अमेरिकी राष्ट्रपतिका प्रत्यासी अन्तिम चुनावी अभियानमा

एजेन्सी
न्युयोर्क, १८ कात्तिक
अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार बाराक ओबामा र मिट रोम्नीले आफ्नो अन्तिम चुनावी अभियान निणर्ायक मानिएका राज्यमा केन्दि्रत गरेका छन् ।


राष्ट्रपति ओबामाले शनिबार आफ्नो चुनावी अभियान ओहियो, बिस्कन्सिन, लोआ तथा भर्जिनियामा गर्ने तय गरेका छन् भने रोम्नीले न्यु हेम्फसिर लोआ र कोलोराडोमा गर्ने निर्णय गरेका छन् । दुवै उम्मेदवारले केही घण्टाको अन्तरालमा लोआ टाउन अफ डुबुकको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । 
चुनावको प्रारम्भिक नतिजाले निणर्ायक मानिएका राज्यमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ, तर सर्वेक्षणले भने ती राज्यमा रोम्नीभन्दा ओबामा केही मतान्तरले मात्र अघि रहेको देखाएको छ ।
ओबामाले समुद्री आँधीप्रभावित क्षेत्रमा गरेको भ्रमण तथा राहत वितरण कार्यमा देखाएको तदारुकताका कारण ओबामाको पल्ला भारी भएको देखिएको बिबिसीले जनाएको छ । उनलाई न्युयोर्कका स्वतन्त्र मेयर माइकल ब्लुमबर्गले पनि समर्थन गरेका छन् ।
आगामी मंगलबार हुने राष्ट्रपतिको चुनाव जित्नका लागि रिपब्लिकन उम्मेदवार मिट रोम्नीले कडा प्रतिस्पर्धा भएका नौवटा राज्यमा विजय हासिल गर्नुपर्ने चुनौती छ । तर, ती राज्यमा ओबामाको पनि स्पष्ट बहुमत आउने संकेत भने देखिएको छैन ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन इलेक्ट्रोरल कलेजका आधारमा हुने भएकाले विभिन्न राज्यलाई जनसंख्याका आधारमा सीमित सिट प्रदान गरिएको छ । राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले कुल पाँच सय ३८ इलेक्ट्रोरल मतमध्ये दुई सय ७० मत
प्राप्त गर्नुपर्नेछ ।
१८ इलेक्ट्रोरल कलेज मत भएको ओहियो राज्यमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । ओबामाले शनिबारको अभियान यहीँबाट सुरु गर्नेछन् । सोही क्षेत्रमा रोम्नीले शुक्रबार १८ हजार समर्थकको र्‍याली निकालेका थिए । रोम्नीलाई सो र्‍यालीमा पहिलेका रिपब्लिकन प्रतिस्पर्धी रिक स्यान्टोरम र रिक पेरी तथा सन् २००८ को चुनवामा हार बेहोरेका राष्ट्रपतिका रिपब्लिकनका उम्मेदवार जोन मेम्केनले साथ दिएका थिए । 
चुनावको अन्तिम घडीमा आफ्नो घर आएको रोम्नीले बताए । रिपब्लिकनले आफ्नो चुनावी घोषणापत्रमा कम करनीति लागू गरिने र सन् २०१२ भित्र पाँच खर्ब डलरबराबरको संघीय बजेट कटौती गर्ने जनाएको छ । त्यस्तै, ओबामाको चुनावी अभियानका क्रममा शनिबार भर्जिनियामा तथा आइतबार न्यु हेम्फसायरमा पूर्वराष्ट्रपति विल क्लिन्टनले साथ दिँदै छन् ।
ओबामाले शुक्रबार ओहियोमा चुनावी अभियान चलाएका थिए । उनको डेमोक्रयाटिक पार्टीको चुनावी घोषणापत्रमा धनी व्यक्तिलाई कर बढाउने तथा रोजगारीका नयाँ अवसर सिर्जना गरिने उल्लेख छ ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=38&Itemid=54

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s