तेलभन्दा आइफोन मूल्यवान्

मानिसको जीवनमा पेट्रोलियम पदार्थ र आइफोनमा कुन बढी महत्त्वपूर्ण वस्तुको होला ? हवाईजहाज उडाउनदेखि टुकी बाल्नमा समेत प्रयोग हुने तेल संसारकै सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । कसैको पनि सहज ज्ञानले तेल नै बढी महत्त्वको वस्तु भन्ने कुरामा विवाद नहोला । तर, अर्थशास्त्रको यथार्थ भने यस विषयमा बेग्लै देखिन्छ । नाफा र घाटाको अङ्कगणित हेरिने अर्थशास्त्रमा तेलजस्तो महत्त्वपूर्ण वस्तुलाई पनि पछि पारिने सम्भावना अहिले आएर पुष्टि भएको छ ।

आइफोन, आइपड, आइप्याड र म्याकबुकजस्ता लोकप्रिय उत्पादनको निर्माता अमेरिकी कम्पनी एप्पल इङ्क विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी घोषित भएपछि अर्थशास्त्रको यो नियमले आफ्नो उपादेयतालाई पुष्टि गर्न धेरै कसरत गर्नु परेन । यसअघि विश्वको पहिलो स्थानमा रहेको अमेरिकी तेल कम्पनी एक्सन मोबिललाई उछिनेर एप्पल पहिलो स्थानमा उक्लिएको हो । गत मङ्गलबार एप्पल इन्कको प्रतिशेयर मूल्यमा भएको वृद्धिले एक्सन मोबिललाई दोस्रो स्थानमा झारिदिएको हो । मङ्गलवारको कारोबारमा एप्पलको प्रतिशेयर मूल्यमा ५ दशमलव ९ प्रतिशतले वृद्धि भई ३ सय ७४ अमेरिकी डलर पुगेको थियो । एक्सनको भने २ दशमलव १ प्रतिशतले बढेर ३ सय ७१ डलर कायम भएको थियो । यससँगै एप्पलको बजार पूँजीकरण ३ सय ३७ अर्ब डलर पुगेको छ भने एक्सनको ३ सय ३१ अर्ब डलर ।

कुनै बेला बजारमा आफ्नो अस्तित्व देखाउन संघर्ष गर्नुपरेको एप्पल इन्क अहिले यो स्थानमा पुग्ला भनेर धेरैले सोचेका थिएनन् । तर, सन् २००१ मा पहिलो आइपड लञ्च भएपछि एप्पल इङ्कको दिन फेरिन धेरै समय लागेन । आइपडले मानिसको सङ्गीत सुन्ने चाहनामा क्रान्तिकारी परिवर्तन ल्याइदियो । जहाँ पनि खल्तीमा बोकेर हिँड्न सकिने त्यो सानो चामत्कारिक वस्तु बजारमा आएपछि एप्पलले एकपछि अर्को चमत्कारपूर्ण उत्पादन गरिहरेको छ । त्यसपछिका दिनमा एप्पलले पछाडि फर्किएर हेर्नुपरेको छैन । सन् २००७ जनवरी ९ मा बजारमा आएको पहिलो आइफोन र सङ्गीत पोर्टेवल म्युजिक प्लेयरको सङ्गमको अनुपम उदाहरण थियो । स्टिभ जब्सको चामत्कारिक नेतृत्वले गर्दा एप्पलले प्रविधिबजारमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको छ । जब्सले कसैले कल्पना नै नगरेका ‘ग्याजेट’हरू मानिसका हातमा पुर्याइरहेका छन् । पहिलोपटक देख्दा नै जो कसैलाई मोहनी लगाउने एप्पलका उत्पादनको प्रविधि पनि धेरै नै उन्नत रहेको छ । त्यही भएर होला एप्पलको मुख्य प्रतिस्पर्धीका रूपमा आएको सामसुङले भयङ्कर प्रयत्न गर्दा पनि एप्पललाई उछिन्न नसकेको ।

तर, के त्यसो भन्दैमा मानिसलाई तेलभन्दा आइफोन वा एप्पलका अन्य उत्पादन बढी महत्त्वपूर्ण बन्न गएका हुन् त ? यो प्रश्नको उत्तर खोज्न मानिसको आवश्यकता र चाहनाबीचको फरक बुझ्नुपर्दछ । बजार विश्लेषक ब्रायन मासलका अनुसार एक्सन मोबिलले मानिसको आवश्यकताको वस्तु विक्री गरिरहेको छ भने एप्पल इन्कचाहिँ सबैको चाहनाको । सन् २००८ मा तेल विक्रीको कीर्तिमान कायम गरेको एक्सनको आम्दानी वृद्धिका क्षेत्रहरू सीमित रहेका छन् । घटबढ भइरहने तेलको अन्तरराष्ट्रिय बजार मूल्यले गर्दा कम्पनीलाई सधैं नाफा नै हुन्छ भन्ने पक्का छैन । तर, निकट भविष्यमा कुनै प्रतिस्पर्धी कम्पनीले उच्च प्रविधि र सुन्दर डिजाइनयुक्त ‘ग्याजेट’ नल्याएसम्म एप्पल एक नम्बरको गद्दीमा विराजमान भइरहनेछ ।

Source : http://www.abhiyan.com.np/article-suchana_prabidhi_28_shrawan#.UJiBu2e_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s