कृषि तथा खाद्य सुरक्षामा सवा ५ अर्बको परियोजना

September 11, 2012
भदौ २५, काठमाडौं । नेपालमा कृषि तथा खाद्य सुरक्षाका लागि सवा ५ अर्ब रुपैयाँको परियोजना सञ्चालन हुने भएको छ । सो परियोजना सञ्चालनका लागि नेपालले विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट करीब साढे ४ अर्ब रुपैयाँ (४ करोड ६६ लाख अमेरिकी डलर) पाएको छ । बाँकी रकम नेपाल सरकारले म्याचिङ फण्डका रूपमा योगदान गर्नेछ ।

विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमले आह्वान गरेको प्रस्तावमा नेपालको प्रस्ताव छनोट भएपछि यो रकम प्राप्त भएको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । २ वर्षअघि नै खाद्य सुरक्षा वृद्धिका लागि कार्यक्रम सञ्चालन प्रस्ताव आह्वान गरे पनि रकम भने गतवर्षमात्रै विनियोजन गरेको थियो । २६ मुलुकबाट प्राप्त प्रस्तावबाट १२ मुलुकका प्रस्ताव छनोट भएको कार्यक्रमले जानकारी दिएको छ ।

सो परियोजना मध्य तथा सुदूरपश्चिमका जिल्लाहरूमा लागू गरिने मन्त्रालयका वैदेशिक समन्वय शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘खाद्य असुरक्षा भएका १९ जिल्लामा यो परियोजना लागू हुनेछ ।’ मन्त्रालयका अनुसार खाद्य सुरक्षाको दृष्टिले अति जोखिममा परेका बझाङ, बाजुरा र जाजरकोटका साथै कर्णाली अञ्चलका पाँच गरी आठ जिल्लालाई परियोजनाको विशेष क्षेत्रका रूपमा लिइएको छ ।

खाद्य सुरक्षाका लागि बाली र पशुपक्षीको क्षेत्रमा पनि नयाँ परियोजनाले काम गर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का योजना तथा समन्वय महाशाखा निर्देशक डा. हीराकाजी मानन्धरले जानकारी दिए । क्षेत्र सुहाउँदो प्रविधि विकास र विस्तारद्वारा धान, मकै, गहुँलगायतका खाद्यान्न बालीको उत्पादकत्व वृद्धि गरी खाद्य असुरक्षा हटाउने परियोजनाको लक्ष्य रहेको छ ।

त्यसैगरी परियोजनाले बाख्रा र कुखुराजस्ता पशुपक्षीपालनमा समेत सहयोग गर्ने उनले बताए । पाँचवर्षे अवधिको सो परियोजनाको सुपरिवेक्षण विश्व बैङ्कले गर्नेछ । नेपाल जीवनस्तर सर्वेक्षण २०१० ले सुदूर र मध्यपश्चिमलाई सबैभन्दा धेरै कुपोषण र गरीबी भएको क्षेत्रका रूपमा उल्लेख गरेको छ ।

अहिले परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको र सम्झौता हस्ताक्षरका लागि तयारी भइरहेको डा. मानन्धरले जानकारी दिए । उनका अनुसार सन् २०१३ जनवरीदेखि परियोजना लागू गर्ने गरी तयारी भइरहेको छ । परियोजनाबाट १ लाख ५० हजार कृषक, ५० हजार महिला र २५ हजार कृषि श्रमिक लाभान्वित हुने बताइएको छ । नेपालसहित खाद्य असुरक्षा भोगिरहेको १८ देशमा सक्रिय रहेको यो कार्यक्रमले नेपालमा खाद्यान्नको उपलब्धता, पहुँच र उपयोगिताका लागि काम गर्दै आएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s