कृषिमा नयाँ प्रविधि

November 4, 2012

नेपाली कृषि क्षेत्रमा नितान्त नयाँ प्रविधि भित्रिएको खबरले आम नेपाली किसानलाई पक्कै पनि खुशी तुल्याएको हुनुपर्छ । अक्वा–पोनिक्स (पानीमा खेती गर्ने) प्रविधि पढ्दा साँच्चै आनन्द आयो । तर, यो प्रविधिबाट खेती गराउन सरकारले कहिलेसम्म आम किसानलाई प्रेरित गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

१२ आना जमीनबाट मासिक १ लाखसम्म आम्दानी हुन सक्ने यो प्रविधिको खेती आमकिसानले गर्न पाउने हो भने निश्चय पनि नेपाली किसानको आर्थिक स्थितिमा सुधार हुने थियो । तर, यो प्रविधिको खेती प्रणाली शुरू गर्न निक्कै खर्चिलो रहेछ । त्यसैले सामान्य किसानले यस्तो खेती गर्न सक्छन् भन्नेमा विश्वास गर्न सकिँदैन । सरकारले नै मद्दत गर्ने हो भने कुरा बेग्लै हो । नभए १२ आनाको कृषि फर्म निर्माण गर्न ७ लाख रुपैयाँ खर्च गर्न सक्ने हैसियत भएका साना किसान नेपालमा शायदै होलान् । यद्यपि यो खेती अन्यको तुलनामा अत्यन्तै फाइदाजनक हुने रहेछ भन्ने समाचारबाट थाहा पाइयो । यसलाई साधारण किसानसम्म कसरी पु¥याउने सरकारले यसतर्फ सोच्नुपर्‍यो ।

विश्वका अन्य मुलुकहरूले कृषिमा नयाँनयाँ प्रविधिको प्रयोग गरेर अधिक उत्पादन लिइरहेका छन् । तर, नेपालमा भने किसानहरू परम्परागत खेती प्रणालीमै अलमलिइरहेका छन् । कृषि अनुसन्धान परिषद्ले के अनुसन्धान गर्छ त्यो कुरा किसानसम्म पुग्न सकेको छैन । आजसम्म कृषिमा जेजति कार्यहरू भएका छन्, ती सबै सरकारको कारणले नभई किसान आफैको बलबुताबाट भएको देखिएको छ ।

कृष्णप्रसाद सेढाईं
खरेलथोक–२, काभ्रे

Source : http://www.abhiyan.com.np/article-pathakpatra_19kartik2069#.UJiPT2e_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s