गोदावरी फूल प्रदर्शनीमा १९ लाखको व्यवसाय

November 5, 2012

कात्तिक १९, ललितपुर (अस) । ललितपुरको जावलाखेल फूटबल मैदानमा सञ्चालित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०६९ मा रू. १९ लाखबराबरको व्यापार भएको छ । मेलामा प्रतिदिन रू. ५ हजार ५ सयदेखि १ लाखसम्मको फूल–बिरुवा विक्री भएको आयोजकले बताएका छन् । मेला करीब २१ हजार दर्शकले अवलोकन गरेका थिए । गत शुक्रवार शुरू भएको प्रदर्शनी आइतवार सम्पन्न भएको हो ।

प्रदर्शनीमा काठमाडौं उपत्यकाभित्रका विभिन्न नर्सरीहरूको सहभागिता थियो । प्रदर्शनीमा प्रतियोगितातर्फ आठ, विक्रीवितरणतर्फ २० तथा सूचनामूलक प्रदर्शनीतर्फ तीनओटा स्टल रहेका थिए ।

तिहारमा घर सजाउन चाहने फूल पारखीहरूका लागि मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पुर्‍याएको आयोजकले दाबी गरेको छ । गतवर्ष सम्पन्न गोदावरी प्रदर्शनीमा पनि करीब १५ हजार दर्शकले अवलोकन गरेका थिए भने करीब रू. १४ लाख ५० हजारबराबरको व्यापार भएको थियो ।

Source : http://www.abhiyan.com.np/article-bazar_20akrtik2069_godaawari#.UJiFeGe_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s