किताबमा नेपाल

विदेशमा रहेका पछिल्लो पुस्ताका नेपाली र नेपालबारे जान्न चाहने विदेशीका लागि भनिएको किताब शिक्षक, विद्यार्थीलगायत नेपालबारे ज्ञान बढाउन चाहने सबैका लागि उपयोगी देखिन्छ ।

सूचना विभागले नेपाल परिचय पुस्तक प्रकाशन गरेको छ। राष्ट्रगानबाट शुरू भएर बैतडीको राणाशयनी भगवतीमा टुङ्गिएको नेपाल परिचय का धेरै पृष्ठ नेपालको ऐतिहासिक विकासक्रम, राजनीतिक–संवैधानिक विकास, सामाजिक जीवन र आर्थिक व्यवस्थाले लिएका छन्।

११ भाग, ६० शीर्षक र ६८ उपशीर्षकमा नेपाललाई साङ्गोपाङ्ग समेटेको किताबले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका नेपालका प्रकृतिप्रदत्त आकर्षण तथा नेपाली आफैंले बनाएका साझा संस्कृति, कला कौशल, साहित्य, जीवनशैली, अन्तर्राष्ट्रिय सम्बन्ध आदिको लेखाइमा छोटो र अनुभूतिमा लामो चिनारी गराउँछ। यस अर्थमा, यो एउटा किताब मात्र नभएर हामी सबैको परिचय र पूँजी पनि हो भन्ने विभागका महानिर्देशक लक्ष्मीविलाश कोइरालाको प्रकाशकीय टिप्पणी सटिक लाग्छ। यद्यपि, सरकारी निकायको काम भएर हुनसक्छ, यसमा नहुनुपर्ने धेरै कमजोरी छन् र त्यसलाई भूमिकाले नै सकारेको छ। साधन स्रोत सम्पन्न संस्थाले एक दशकको तयारीपछि निकालेको किताबको भूमिकामा भनिएको छ, “पुस्तकलाई बढीभन्दा बढी समावेशी तुल्याउने हाम्रो प्रयास सबै क्षेत्रका पर्याप्त सूचनाको उपलब्धता, आधिकारिकता एवं अद्यावधिकताको सीमितताले पूर्ण हुननसकेकोमा हामी नै पूर्ण सन्तुष्ट छैनौं।”

नभन्दै, पुस्तकको सुरुआतमै व्याकुल माइला रचित तथा अम्बर गुरुङद्वारा संगीतबद्ध राष्ट्र गानलाई भँगेरे टाउके अक्षरमा ‘राष्ट्रिय गान’ भनिएको छ। छापाखाना पठाउनुअघि गरिनुपर्ने सम्पादन र शुद्धाशुद्धि जस्ता काममा धेरै लापरबाही भएको देखिन्छ। वि.सं. १९९५ साउनमा नेपालमै छापिएको पहिलो पत्रिका ‘सुधा सागर’ लाई दुई ठाउँमा ‘सुधार सागर’ भनिएको छ। ‘मात्र’ हुनुपर्नेमा ‘कात्र’ जस्ता गल्ती छन्। नागराजले खस साम्राज्य स्थापना गरेको मिति एक ठाउँमा वि.सं. १०४० र अर्को ठाउँमा ई.सं. ११५० छ। २०५८ सालको जनगणना अनुसार, नेपालमा राई २.७९ प्रतिशत र लिम्बू १.५८ प्रतिशत छन्; तर किताबमा किरात भाषीको संख्या १.६३ प्रतिशत लेखिएको छ। यस्ता तथ्यहरूले जिज्ञासा शान्त पार्ने भन्दा अन्योल सिर्जना गर्छन्।

सूचना विभागको नेपाल परिचय पढ्दा अरू ६ महीना हतार नगरेर जनगणना २०६८ को पूर्ण प्रतिवेदन कुरेको भए हुनेथियो भन्ने लाग्छ। किनभने यसमा इतिहास र भूगोलका अपरिवर्तनीय तथ्य बाहेक नेपालको कुल जनसंख्या मात्र पछिल्लो जनगणनाको परेको छ, बाँकी जम्मै तथ्याङ्क २०५८ सालको गणनामा आधारित छन्। अर्थात् किताबमा परेका नेपालीहरूको शैक्षिक, आर्थिकदेखि धार्मिक र बसोबाससम्मको अवस्थिति पुरानो भयो। यसबाहेक यो नेपाल परिचय ले नेपालको राजनीतिक–संवैधानिक विकासक्रममा दलहरू र न्यायिक प्रणालीलाई ठाउँ दिएको छैन। नेपालका लोकप्रिय साहित्यकार र तिनका कृतिको सूची बनाउँदा पनि मापदण्ड नअपनाइएको प्रष्टै अनुभव हुन्छ।

यस्ता कमि–कमजोरी हुँदाहुँदै निःशुल्क वितरणको उद्देश्य साथ सार्वजनिक भएको यो किताब संग्रहणीय छ र प्रकाशक संस्थाको काम सराहनीय।

आनन्द पी राई

सोमबार , २९ असोज २०६९

Source : http://www.himalkhabar.com/?p=9094

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s