छैटौं गोदावरी प्रदर्शनी शुक्रवारदेखि

November 1, 2012

कात्तिक १५, काठमाडौं (अस) । कृषि व्यवसाय प्रवद्र्धन कार्यालय तथा फ्लोरिकल्चर एशोसिएशनको संयुक्त आयोजनामा आगामी शुक्रवारदखि गोदावरी फूलको छैटौं प्रतियोगितात्मक प्रदर्शनी तथा मेला शुरू हुँदै छ । तीन दिनसम्म चल्ने सो प्रदर्शनीको उद्देश्य पुष्प व्यवसाय प्रवद्र्धन गर्नुका साथै व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गर्नुरहेको आयोजकाको भनाइ छ ।

प्रदर्शनीमा गोदावरी फूलका चार प्रजातिबीच प्रतिस्पर्धा हुने बताइएको छ । प्रतिस्पर्धामा विजयी हुने नर्सरीलाई पुरस्कारको व्यवस्था गरिएको एशोसिएशनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए । गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्नका लागि तिहारको अवसर पारेर प्रदर्शनी आयोजना गर्न लागिएको उनले बताए । प्रदर्शनीको मूल नारा ‘गोदावरी फूलको बहार, आय आर्जनको आधार’ रहेको छ ।

मेलामा २३ ओटा व्यावसायिक तथा सूचनामूलक र सातओटा गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल रहनेछन् । त्यसैगरी, गोदावरी फूलका विभिन्न प्रजातिका साथै अन्य मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउ–बिजन, उपकरण, प्याकेजिङका सामग्री र विषादीसमेत प्रदर्शनीमा राखिने बताइएको छ ।

पुष्प व्यवसाय क्षेत्रका नयाँ प्रविधिबारे समेत मेलामा जानकारी पाउन सकिने आयोजकले जानकारी दिएको छ ।

Source : http://www.abhiyan.com.np/article-bazar_16kartik2069_chaitau#.UJiGDme_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s