बुढेसकालमा सन्तानको अपमान

November 02nd, 2012

यमुना अर्याल (काफ्ले)
‘छोरानाति कचकच गर्छन्, बुहारीले आँखा तर्छन् , बुढेसकालैमा।’
‘न सकिन्छ गरिखान, न सकिन्छ मरिजान, बुढेसकालैमा।’
गायक बुद्धिसागर बस्यालले गाएको यही गीतिभावसँग खासगरी शहरी भेगका वृद्धवृद्धाको वास्तविकता धेरै हदसम्म मेल खाएको देखिन्छ। कोही आफन्त नभएर वृद्धाश्रममा पुग्नु वा सडकपेटीमा भेटिनु अलग कुरा हो तर काठमाडौंमै घर भएका, हुनेखाने परिवारका छोरा–बुहारीले समेत आफ्ना वृद्ध आमाबुबालाई बुढेसकालमा स्याहारसुसार गर्नुको साटो घाँडो ठान्ने प्रचलन पछिल्लो समयमा निकै बढ्दै गइहरेको छ। केही समयअघि सुन्धारामा फोहोरको थुप्रोमा भेटिएकी एक वृद्ध महिलाको कारुणिकताबाट पनि अड्कल गर्न सकिन्थ्यो, शहरमा आमाबाबु बूढाबूढी भएपछि या त कुनै वृद्धाश्रमको शरणमा पुग्छन् या त सडकछाप हुन्छन्। गतसालको कुरा हो, काठमार्डांमै घर भएका हुनेखाने परिवारकै एक छोराले आफ्नी आमालाई डोकोमा बोकेर पशुपति मन्दिरको नजिकै बाग्मती नदी किनारमा फालिदिएका थिए। यस्ता बग्रेल्ती उदाहरण छन्, जसमा प्रत्यक्ष वा परोक्षरूपमा सन्तान त्यसमा पनि विशेषत- छोराकै हात रहेको भेटिन्छ। तैपनि समाजले सधैँभरि छोराको जयजयकार गाएर थाक्दैन।

शहरकै हुनेखाने परिवारका एक छोराले सडकछाप बनाएकी एक वृद्धा आमा केही महिनाअघि वीर हस्पिटलछेउमा सानो स्टिलको कचौरामा भिख मागिरहेको अवस्थामा भेटिएकी थिइन्। नाम सोध्दा टाउको मात्रै हल्लाउने उनले शुरुमा केही पनि बोल्नसमेत मानिनन्। बिस्तारै आग्रह गरेपछि उनी बोल्न राजी भइन्, ‘नाम थाहा भएन, सानोमा बाले बाटुली भन्थे।’ बस् यत्ति हो उनको परिचय। शरीर हेर्दा पानीको मुख नदेखेको वर्षौं बितेजस्तो लाग्थ्यो, खुट्टा हेर्दा जुत्ता–चप्पल भन्ने पनि थाहा छैन कि जस्तै देखिन्थिन्। कुनै दयालु पैदल यात्रुले दुई–चार रुपियाँ दिन्थे भने कोही बदमासले त्यही बल्लबल्ल जम्मा भएको दुई–चार पैसा पनि लुटिदिन्थे। एकदिन उनीसँगै केही जान्ने इच्छा लाग्यो, उनलाई कचौरामा थोरै भए पनि पैसा चढाइदिएँ। यति धेरै आशीर्वाद दिइन् सायद आमाबुबाले पनि एकै पटक त्यति धेरै नदिनुभएको हुनसक्छ। उनलाई केही कुरा सोध्ने इच्छा थियो। सोही अनुरूप अगाडि बढ्न के लागेकी थिएँ, उनी धरधरी रोइन् मात्रै, केही बोलिनन्। उनको छोरा कुनै प्रतिष्ठित संस्थामा जागिरे थिए रे। उनले थाहा पाउँदा अहिले केही थाहा छैन। बुहारी पनि काठमाडौंकै हुनेखानेकी छोरी हुन्। उनका छोरी छैनन्, यति वर्ष भन्ने ठ्याक्कै थाहा नभए पनि एकबीस भयो होला उनको श्रीमान्ले उनलाई सदाको लागि त्यागेको। कलेजोमा क्यान्सर भएका कारण उनका श्रीमान् बितेका रे। भनिन्– ‘श्रीमान् नभएपछिका दिन निकै विरक्तलाग्दा थिए, तैपनि छोरालाई दु

Source : http://www.newsofnepal.com/non/newsdetail.php?id=68240

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s