मनमोहक वातावरणयुक्त धुलिखेल लज रिसोर्ट, धुलिखेल

काठमाडौंको व्यस्त तथा कोलाहलपूर्ण जीवनबाट केही घन्टाको यात्रामा सजिलै धुलिखेल लज रिसोर्ट पुग्न सकिन्छ । धुलिखेलको मनमोहक वातावरणमा अवस्थित यो रिसोर्ट कामको टेन्सनबाट मुक्त हुँदै छोटो बिदामा परिवार तथा साथीभाइसँग रमाइलो गर्ने राम्रो गन्तव्य हो । यो रिसोर्ट हरियाली, स्वच्छ तथा प्रदूषणरहित हावा-पानी, होहल्लाबाट टाढा एवं सुन्दर वातावरणमा अवस्थित छ । आत्मीय वातावरण, रिसोर्टबाट देखिने सुन्दर तथा आकर्षक हिमाल एवं चराचुरुङ्गीको मधुर आवाजले पनि यो ठाउँलाई रमणीय बनाएको छ ।

यहाँ परम्परागत शैलीमा निर्माण भएका ४ वटा घरमा ५० वटा सुन्दर कोठा छन् । हरेक कोठा डिजाइनरबाट डिजाइन गरिएका छन् । हातले बनेका सामग्रीबाट कोठा फर्निसिङ गरिएको छ । यसका साथै इन्डोर प्लान्ट तथा स्वच्छ फूलले सजाइएको छ सबैलाई ताजगी प्रदान गर्छन् । डबल बेडरुमयुक्त यहाँका हरेक कोठाबाट प्रकृतिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँ हरेक कोठामा टेलिफोन, टी-कफी मेकर, टेलिभिजन आदि उपलब्ध छन् । आफ्नो आवश्यकताअनुसार पार्लरको सुविधा, बालबालिकाको रेखदेख, भाडाको गाडीको व्यवस्थाका साथै  पार्टी तथा पिकनिक आदि पनि आयोजना गर्न सकिन्छ । यहाँ एयरपोर्टबाट पिक एण्ड ड्रपको सुविधा पनि छ । यहाँ बिदाको प्याकेजसमेत उपलब्ध छ । एडभेन्चरका लागि र्‍याफ्टिङ र टे्रकिङ जान इच्छा लागे ग्राहकका लागि उक्त सेवासमेत उपलब्ध छ । लउन्ड्री सुविधा, सेफ्टी डिपोजिट लकर, २४ घन्टा पावर ब्याकअप तथा इन्टरनेट सुविधा, पोस्टल सर्भिस यो रिसोर्टले उपलब्ध गराउने अन्य सुविधा हुन् । त्यसबाहेक यहाँ कुनै पार्टी, सेमिनार तथा कन्प|mेन्ससमेत गर्न सकिन्छ । यसका लागि २५ देखि २ सय जनाको  क्षमतायुक्त ४ वटा हल छन् ।

बस्न र खानका लागि धुलिखेल लज रिसोर्ट उत्कृष्ट गन्तव्य हो । यसले नेपाली, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल खाना उपलब्ध गराउँछ । डाइनिङ सेक्सन विशेष गरी परम्परागत नेपाली शैलीमा बनेको छ । बारमा विभिन्न खालका स्वदेशी तथा विदेशी डि्रङका साथमा नेपाली म्युजिकको मज्जा लिन सकिन्छ । रुफ टप रेस्टुराँमा बसेर  काठमाडौंको रमणीय दृश्य हेर्दै विभिन्न परिकारको आनन्द लिन सकिन्छ । त्यसैगरी स्तूपा गार्डेन रेस्टुराँमा गार्डेनका साथै सुन्दर हिमाल अवलोकन गर्दै खानाको स्वाद लिन सकिन्छ । खाना तयार गर्न टे्रनिङ प्राप्त सेफ छन् भने यहाँका स्टाफको आत्मीय आतिथ्यले जोकसैको मन प्रसन्न हुन्छ । यहाँ सेवा लिन चाहने जोडीले एक रातको बसाइका लागि ३ हजार रूपैयाँभन्दा बढि बोकेर जानुपर्छ । बुकिङका लागि ०१-४९९२९६४ अथवा अनलाइन सम्पर्क गर्न सकिन्छ ।

Source : http://www.ekantipur.com/nari/article/?id=1097

मनमोहक वातावरणयुक्त धुलिखेल लज रिसोर्ट, धुलिखेल

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s