प्रकृतिमा लुकेको पर्यटनस्थल डोल्पा

डोल्पा शे गुम्बा पदयात्रा

पदयात्रा अवधि ः २० दिन, सुरुवात ः जुफाल डोल्पाबाट, अन्त्य  ः नेपालगन्ज हुँदै काठमाडांै, ग्रेड ः चुनौतीपूर्ण, पदयात्रा ः साल्दाङ गाउँ, ४ हजार मिटर,

संस्कृति ः विभिन्न समुदाय जसमा गुरुङ, मगर, क्षेत्री, ब्राह्मण प्रमुख, अवस्था ः पूर्ण क्याम्पिङसहितको पदयात्रा

दुर्गम डोल्पा मध्यपश्चिम नेपालको विकट पहाडी जिल्ला हो । यसको केन्द्रमा शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ भने पूर्व र दक्षिणमा धौलागिरी हिमशंृखला छ । हिमशृंखलाले घेरिएको सुन्दर डोल्पा पदयात्राका लागि निकै चर्चित छ । यहाँको पदयात्राले जीवनकै अविस्मरणीय क्षणसँग आत्मसात् गराउँछ । यहाँका हिम चुचुराहरूले पर्यटकलाई हाँसेर स्वागत गरेझैं लाग्छ । परम्परागत घर एवं गाउँलेहरूको खुला स्वभावले पर्यटकहरूको मन प्रसन्न हुन्छ । यहाँ देखिने वन्यजन्तु, मायालु बौद्ध भिक्षुहरू एवं आश्चर्य पैदा गर्ने तालहरूले सबैको मन खिच्छन् । यहाँका मानिसहरू साधारण र न्यानो हृदय भएका छन् । त्यसमाथि उनीहरू पौराणिक मूल्य-मान्यता र संस्कृति जोगाउन दत्तचित्त छन् ।

डोल्पाको पदयात्रा जुफालबाट दुनै हुँदै सुरु हुन्छ । त्यसपछि क्रमशः ताराकोट हुँदै सानो भेरी गाउँ काटेर मुन्तिर हेर्दा शे फोक्सुन्डो ताल देख्न सकिन्छ जुन यहाँको मुख्य आकर्षण हो । यसबाहेक यहाँको अर्को प्रख्यात पर्यटकीय स्थल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज हो ।

डोल्पा पदयात्रा र बार्‍ह वर्षे धार्मिक शे-मेला

डोल्पा जिल्लाको अति दुर्गम उत्तरी हिमाली भेगमा पर्ने साल्दाङ गाविसको शे गाउँमा भदौ महिनाको १३ गतेदेखि १८ गतेसम्म भव्य मेला लाग्दैछ । प्रत्येक बार्‍ह वर्षमा लाग्ने यो ६६ औं मेला हो । मेलामा सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै पर्यटकहरूलाई स्थानीय परिकार पनि चखाइनेछ । यसबाहेक यहाँ दर्शन गर्न आउने पर्यटकहरू साहसिक ढुंगे पहाडको भ्रमण तथा घोडा एवं याक दौडमा पनि सहभागी हुन सक्छन् । मेलामा स्थानीय हस्तकला, हिउँ चितुवा र अन्य जंगली जनावरको अवलोकन गर्न सकिन्छ । शे मेलाका आयोजक समितिका सह-सचिव उर्गेन दोर्जे बुढाका अनुसार यसपटक पनि मेलामा युरोप, जापान र अमेरिका आदि मुलुकबाट पर्यटक यहाँ आउनेछन् । आकर्षक, अनौठा, आनन्ददायक, सुन्दर एवं मनमोहक हिमाली गाउँहरू नै यहाँका विशेषता हुन् जहाँ पुग्दा जो कोहीले आनन्दको सास फेर्न सक्छन् । यहाँबाट विश्वको सातौं अग्लो चुचुरो धौलागिरी -८१६७ मिटर) पनि अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने हिमशृंखलाहरूमा सिस्ने हिमाल -५८४९ मिटर), अपी हिमाल -७१३२ मिटर), सैपाल -७०३१ मिटर), कान्दे हिमचुली -६२२७ मिटर), धौलागिरी हिमशृंखला सँगै तिब्बतियन पहाडका दृश्य पनि कम रमाइला हुँदैनन् । तालहरूमा रारा ताल -३६०० मिटर), धौली ताल -३२०० मिटर), फोक्सुन्डो ताल -३६०० मिटर) पनि आकर्षक छन् । डोल्पालाई विभिन्न पक्षबाट हेर्न सकिन्छ । यो प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल हो  । पुराना मानिसहरू यो ठाउँलाई भ्ागवान्ले आशीर्वाद दिएको सुन्दर ठाउँ मान्छन् । इन्द्रको नन्दन बगैंचाजस्तै सुन्दरताले भरिपूर्ण यो ठाउँबाट पर्यटकले पर्याप्त सन्तुष्टि, खुसी, उमङ्ग र आनन्दको स्वाद चाख्न पाउँछन् । हिमाली र पहाडी जनजीवन, संस्कृति एवं रीतिरिवाज बुझ्न पनि यो उपयुक्त स्थल हो ।

पश्चिम नेपालको डोल्पामा तिब्बतीहरूको संस्कृति सुरक्षित छ । जनश्रुति अनुसार गुरु रिम्पोछेले डोल्पामा बुद्धमार्गीको पवित्र धार्मिक स्थलका रूपमा यसको सिर्जना गरेका थिए । तिब्बतको इतिहाससँग जोडिएको क्षेत्र भएकाले यहाँका अधिकांश मानिसले बौद्ध धर्म मान्छन् । यहाँ आउने पर्यटकको गन्तव्य शे गुम्बा हो । तस्बिर खिच्नेहरूका लागि त यो ठाउँ स्वर्ग नै हो । यो ठाउँको ल्यान्डस्केप कम रमाइलो देखिँदैन । भिन्न मानिस, वस्तुस्थिति र फरक अवस्थाले पाइलैपिच्छे तस्बिर लिन मनलाई उकासिरहन्छ । पदयात्राको रुट जुफाल-फोक्सुन्डो ताल-शे गुम्बा-साल्दाङ-ला पास-सिवु र ताराकोट हो । सन् १९९० मा यहाँको पदयात्रा खुला भएको थियो । नेपालको सबैभन्दा गहिरो ताल फुक्सुक्दो पनि शे गुम्बाकै नजिक पर्छ । फोक्सुन्डो तालसँगै रिङ्मो गाउँले पर्यटकहरूलाई बिर्सनै नसक्ने दृश्यपान गराउँछ । अवस्था हेरेर यहाँबाट जंगली भू-भागको यात्रा गर्दै शे गुम्बाको यात्रा तय गर्न सकिन्छ । यहाँ प्राचीन तिब्बतका नुन बोक्ने बाटाहरूमा कठिन यात्रा गर्नुपर्ने हुन्छ । अन्य समयमा डोल्पामा मनसुनी हावाले  सताउँछ त्यसैले गर्मी महिनामा यात्रा गर्नु राम्रो हुन्छ जुन बेला ब्ााटाभरि फूलहरू प्fmुलेका हुन्छन् । सुनगाभा फोक्सुन्डो तालको आकर्षणको केन्द्र हो । यसले तालको पानीको रंगलाई परिवर्तन गरिरहेको हुन्छ । उकाली-ओराली पहाडी बाटोको छेउ हुँदै तिब्बतबाट नेपाल प्रवेश गर्नुपर्छ । बाटोमा नाउर र हिउँ चितुवा भेटिन्छन् । पदयात्राले डोल्पाको रहस्य र आकर्षण झल्काउँछ । डोल्पा ढोरपाटन र रारा तालको बीचमा पर्छ । दुवै यात्रा एकै पटक पोखरा वा जुम्ला हुँदै तय गर्न सकिन्छ । दुनैको हवाई मार्गबाट जाने-आउने हो भने डोल्पाको पदयात्राका लागि दुई हप्ता लाग्छ । त्यहाँ माथिल्लो र तल्लो दुई वटा पदयात्रा मार्ग छन् । यस क्षेत्रमा बस्न बाटामा केही घर मात्र छन् । खाद्य सामग्रीको अभाव छ । त्यसैले पदयात्री आफैले त्यसको जोहो गर्नुपर्ने हुन्छ । पदयात्रा काठमाडांैबाट नेपालगन्ज्ा, नेपालगन्जदेखि जुफाल-फोक्सुन्डो ताल-शे गुम्बा-साल्दाङ-दुनै-नेपालगन्ज हुँदै सम्पन्न गर्न सकिन्छ ।

शे मेला इतिहास
प्रत्येक बार्‍ह वर्षमा लाग्ने शे मेलामा स्थानीय जनतालाई दुःख्ा दिने राक्षसको नाश गर्ने पारम्परिक चलन पाइन्छ । यसबाहेक पौराणिक उपचार विधि पनि मेलामा प्रस्तुत गरिन्छ । सन् १२२० सालमा काग्यु सम्प्रदायका महायोगी ढुप्थोब सिंगे हिशे तिब्बतबाट यहाँ आएर यो तीर्थको शुभारम्भ गरेका थिए । महायोगीले यो गुफाको छेउमै एउटा गुम्बा निर्माण गरे जसको नाम घोन्मोछे गुम्बा रह्यो । आजसम्म पनि यो गुम्बा पुरानो ऐतिहासिक महत्वका रूपमा दर्शन गर्न लायक छ । ‘शे रिबो डुक्ढा’ को तीर्थ शुभारम्भ गर्ने बेलामा महायोगी ढुप्थोब सिंगे हिशेले यो तीर्थको बाहिर सिसा -ग्लास) को विशाल चैत्य र त्यसभित्र १२ हजार बुद्ध, ५ सय अनेकौं देवी-देवता विराजमान भएको देख्नुभयो । त्यो समयमा यस क्षेत्रमा भूत, प्रेत, पिचास र आसुर -दानव) आदि धेरै थिए । तिनीहरूले मानिसहरूलाई सताइरहन्थे । ढुप्थोब सिंगे हिशेले सिंहावतार ग्रहण गरी च्ाट्टान बाहनमा चढेर हाल यहाँ भएको फोलोङसिजे नामक एउटा ठूलो सेतो चट्टानमाथि नाच्दै प्राणीहरूलाई सताउने भूत-प्रेत, असुरलाई बसमा पारेका थिए । त्यसताका महायोगी ढुप्थोब सिंगे हिशेले आफ्नो चिवर प्रयोग गरी पहाडको चुचुरो प्वाल पारेर तीर्थको टुप्पोमा पुगी उत्तर दिशातिर नजर लगाउँदा कैलाश पर्वतको दर्शन भएको थियो । त्यो समयदेखि डोल्पाको उत्तरी हिमाली भेगमा बुद्ध धर्मको व्यापक विकास भयो र हजारौं ध्यानी, योगी एवं सिद्धहरू जन्मिए । त्यसपछि महायोगी ढुप्थोब तेन्जिनरेपाले सुम्दो गुम्बाको निर्माण गर्नुभयो । त्यसको केही समयपछि प्रथम शेरी टुल्कु तेन्जिन राब्केले चाखाङ गुम्बाको निर्माण गर्नुभयो भने यस क्षेत्रमा काग्यु र ङङिमा दुवै सम्प्रदायको विकास भयो । शे-रिवोडुक्ढा तीर्थको शुभारम्भ डुक्लो वर्ष ९म्चबनयल थभबच० मा महायोगी ढुप्थोब सिंगे हिशेले गर्नुभएको अवसरमा यहाँ प्रत्येक १२ वर्षको डुक्लो ९म्चबनयल थभबच० वर्षमा शे महोत्सव भव्य रूपमा मनाइने परम्परा रहिआएको छ ।

Source : http://www.ekantipur.com/nari/article/?id=1099

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s