मञ्चन गरिदिएर देश विकासमा मद्दत पुर्‍याइरहेकै छन् । शायद त्यसैले होला, पहिले पहिले ‘हरियो वन, नेपालको धन’ भन्ने गरिएको ।

अर्को ‘ज’ अर्थात् जनावर नेपालमा यति धेरै थरि छन् कि अहिले यिनीहरुको वर्गीकरण गरेर साध्यै छैन । त्यसैले जसरी जङ्गलमा जनावरहरुले ‘जसको शक्ति उसको भक्ति’को आधारमा एकअर्कामा व्यवहार गर्ने गर्दछन् देशमा राजनीतिक दलहरु र तिनका नेताहरुको संरक्षणमा गुण्डाहरुले पनि त्यही जङ्गली जनावरको शैलीमा आम नागरिकलाई व्यवहार गर्ने गरेका छन् । यसलाई प्राकृतिक शैली भन्ने गरिएको छ । यिनीहरुको शैली सिकेर नेपाली राजनीतिक दलहरुले देशमा बेलाबेलामा फेशन परेड नै चलाउँछन् । त्यसैले जनावरबाट सिकेका जङ्गली शैलीका कारण पनि देशको विकास राम्रै हुँदै जानेमा विश्वास गर्न सकिन्छ ।

जहाँसम्म जडीबुटीको कुरा छ, त्यो त झन् प्रत्येक नेपालीलाई यसको महत्वको विषयमा युगौं देखि राम्रो ज्ञान छ । यसमा ‘जडी’ र ‘बुटी’ गरेर दुइटा शब्द छन् । चियामा तुलसीको पत्ता हाल्नु कतिपय रोगको ‘जडी’ ओखती हुन्छ भनेर सबैलाई थाहा छ । त्यस्तै, महिलाले ‘हल्दी’ हालेर ‘मेहदी’ लगाउने गरेका छन् । त्यतिमात्र नभई वर्षको २÷४ करोड रुपैयाँबराबरको जडीबुटीजन्य कच्चा पदार्थ भारत निकासी पनि हुने गरेको छ । ‘बुटी’को त झन् कुरै नगरौं ।

नेपालको विविधतापूर्ण जलवायुका विषयमा त थुप्रै किताब प्रकाशित भएका छन् । जलवायुका विषयमा अध्ययन गर्ने सरकारी संस्थाहरु पनि देशमा छन् । यदि कुनै एनजीओले खर्च बेहोरिदिने हो भने कुनै पनि दिन यिनीहरुले देशमा रहेको विविध जलवायुका कारण देशले कसरी विकास गर्न सक्छ भनेर एउटा सेमिनार पक्कै गर्ने नै छन् । नेपालको विकास गर्न सात ‘ज’मात्र नभई इलामका ६ ‘अ’ पनि छन् । तिनीहरु अलैचीं, अदुवा, अमिस्रो आलेन (दूध), अकबरे खुर्सानी र आलु हुन् ।

यी ६ ‘अ’ले इलामको मात्र नभई नेपालको विकासलाई धेरै अग्लो शिखरमा पुर्‍याइरहेकै छन् । यी ६ ‘अ’बाहेक अन्य थुप्रै ‘अ’पनि नेपालको विकासै गर्ने भनेर सगँ सँगै लागिरहेकै छन् भन्ने पनि हामीले बिर्सन मिल्दैन । ती हुन्– अन्याय, अत्याचार, अराजकता,अव्यवस्थापन, अतिराजनीति, अस्तव्यस्तता, असङ्गठन, असहिष्णुता, अमिल्दो, अडबाङ्गे, अमानवीय, अलोकतान्त्रिक, अलोकप्रिय, अवरोध आदि । यस्ता थुप्रै ‘अ’हरु देशको विकासमा निरन्तर लागिरहेकै छन,जसको अभ्यासमा देशका राजनीतिक दलदेखि नेपालका केही कोर्पोरेट हाउसहरुले पनि मद्दत गरिरहेकै छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s