कस्तो मनाइयो दशैं ?

October 31st, 2012

सरिता अर्याल
तारा बराल मामाले अमेरिकाबाट कहाँ छ मेरो दशैं भन्दै फेसबुकमा लेख्नुभएको थियो। उहाँले बाहिरी आवरणमा मात्र विदेशमा दशैंमा खुशी भएको अनुभव बताउँदै, बाल्यकालको दशैं जहाँ एक महिनाअगाडिदेखि आमा, भाउजू दशैंको तयारीमा जुटेको, ढिकीमा चम्पा धानको चिउरा कुटेको, चुना र कमेरोले घर सिँगारिएको, घरमै केराका घरीका घरी पकाएको, टाट्नामा कालो र रातो घोर्ले खसी बाँधिएको, रविलाल रसाइलीले घरमै दशैंको लुगा सिलाएको, लि·ेपिङ खेलेको सम्झनाहरू लेख्नुभएको थियो। उहाँको सम्झनासँगसँगै म पनि पुगें आफ्नो बाल्यकालको दशैं सम्झन। दशैंको पहिलो दिन घटस्थापनादेखि नै बिहान चार बजेदेखि उठेर साथीहरूसित देवी मन्दिरहरू घुम्न गइन्थ्यो। घरछेउको चउरमा हालेको लि·ेपिङमा केटाकेटीको त बास नै हुन्थ्यो। देवीघरमा पारिजातको फूलले ढकी भरेर पूजाको सामान लैजान आमा–काकीहरूले फूल टिप्न पर–परसम्म पठाएको सम्झना। बाजागाजा बजाउँदै हजुरबुबा, बुबा, काकाहरूले फूलपाती देवीघर भित्र्याएको याद। कालरात्रि गरेर बोकाको मासु बुबाले घर भित्र्याएपछि मात्र घरमा खसी काटिन्थ्यो। घरका ठूला मान्छे खसी काट्नमा व्यस्त हुन्थे भने हामी केटाकेटी कान पोल्न कुन बेला दिनुहोला भनेर ढुकेर बस्थ्यौं। कान पोलेर खान लालायित हुने केटाकेटी केही घन्टापछि नै आमाले पकाएको कवाफ पनि खान मन नलाग्ने भैसकेका हुन्थ्यांै। नवमीको दिन बिहानभरि नवदुर्गा पुज्ने भनेर गाउँभरि डुलेर नवदुर्गा बन्दै शौभाग्य लुगा र दक्षिणा बटुल्नमा नै व्यस्त रहिन्थ्यो।

टीकाको दिनभरि परिवार नै सबै गाउँभरिका दाजुभाइको घरमा डुली–डुली टीका र दक्षिणा थापिन्थ्यो। टीकाको साथसाथै कसको घरमा के स्पेसल खान पाइन्छ भन्दै गाउँभरि डुलिन्थ्यो। दशैंमा दही–चिउरा, केरा, मासु, सेलबाहेक कसको घरमा के नयाँ छ भन्ने हल्ला मच्चाउने काम हामी केटाकेटीको हुन्थ्यो। मदेशको गर्मीमा फ्रिज नभएको बेलामा पनि असोज–कात्तिक महिनाको दशैंमा पनि देवीको प्रसादको रूपमा मालदह आँप खान पाउँथ्यौं भने कतै वनारसको पेडा। यस्तै–यस्तै अनौठो–अनौठो खाना खाँदै टीका थापेर आशीर्वाद लिँदै बिहान साइत गरेर शुरु गेरेको टीका थाप्ने काम राति दश बजेसम्म पनि चलिरहेको हुन्थ्यो। मान्यजनबाट टीका थाप्दा एक जनाको भागमा टीका र आशिषले नै पाँच–दश मिनेटभन्दा बढी नै लिएको हुन्थ्यो। घरको टीका सकिएपछि दास्रो दिनदेखि मामाघर र अरु नातेदारहरूको घरमा टीका थाप्न भनेर गइन्थ्यो। दुर्गा भवानीका कृपाले भनेर शुरु गरिएको आशिषले धेरै नै लामो समय लिन्थ्यो। कोजाग्रत पूर्णिमाको दिन घरका बुज्रुकले जमरा सेलाएर दशंै विसर्जन गर्नुहुन्थ्यो।

यसपल्टको दशैंलाई ज्यादै विचार गरेर नजिकबाट हेर्न मन लाग्यो। अहिले आएर दशैंले अर्कै रूप लिइसकेको रहेछ। काठमाडौं जहाँ शक्तिपीठहरूको कमी छैन तर मन्दिर घुम्ने चाहना पहिलेको जस्तो छैन। पूजाकोठामा एक टपरी जमरा राखेर दशंैको शुरुआत गरिएको छ। न त फूलपाती भित्र्याइयो, न त कालरात्रि नै गरियो। बगडेकोमा गएर मासु किनेर ल्याइयो। न त केटाकेटीले कान पोलेर खाए, न त खसीको मासु नै खान रुचाए। दशैंको लुगा किन्न भनेर दिएको पैसाले छोरालाई लुगा किन्नुभन्दा इलेक्ट्रोनिक गितारले लोभ्यायो। नवमीको दिन नवदुर्गाको रूपमा टीका लगाउँदै आएकी छोरी, टीका लगाउन घरमा छोरी छैन। छोरी डाक्टर उसको अस्पतालमा डिउटी छ। छिमेकमा काम गर्नेको छोरीलाई बोलाएर टीका लगाएर नवदुर्गा कन्याको रूपमा पूजा गरेको हो कि जस्तो गरियो।

टीकाको दिन घरको टीकाबाहेक दाजुभाइको घरमा गएर टीका र आशीर्वाद थाप्न परिवारका सदस्यहरू राजी हँुदैनन्। उनीहरूको मनमा बूढापाकाको हातको टीका र जमरा थापेर आशिष लिनुपर्छ भन्ने चाहना नै भर्न सकिएनछ। बूढापाकाको आशीर्वादको जरुरत छैन, आफूले मेहनत गर्‍यो भने जत्ति पनि उन्नति गर्न सकिन्छ, केटाकेटीको तर्क बेग्लै छ। दुलही भएर भित्रिएको वर्षदेखि लगाउँदै आएको टीका थाप्न श्रीमान्लाई लिएर जेठाजु–ससुराहरूको घरतिर त गइयो तर कमै घरमा मात्र पहिलेको जस्तो उत्साह–उल्लास देखियो। दिनभरि घुमी–घुमी टीका थाप्न कता–कता घुम्ने, बरु एकै ठाउँमा सबैको टीका गरेर खानलाई क्याटरिङको व्यवस्था गर्ने कुरा पो हुन थालेको छ। असोजको दशैंमा खान पाइने माल्दह आँपले र वनारसको पेडाले क्याटरिङको चिकेनचिल्लीको रूप लिँदै छ। क्याटरिङको जिम्मामा गरिएको टीकाको कार्यक्रमले दशैंको महत्त्वलाई जीवन्त राख्न सक्ला त ? आशीर्वादले पनि आधुनिक रूप लिएको छ। प्रत्येक घरमा केटाकेटीलाई दिएको आशीर्वादमा इन्टरनेटमै न झुन्डिनु भन्ने सुनियो।

आफू साना हुँदाका आशीर्वाद र अहिलेको आशीर्वादमा आकाश–जमिनको फरक। बूढापाकाहरूमा पनि टीका लगाइदिनु बाध्यता भएको जस्तो। जयन्ती मंगलाकाली र आयुद्रोणसुते त कमै घरमा पढिन्थ्यो। घर–माइत गरेर मान्यवरहरूको हातको टीका थाप्न दुई–तीन दिन घुमियो। दशैं सकियो। आज आएर म तारा मामालाई सम्झिँदै बसेको छु। विदेशमा बरु दशंै छ। त्यहाँ प्रत्येक सानो–ठूलोको हातको टीका थाप्न लालायित भएकै पाइन्थ्यो। यहाँ आफन्तसित टीका लगाउन झर्को मान्ने नेपाली भएका देखिन्छन् भने उता नेपाली त के विदेशी पनि नेपालीको हातको टीका लगाउन र आशीर्वाद लिन आएको पाइन्छ। न्युयोर्कमा देवीघर थापेको देखिएको थियो भने जहाँ–जहाँ नेपाली छन् ती स्टेटहरूमा धूमधामसित दशंै मनाएका समाचारहरू पनि सुनिएकै हो। पूर्व–ताप्लेजुङकी रत्ना हुन् या बर्दियाकी पारु या इन्डिया पञ्जाबकी पायल सबै जना लाम लागेर संखुवासभाका कलाधर न्यौपाने दम्पतीको हातको टीका थापेको सम्झना अहिले आइरहेछ। मामा अहिले आएर नेपालभित्रको दशंैभन्दा त विदेशको दशैं पो दशंै भन्ने अवस्था पनि आइसकेको अनुभव गरियो। हाम्रो प्रमुख चाड दशैं हो भनेर पनि हाम्रा भावी सन्ततीहरूले बिर्सने पो हुन् कि भन्नेजस्तो दशैंको अनुभव गर्दै २०६९ सालको दशैंलाई बिदा गरियो।

Source : http://www.newsofnepal.com/non/newsdetail.php?id=68206

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s