अमेरिकामा ब्यालेट भिडन्त

Sunday, 04 November 2012 21:59

प्रकाशप्रसाद उपाध्याय

अहिले समस्त विश्वको ध्यान अमेरिकामा ६ नोभेम्बरको दिन राष्ट्र«पति पदका लागि हुने भएको निर्वाचनपट्टि केन्द्रित छ । विश्वको राजनीतिमा शक्तिशाली प्रभाव जमाउने शक्ति राष्ट्र भएको नाताले साना ठूला देश, मित्र राष्ट्र र विभिन्न राजनीतिक विचारधारा राख्नेहरू सबै वर्तमान राष्ट्रपति बाराक हुुसेन ओबामा र रिपब्लिकन पार्टीका मिट रोमनीमध्येको विजयी हुने हुन् भन्ने कुराप्रति उत्सुक छन् ।

किनभने, उनीहरूका नीति र कार्ययोजनाले विश्वको राजनीति र मानचित्रमा प्रभाव पार्ने सम्भावना हुन्छ । सन् २००८को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका जान मे कैनलाई पराजित गरेर राष्ट्र«पति बनेका बाराक ओबामाले अहिले रिपब्लिकन पार्टीकै मिट रोमनीबाट कडा चुनौतीको सामना गर्नुपर्दै छ । ओबामा राष्ट्र«पति बनेपछि अमेरिकी अर्थ व्यवस्थामा भएको ह्रास, बेरोजगारीले धारण गरेको विकराल स्वरूप, उनको स्वास्थ्य योजना, मध्य एसियामा अमरिकाको हस्क्षेपकारी भूमिका र कमजोर परराष्ट्र नीति आदि प्रतिपक्षी दलका लागि आलोचनाको मुख्य विषय बनी राखेको अवस्थामा यो चुनाव भइरहेछ ।

मैसेचुसेट्सको गभर्नर पद सम्हालिसकेका मिट रोमनीले सिनेटर र एक कार्यकुशल गभर्नरका रूपमा ख्याति पाइसकेका छन् । मिट रोमनीका पिता जर्ज रोमनी सन् १९६८ को राष्ट्रपतीय निर्वाचनमा एक उम्मेदवार थिए भने उनकी आमा लेनोर रिपब्लिकन पार्टीको उम्मेदवारका रूपमा सन् १९७० मा सिनेटका लागि खडा भएकी थिइन् । १२ मार्च १९४७ मा जन्मेका, चार दाजुभाइहरूमध्ये सबैभन्दा कान्छा रहेका र विरासतमा राजनीति पाएका मिट रोमनी एक कुशल व्यवसायी पनि रहेका छन् । उनको बेन कैपिटल भन्ने वित्तीय संस्थानले उनलाई एक कुशल प्रबन्धकका रूपमा प्रसिद्धि दिलाएको छ । मिट रोमनी अमेरिकाका राष्ट्रपति पदका लागि सफल हुन सके भने उनी अहिलेसम्मका राष्ट्रपतिहरूका दाँजोमा सबैभन्दा बढी धनी राष्ट्रपति कहलाउने समाचार पनि प्राप्त भएको छ । ५० राज्यहरू भएको यस संघीय गणराज्यको यस ब्यालेट युद्धमा रहेका अमेरिकाका वर्तमान ५१ वर्षीय राष्ट्र««पति बाराक हुसेन ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार ६५ वर्षीय मिट रोमनीको भाग्यको फैसला अब चाँडै हुनेछ । यसअन्तर्गत ५० ओटै राज्यलाई त्यहाँको जनसंख्याका आधारमा निश्चित मतहरू निर्धारण गरिएको भए पनि १ करोड १५ लाख ४४ हजार ९५ जनसंख्या हुने ओहायो राज्यको १८ ओटा इलेक्ट्रोरल कलेजको भोटले राष्ट्रपतीय निर्वाचनमा निर्णायक भूमिका खेलेको पाइएको छ । साथै ओहायोका जनताको मन जित्न सफल हुने उम्मेदवार नै राष्ट्र«पतिको आसन पाउन सक्छ भन्ने भनाइ प्रचलनमा रहेको पनि सुनिन्छ । यो उक्ति प्रचलनमा रहे पनि ५० ओटै राज्यहरूका इलोक्टोरल कलेजका प्रतिनिधिको मतले महŒवपूर्ण र निर्णायक स्थान राख्छ ।

अमेरिकी कांग्रेसको सिनेटका १ सय सदस्य र प्रतिनिधिसभाका ४ सय ३५ सदस्यहरू भएको इलेक्टोरल कलेजमार्फत हुने यस निर्वाचनमा २ सय ७० मत प्राप्त गर्ने उम्मेदवार राष्ट्र«««पति पदमा विजयी हुनेछन् । सन् १९६० देखि प्रतिद्वन्द्वी उम्मेदवारहरूका बीच निर्वाचनअघि टेलिभिजनमार्फत सुरु गरिएको सार्वजनिक बहसको परम्परा अमेरिकी राष्ट्र«पतीय निर्वाचनको एक विशेष उल्लेखनीय पक्ष रहेको छ । विश्वभरिका जनता यो बहस सुन्न लामो प्रतीक्षामा रहन्छन् । किनभने एकातिर यसले मतदातालाई उम्मेदवारहरूको नीति र भावी योजनाहरू थाहा पाउन र तदनुसार मतदान गर्न सघाउ पु¥याउँछ भने विश्वका अन्य जागरुक श्रोताहरूले पनि उम्मेदवारहरूका व्यक्तित्व, सोच र योजनाको जानकारी पाउँछन् ।

विगत अक्टोबर महिना हाम्रा निम्ति दसैंको रमझमको महिना भएसरह अमेरिकीवासीहरूका लागि पनि राष्ट्रपति एवं उपराष्ट्र«पति पदका उम्मेदवारहरूका बीच यस किसिमका सार्वजनिक बहसहरू हुने भएकाले उत्साहपूर्ण महिना रह्यो । कोलेरेडो राज्यको डेनेभर विश्वविद्यालयको सभागृहमा ४ अक्टोबरमा बाराक ओबामा र मिट रोमनीका बीच भएको पहिलो सार्वजनिक बहसपछि १६ अक्टोबरमा न्युयोर्कको लंग आइल्यान्डस्थित होफस्ट्र«ा विश्वविद्यालय र २२ अक्टोबरमा ङ्खलोरिडा राज्यको बोका राटोन नगरमा दोस्रो र तेस्रो सार्वजनिक बहसहरू भए । साढे एक–एक घन्टासम्म भएका यी विभिन्न बहसहरूका प्रमुख मुद्दा अमेरिकाको अर्थ व्यवस्था र बेरोजगारीको चिन्ताजनक स्वरूपलगायत विभिन्न आन्तरिक समस्या र बाह्य देशहरूसँगको सम्बन्धसित सम्बन्धित थिए, जसमा दुवै उम्मेदवारहरूले एकअर्काका आक्रमणको यथोचित जवाफ दिएर अमेरिकी जनतालाई प्रभावित पार्ने यथोचित चेष्टा गरे ।

चीनप्रति ओबामाको नीतिलाई समर्पणको नीति बताउँदै रोमनीले सत्तामा आएमा चीनप्रति नयाँ दृष्टिकोण अपनाउने र एक नयाँ अमेरिकाको निर्माणका सम्बन्धमा गरेका घोषणा पनि सबैका लागि विशेष चासो उत्सुकताको विषय भएको छ । तर, अमेरिकी मतदाताहरू उनको यस कुराबाट कत्तिको प्रभावित हुने हुन् र कुन उम्मेदवारले जनताको मन जित्न र अधिकतम् भोट बटुल्न सक्यो यो ६ नोभेम्बरको मतदानपछि मात्र स्पष्ट हुनेछ । मिट रोमनीले आफ्ना सहयोगीका रूपमा ४२ वर्षीय पाल रायनलाई छानेका छन् जो विसकन्सिन राज्यबाट अमेरिकी कांग्रेसका लागि निर्वाचित भएका छन् ।

६ नोभेम्बरमा राष्ट्रपति पदका साथै उपराष्ट्र«पति पदका लागि पनि हुने चुनावमा पाल रायनको मुकाबिला वर्तमान उपराष्ट्र«पति ६९ वर्षीय जोय बिडेनसित हुनेछ । ११ अक्टोबरमा उनीहरूका बीच भएको सार्वजनिक बहसमा पाल रायनले जनतामाझ आफ्नो प्रभाव जमाउनमा सफलता पाएको बुझियो भने जोय बिडेन उनको आक्रमणलाई सहज रूपमा लिइरहेका देखिन्थे । विसकन्सिन राज्यका जनताबाट विभिन्न चुनावहरूमा विजयी भई अमेरिकी कांग्रेसमा प्रतिनिधित्व गर्दै आएका रिपब्लिकन नेता रायन उमेरको आधारमा बिडेनको दाँजोमा सानो भए पनि राजनीतिक अनुभवका आधारमा परिपक्व मानिन्छन् ।

सन् २००८ मा आर्थिक मन्दी र बाह्य ऋणको स्थितिबाट गुज्रिरहेको अवस्थामा ओबामाले अमेरिकाको राष्ट्र«पति पद सम्हालेका थिए । यसो हुँदा ओबामाले आफ्नो शासनकालमा देशभित्र आर्थिक मन्दी र जनतामाझ बेरोजगारीको चरम स्थितिको मात्र सामना गर्नुप¥यो । यस स्थितिमा सुधार ल्याउनमा प्राप्त असफलता बहसको अवधिमा उनका प्रतिपक्षी उम्मेदवारका लागि सशक्त अस्त्र प्रमाणित भयो । विभिन्न देशहरूमा उनको भूमिकालाई पनि ओबामाका प्रतिद्वन्द्वीले उनीविरुद्ध अस्त्रका रूपमा प्रयोग गरेर अमेरिकी जनताको समर्थन बटुल्नमा कुनै कसर छाडेनन् । तर, विभिन्न नगरमा भएका यी तीनओटै बहसपछिका दिनहरूमा अमेरिकाको आर्थिक स्थितिमा सुधार भएको र बेरोजगारीको दर पनि १० प्रतिशतबाट झरेर ७ प्रतिशतको छेउछाउमा आइपुगेको संकेत पाउन थालिएको छ । यो ओबामाका लागि मत बटुल्न कति सहायक हुने हो भन्न सक्ने स्थिति छैन ।

तर, अमेरिकी जनताको एक वर्ग विशेष गरी अफ्रिकी मूलका अमेरिकीहरू र बेरोजगार रहेका आब्रजकहरू, जो विगत निर्वाचनमा ओबामाका कट्टर समर्थक थिए, अहिले राष्ट्र«पति ओबामाप्रति उति उत्साहित नरहेकाले उनीहरूको मत विभाजित रहेको पाइन्छ । किनभने उनीहरूले राष्ट्र«पति ओबामाबाट ठूलो आशा राखेका थिए । अमेरिकी जनताको यो एक वर्ग ओबामाका कार्यशैलीबाट असन्तुष्ट रहे पनि अर्को वर्ग, जसमा प्रमुख रूपमा अश्वेत र एसियाली मतदाताहरू छन्, विभिन्न समस्याहरू बोक्दै सत्तारुढ भएका ओबामाको ध्यान आतंकवाद विरुद्धको जेहाद र मध्यएसिया एवं अफगानिस्तानको जटिल र गम्भीर स्थितिका कारण जसरी विभाजित भयो । त्यसले गर्दा उनलाई आफ्नो योजनालाई कार्यरूप दिन प्रशस्त समय नपाइएको र एक अवसर अरू दिनुपर्ने तर्क राख्छ । उता, ओबामाको स्वास्थ्य योजना पनि आलोचनाको मुद्दा भएको छ ।

त्यसप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएका रोमनीले सत्तामा आएमा त्यसमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता बताएका छन् तर त्यसको विकल्प स्पष्ट रूपमा प्रस्तुत गर्नसकेका छैनन् । जसले गर्दा ओबामाको स्वास्थ्य योजनाको फाइदा उठाइरहेका मानिसको एक वर्ग ओेबामाका कार्यशैली र नीतिहरूबाट खिन्न रहेर पनि मिट रोमनी आएमा स्वास्थ्य योजनाको लाभबाट वञ्चित हुनुपर्ने त होइन भन्ने चिन्ता राख्दै समय बिताइरहेका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा सार्वजनिक चर्चाको अर्को विषय चन्दा संकलन पनि हुन्छ र कुन पार्टीले कति बढी चन्दा उठायो, त्यतापट्टि पनि सबैको चासो हुने गर्छ ।

चन्दा संकलनको यस अभियानमा दुवै पक्षले करोडौं डलर चन्दाका रूपमा उठाउनमा सफलता पाएका समाचार प्रवाहित भए भने टेलिभिजनमार्फत आफ्नो पार्टीको प्रचारको विज्ञापनमाथि समान रूपमा करोडौं डलर खर्च गरेका समाचार पनि प्रकाशमा आएका छन् । ६ नोभेम्बरको दिन अब आइ नै सक्यो भन्दा हुन्छ । त्यस दिनको मतदानद्वारा अमेरिकी जनताले हवाइट हाउसमा नयाँ व्यक्तिलाई राष्ट्र«पतिका रूपमा पदासीन गर्ने हुन् कि बराक ओबामालाई नै ग्रेस मार्क दिँदै पुनःस्थापित गर्ने हुन् ? यो चुनाव परिणाम नआउन्जेल रहस्यको विषय रहिरहनेछ । तर, राष्ट्र«पति पदमा ओबामा र रोमनीमध्ये जो कोही आसीन भए पनि उनको प्राथमिकता अर्थ व्यवस्थामा सुधार ल्याउनु, रोजगारका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्नु र आतंकवादको त्रासबाट अमेरिकालाई सदासर्वदाका लागि मुक्त गर्नु हुनेछ । (लेखक हाल अमेरिकामा छन् ।)

Source : http://www.rajdhani.com.np/index.php?option=com_content&view=article&id=3485%3A—&catid=27%3A2012-06-28-14-57-25&Itemid=17&lang=en

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s