धर्म-संस्कृतिमा परिवर्तन कति आवश्यक ?

नेपाल बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक राष्ट्र हो । यहाँ बसोबास गर्ने मानिसका आ-आपmनै रीतिरिवाज, चालचलन, भाषा, धर्म तथा संस्कृति छन् । विभिन्न जातजातिका मानिसको रहनसहन, चालचलन तथा व्यवहारले उनीहरूको संस्कृतिको झझल्को दिन्छ । यहाँ हिन्दू, बौद्ध, किराँत आदि विविध धर्म-संस्कृतिका मानिस मिलेर बसेका छन् ।

चाडपर्वका नाममा हिजोआज केही विकृति पनि भित्रिएको छ भने कतिपय कुरा फेर्नु पनि आवश्यक छ । तीजको दरका नाममा ठूला-ठूला पार्टी प्यालेस तथा क्लबमा गरिने पार्टी तथा विभिन्न-संस्कृतिको नाममा सेवन गरिने मदिरा, बलिका नाममा गरिने मारकाट, होलीका नाममा महिलालाई लक्षित गरी हानिने लोला आदि अहिले सबैको चिन्ताको विषय भएको छ । अन्तर्राष्ट्रिय जगत् जनावरको अधिकारका बारेमा जागरुक भैसके पनि हामीकहाँ बलिका नाममा हुने काटमार रोकिएको छैन । यस्ता कतिपय कुरालाई संस्कृतिका नाममा भित्रिएको विकृतिका रूपमा पनि बुभिmएको पाइन्छ । क्षेत्रफलमा सानो भए पनि हाम्रो देश परम्परा र संस्कृतिमा निकै धनी छ । प्राचीन समयदेखि चल्दै आएको हाम्रा धर्म-संस्कृतिको विशिष्ट मौलिक पहिचान छ । यिनै विषयमा किशोरीहरूको विचार बुभmन नारीले छलफल आयोजना गरेको थियो ।

नखिपोट निवासी १९ वषर्ीया युमा राईका अनुसार जन्मदेखि मृत्युसम्म मनाउने तथा मानिँदै आएको विविध पक्ष नै संस्कृति हो । राई भन्छिन्-‘हामी जसरी बाँचिरहेका छौं, जुन परम्परा धान्छांै र जसले हाम्रो रहन-सहनलाई निर्धारण गरेको छ त्यही नै हाम्रो संस्कृति हो ।’ संस्कृतिका नाममा नकारात्मक कुरा गर्न नहुने राईको धारणा छ । त्यसैगरी यो शतप्रतिशत सही छ भनेर अन्ध विश्वास गर्नुपर्छ भन्ने पनि नभएको उनलाई लाग्छ । संस्कृतिलाई फेर्ने नाममा नकारात्मक कुराहरू भित्रिएकोमा उनलाई दुःख पनि लाग्छ । युमा भन्छिन्-‘म किराँती हुँ । हामी भगवान्को पूजामा भन्दा पनि प्रकृति तथा आफ्ना पूर्वजमा विश्वास राख्छौं । हाम्रो समुदायमा दसंै-तिहार भव्य रूपमा मनाइँदैन, तर लामो बिदा हुने तथा लामो समयदेखि एक-अर्कालाई समय दिन नसकेका आफन्तका लागि यो उपयुक्त समय हो । मलाई चाडपर्वमा गरिने काटमार भने मन पर्दैन ।’ राईले चाडपर्वलाई रमाइलो तरिकाले मनाउन अनुरोध गर्दै यसलाई बोझका रूपमा मनाउन कसैलाई पनि करकाप गर्न नहुने कुरामा जोड दिइन् ।
छलफलमा सहभागी मानभवन निवासी १८ वषर्ीया सिर्जा राईका अनुसार परापूर्वकालदेखि चल्दै आएका तथा हाम्रा पुर्खाले मनाउँदै त्यसलाई हामीले निरन्तरता दिँदै आएको चलन नै हाम्रो संस्कृति हो । यसले आफ्नो रीतिरिवाज, रहन-सहन आदि जीवनका विविध कुरा झल्काउने उनको अनुभव छ । सिर्जा भन्छिन्-‘संस्कृति भन्ने कुरा समयअनुसार चल्छ । यसमा भएको अन्धविश्वासलाई हामीले हटाउनुपर्छ । जति हिन्दू धर्ममा मिथ छ सोही रूपमा किराँतमा छैन ।’ हिन्दू समुदायमा महिनावारी भएका बेला भान्सालगायत विभिन्न कुरा छुन नहुने कुरा उनलाई मन पर्दैन । संस्कृतिलाई मान्नुपर्छ तर यसलाई समयअनुसार छाँटकाँट पनि गर्नुपर्ने उनको धारणा छ । सिर्जा भन्छिन्-‘हामी किराँती पूजा तथा भगवान्मा विश्वास गर्दैनांै तर कसैलाई यसमा आस्था छ भने उनीहरूको आस्थाको सबैले सम्मान गर्नुपर्छ ।’ आफ्नो मन सफा भएको खण्डमा भगवान् मनमा बास गर्ने उनले बताइन् । महिनावारी एवं तीजको व्रत आदि विविध कुराले महिलालाई पछाडि पारेको उनी बताउँछिन् । यो त संस्कृतिको नाममा महिलालाई पछाडि पार्ने कुरा हो सिर्जाले भनिन्-‘हामीले लचिलो भएर अघि बढ्नुपर्छ । कर्मशील हुनुपर्छ । आफ्नो शक्तिमा विश्व्ाास गर्नुपर्छ । संस्कृतिका नाममा कसैमाथि पनि कुनै कुरा थोपर्नु हुँदैन ।
त्यसैगरी क्याम्बि्रज इन्टरनेसनल कलेज कलंकीमा ११ मा अध्ययनरत पि्रयंका श्रेष्ठका अनुसार प्राचीन समयदेखि परिवारले मान्दै आएको तथा विश्वास गर्दै आएको कुरा नै हाम्रो संस्कृति हो । यो आफ्नो इच्छा तथा आत्मनिर्णयको कुरा भएको उनी बताउँछिन् । श्रेष्ठ भन्छिन्-‘कसैले भन्दैमा त्यसलाई आफ्नो जीवनमा लागू गर्नुपर्छ भन्ने छैन ।’ श्रेष्ठलाई धर्म-संस्कृतिका नाममा कसैलाई पनि परिबन्दमा पार्नु हुँदैन भन्ने लाग्छ । 
छलफलकी अर्की सहभागी ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा १२ कक्षामा अध्ययनरत  १७ वषर्ीया परीक्षा दाहालका अनुसार संस्कृति भनेको मानवको सामाजिक, पैतृक तथा पुख्र्यौली सम्पत्ति हो जसलाई समाजले पुर्खाबाट उपहारका रूपमा समाजको सदस्यको नाताले प्राप्त गर्छ अनि सामाजिक जीवनमा त्यसको अभ्यास गर्छ । संस्कृतिअन्तर्गत समाजका सदस्यको ज्ञान, विश्वास, कला, नैतिकता, व्यवहार, धर्म र क्षमता तथा दैनिक व्यवहार आदि पर्छन् । दाहाल भन्छिन्-‘नेपालीहरू संस्कृतिमा निकै धनी छन् । हामीले मनाउने विविध चाडपर्व पनि संस्कृतिकै अङ्ग हुन् जसलाई हामीले पुस्तौंदेखि मनाउँदै आएका छौं । स्वरूपमा केही परिवर्तन आए पनि तिनको मूल मर्म भने उस्तै छ ।’ यद्यपि अहिले संस्कृतिका नाममा केही विकृति देखिएको उनको धारणा छ । दाहालका अनुसार पहिले हाम्रा सांस्कृतिक धरोहरका रूपमा रहेका चाडपर्व अहिले आएर पैसासँग जोडिएका छन् । उनी भन्छिन्-‘यो आपसी सद्भाव बाँड्ने भन्दा पनि एक-अर्कासँग भएको सम्पत्ति देखाउने होडमा परिवर्तन भएजस्तो लाग्छ ।’ त्यसैगरी चाडपर्वका नाममा गरिने मदिरापान पनि
विकृतिको अर्को उदाहरण भएको दाहाल बताउँछिन् ।
एड मार्क एकेडेमी रविभवनमा अध्यनरत प्रेरणा श्रेष्ठको बुझाइमा परापूर्वकालदेखि चल्दै आएको कुरा जसलाई हामीले अहिलेसम्म मान्दै आएको छौं र जसले हाम्रो दैनिक दिनचर्यालाई झल्काउँछ त्यही नै हाम्रो संस्कृति हो । हरेक कुराका दुई पाटा भएजस्तै यसका पनि सबल र केही नकारात्मक पक्ष रहेको श्रेष्ठ बताउँछिन् । यसलाई सबैले मान्नैपर्छ भन्ने पनि छैन र आफ्नो इच्छा, समय तथा बुझाइअनुसार यसलाई परिवर्तन गर्न सकिने उनको धारणा छ । यसरी परिवर्तन गर्दा यसलाई कुनै पनि खालको गलत अर्थ लगाउन नहुने उनी बताउँछिन् । श्रेष्ठ भन्छिन्-‘चाडपर्व तथा रीतिरिवाजका नाममा चलेका विकृतिको अन्त्य गर्न सक्नुपर्छ । चाडपर्व मनाउँदा आफ्नो क्षमता बिर्सनु हुँदैन । एउटाले भव्य रूपमा कुनै कुरा गर्‍यो भन्दैमा त्यसलाई संस्कृतिका रूपमा स्थापित गर्नुपर्छ भन्ने छैन ।’
त्यसैगरी अर्की सहभागी प्लस टुमा अध्ययनरत क्याम्बि्रज इन्टरनेसनल कलेज, कलंकीकी शान्ति रोकाका अनुसार पूर्वजहरूले चलाएको कुरा जसलाई हाम्रा पुर्खाले हस्तान्तरण गरे र पछि यसलाई हामी भावी सन्तानलाई भाषा, धर्म, रीतिरिवाजका रूपमा प्रदान गर्नेछौं त्यही हाम्रो संस्कृति हो । हाम्रा पूर्वजले चलाएको कुरालाई जोगाउनुपर्ने उनी बताउँछिन् । रोका भन्छिन्- ‘प्राचीन समयमा महिलाहरूले धेरै काम गर्नुपर्ने तथा आफ्नो शरीरको ख्याल गर्ने समय नहुँदा महिनावारी भएका बेला ४ दिन भए पनि आराम होस् भनेर घरको कुनै पनि काम गर्न दिने चलन थिएन । महिनावारी भएका बेला रक्तस्राव हुँदा कमजोरी पनि हुन्छ । त्यसैले केही पनि गर्न नदिनु रामै्र हो जस्तो लाग्छ ।’ त्यसैगरी, अझ पनि हाम्रो देशका धेरैजसो नागरिक गरिबीको रेखामुनि रहेका र उनीहरूका लागि मीठो-मसिनो खान चाडबाड नै आउनुपर्ने उनी बताउँछिन् । चाडपर्व त्यसमा पनि दसंै-तिहार भनेको सबै परिवार एकै ठाउँमा भेला भएर ठूलाबडाको आशीर्वाद थाप्दै सुख-दुःख साटासाट गर्दा रमाइलो हुने उनी बताउँछिन् । यसले सुमधुर सम्बन्ध विकास गर्न सहयोग गर्ने उनको धारणा छ । 
दिवेशको प्रशंसायोग्य कुरा
भाइ भन्नेबित्तिकै नाइस ह्युमेन विईङ्ग भन्ने कुरा दिमागमा आइहाल्छ । मेरो मात्र होइन सबैका भाइ प्यारा हुन्छन् ।
सुधार गर्नुपर्ने कुरा
लामो समय विदेश बसेर भाइ भर्खर नेपाल फर्किएका छन् । त्यसैले भाइले अब यहाँको वातावरणलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ । स्वीकार गर्ने क्षमता वृद्धि गर्नुपर्छ ।
भाइसँगको भुल्नै नसक्ने क्षण
भाइ जर्मनी तथा स्वीडेन बस्दा म बेलाबखत उनलाई भेट्न गैरहन्थें । उनलाई एन्टिक चीजहरू हेर्न त्यति मन लाग्दैन जुन मलाई राम्रोसँग थाहा छ र पनि उनी मेरा लागि हरेक काम थाती राखेर त्यस्ता ठाउँहरूमा घुमाउन लगिदिन्थे । उनलाई मन नपरे पनि मेरा लागि कतिपय कुरामा सेक्रिफाइस गर्छन् जुन म कहिल्यै भुल्न सक्दिन ।
इन्क्रोन्डाइम विशेषज्ञ दिदी डा. डिनालाई मनमा लागेका कुरा नडराई भन्न सक्ने साहसी मान्ने युवा व्यवसायी भाइ दिवेश सानो छँदा क्यारेमबोर्डका विषयमा दुवैबीच चर्को प्रतिस्पर्धा हुने र केही क्षणमै दुवै शान्त हुने कुरा स्मरण योग्य रहेको बताउँछन् । नैनीतालमा छुट्टाछुट्टै बोर्डिङ स्कुलमा अध्ययन गरेका दिदीभाइ त्यो समय दुवैका लागि सुनौलो क्षण भएको बताउँछन् । हाल नर्भिक इन्टरेनसनल तथा ह्याम्स अस्पतालमा कार्यरत डा. डिना भाइसँगको सम्बन्ध अत्यन्त निकट र अन्य सम्बन्धभन्दा राम्रो रहेको बताउँछिन् । डा. श्रेष्ठ भन्छिन्-नैनीतालमा पढ्दा हरेक पन्ध्र दिनमा म चकलेट लिएर भाइलाई भेट्न जान्थें । मलाई देखेपछि भाई निकै खुसी हुन्थे र उनलाई नेपालमै भएको अनुभूति हुन्थ्यो । त्यसपछि हामी सँगै खान्थ्यौं, घुम्थ्यौं र घरबाट आएका समाचार एक-अर्कालाई सुनाउँथ्यौं । छेवैमा रहेका भाइ दिवेशले थपे-त्यतिबेला दिदीलाई भेट्दा म निकै खुसी हुन्थें । दसैंको छुट्टीमा घर र्फकदा के-के काम गर्ने भनेर योजना बनाउँथ्यौं ।
युवावस्थामा प्रवेश गरेपछि उनीहरूको सम्बन्ध पनि विस्तारै पाको बन्दै गयो । त्यसपछि उनीहरूबीच करियर तथा परिवारका बारेमा छलफल एवं सरसल्लाह हुन थाल्यो । उनीहरू घरायसी कुरा मात्र होइन व्यावसायिक जीवनका थुप्रै कुरा पनि साटासाट गर्छन् । दिवेश घरमा अभिभावकलाई भन्न नसकेका कतिपय कुरा दिदीलाई नै भन्छन् र दिदीको सल्लाहबमोजिम निर्णय गर्छन् । दिवेश भन्छन्-उहाँ मेरा लागि बेस्ट प|mेन्ड मात्र नभएर त्यो पहिलो व्यक्ति हो जसलाई म सबै कुरा सहजै भन्न सक्छु । अर्को कुरा उहाँ मेरा लागि वेस्ट सलुसन तथा सजेसन गिभर हुनुहुन्छ । भाइ दिवेशलाई अत्यन्तै माया गर्ने डा.डिना विभेदमुक्त पारिवारिक वातावरणमा हुर्किएकीले उनीहरूको परिवारमा छोराछोरीबीच कुनै भेदभाव नरहेको बताउँछिन् । भाइ खानाको सौखिन भएको रहस्य खोल्ने डिनाका अगाडि दिदी पनि सपिङ क्रेजी भएको अर्को रहस्य खोल्दै दिवेशले भने-उहाँ सपिङमा अत्यन्तै इन्जोय गर्नुहुन्छ ।
योजनाबिनै काम गरिहाल्ने डा.डिनाको बानी देखेर हरेक काम योजनाबद्ध ढंगले गर्ने दिवेशलाई कहिलेकाहीँ दिक्क लाग्छ । कतिपय सानातिना कुरामा वादविवाद भए पनि दुवै अविवाहित भएकाले घरायसी काम सहमतिमै हुन्छ । घरका सबै सदस्य डा.डिनाको सल्लाहलाई प्राथमिकता दिन्छन् । दिदीको राम्रो सर्कलका कारण आफ्नो व्यवसायमा निक्कै सहयोग पुगेको बताउने दिवेश दिदीसँगको सम्बन्ध राम्रो भएको बताउँछन् । डा. डिना पनि भाइका हरेक कुरामा आफू पहिलो व्यक्ति हुने भएकाले जे-जस्तो भए पनि भाइसँग सधैं खुसी रहेको बताउँछिन् । दुवैले सम्बन्ध प्रगाढ, सहज र निकट बनाउन आपसी अन्तक्रिर्या एवं संवादले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
दिवेश श्रेष्ठ
युवा व्यवसायी
डा. डिना श्रेष्ठ
इन्डोक्राइम स्पेसलिस्ट
काठमाडौंको राणा परिवारमा जन्मिएका यी दिदीभाइबीच सानैदेखिको माया, विश्वास तथा सद्भावमा कहिल्यै कमी आएको छैन ।  सानैदेखि साथीजस्तै गरी बसेका यी दिदीभाइ तँ-तँ गरेरै बोल्छन् । यसो गर्दा सम्बन्धमा प्रगाढता बढ्ने उनीहरूको अनुभव छ । ८ दिदीपछि जन्मिएका भाइ प्रसन्न र दिदी निशामा १० वर्षको अन्तर छ । सबैभन्दा कान्छा भएकाले सानोमा धेरै दिदीहरूले टीका लगाइदिँदा उनी दिक्क लागेर रुन्थे । त्यसैले फकाई-फुल्याई टीका लगाइदिनुपथ्र्यो तर अहिले भने ठीक उल्टो छ किनभने प्रसन्नलाई चाडपर्वमध्ये तिहार नै सबैभन्दा रमाइलो लाग्छ । भाइको विचारसँग दिदी निशा पनि सहमति जनाउँछिन् । उनी भन्छिन्-तिहार आउन लागेपछि धेरै खुसी लाग्छ । वरपरको वातावरण पनि रमाइलो हुन्छ । तिहारमा चारैतिर झिलिमिली उज्यालो हुन्छ ।
राणा परिवारमा पहिलेदेखि नै काकाका छोराछोरी, फुपूका छोराछोरीहरू एकै ठाउँमा जम्मा भएर टीका लगाइदिने चलन छ । पहिले १८ जना दिदीबहिनीले १६ जना दाजुभाइलाई एकै ठाउँमा टीका लगाइदिन्थे । अहिले केही दाइको मृत्यु भएपछि यो संख्यामा कमी आएको छ तर पनि उनीहरूको टीका लगाउने चलन उस्तै छ । सबै जना एकै ठाउँमा भेला भएर टीका लगाउँदा धेरै रमाइलो हुन्छ । त्यसैले टीकाको दिन क्याटरिङकै व्यवस्था गर्नुपर्ने निशा बताउँछिन् । निशाका अनुसार उनीहरूको चलनअनुसार कागतिहारका दिन दिदी-बहिनीहरू सबै दाजुभाइको घर-घरमा उनीहरूले खाना नखाँदै तेल लिएर जानुपर्छ । त्यसपछि चार दिनसम्म त्यो तेल केशमा लगाउन त्यहीँ छोडिदिनुपर्छ । चौथो दिन फेरि टीका लगाउन पान लिएर निम्ता दिन जानुपर्छ । जे होस् तिहारका सबै दिन दिदीबहिनी कोही माला गाँस्ने त कोही किनमेल गर्ने काममा व्यस्त हुन्छन् । टीकाका दिन लामबद्ध भएर सबै दाजुभाइलाई टीका लगाइदिन्छन् । त्यसपछि खानपान गरेर केही समय तास खेल्छन् । भाइटीकाको दिन कुनै दाजुभाइ विदेश भए पनि टीका पठाइदिने चलन छ  ।  निशा प्रत्येक वर्ष रमाइलो गरी तिहार मनाउँछिन् ।
 उिपासना पा०८े
निशा राण बस्नेत
वरिष्ठ वैज्ञानिक अधिकृत
प्रसन्न नरसिंह राणा
व्यापारी
धरानमा जन्मिएका यी दिदीभाइ सानैदेखि साथीजस्ता थिए । बुबाको स्वर्गारोहणपछि भाइको हेरचाह आमाका अतिरिक्त दिदी सीताले नै गर्नुपर्‍यो । तर यी दुई दिदीभाइको स्वभाव ठीक उल्टो थियो । सीता भन्छिन्, ‘म बढी लाउन-खान र घुम्नमा रुचि राख्थें भने भाइ मोहन ज्ञानी, प्रतिभाशाली, मिलनसार र भलाद्मी थिए ।’ भाइले कहिल्यै झगडा नगरेको र दुःख नदिएको सीता बताउँछिन् । उनीहरू अहिले पनि हरेक कुरा सबैभन्दा पहिले आपसमा सेयर गर्छन् । आमासँग नभनेका कुरा समेत सुनाउँछन् । मोहन भन्छन्, ‘बुबा नभएकाले हामीलाई दिदीले अभिभावकको भूमिका निर्वाह गरेर हुर्काएकीले नै आज म यो अवस्थामा छु, जसको श्रेय उहाँलाई नै जान्छ ।’ उनको कुरा नसक्दै दिदी भनिहाल्छिन्, ‘अहिले भाइ नै हाम्रा अभिभावक भएका छन् ।’
दिदीभाइ दुवैले कसैको अँध्यारो अनुहार हेर्न सक्दैनन् । बुहारी आएपछि सम्बन्ध चिसिन्छ भन्ने कुरा उनीहरू मान्दैनन् । सीता भन्छिन्-बुहारीलाई बहिनी सम्झेर माया गरे भाइसँगको सम्बन्ध कसरी चिसिन्छ ? उनीहरू अहिले पनि घरमा आशीष दिँदा पढेर ठूलो हुनु भनेको कुरा सम्झन्छन् । बाल्यकालमा उनीहरू पढाइका साथै अतिरिक्त क्रियाकलापमा अग्रणी थिए । सीता राष्ट्रिय भलिबल खेलाडी थिइन् । भाइ फुटबलमा रुचि राख्थे भने सानी बहिनीले राष्ट्रिय नृत्य प्रतियोगितामा भाग लिइसकेकी थिइन् । तर घरबाट उनीहरूलाई रोकियो । किन खेल्ने ? किन नाच्ने ? भनेर पनि उनीहरूको त्यो प्रतिभा त्यत्तिकै ओइलायो । सीता सम्बन्ध प्रगाढ बनाउन दुवै पक्षको उत्तिकै भूमिका हुनुपर्ने बताउँछिन् ।
 ििसर्जना दुवाल श्रेष्७
दिदी सीता पाठक
वरिष्ठ सौन्दर्यविद्
भाइ मोहन न्यौपाने
इन्जिनियर
बाल्यकालदेखिकै उही व्यवहार, उही माया-प्रेम, अटल विश्वास अनि गहिरो सम्बन्धको सागरमा बगिरहेका यी दिदीभाइबीच आपसमा कहिल्यै कुनै गुनासो छैन । चित्त नबुझेका कुरा तुरुन्तै भनिहाल्ने यी दुईले जीवनमा थुप्रै सुख-दुःख सँगै भोगेका छन् । थुपै्र उतारचढावमा उनीहरू एक-अर्काको सहारा बनेका छन् । महिला हकहितका लागि स्थापित संस्था साथी हुँदै अन्य थुप्रै सञ्जालमा आबद्ध रही हाल सामाजिक कार्य -एनिमल राइट्स प्रोटेक्सन) मा सक्रिय प्रमदा शाह तथा सामाजिक संचार व्यवसायमा लागेका रजत शमशेर राणाबीचको सुमधुर सम्बन्धमा एउटा जानकारी उदाहरणीय हुनसक्छ । उनीहरूकी सुसारे दिदीले रजत छोरा भएका कारण मीठो-मसिनो खानेकुरा प्रमदालाई भन्दा बढी दिए पनि अभिभावकबाट भने प्रमदाले आफू छोरी भएकोमा कुनै विभेद महसुस गर्नु परेन । दार्जीलिङको सेन्टबोस बोर्डिङ स्कुल पढेका रजत छुट्टीमा घर आउँदा विशेष केयर गरिन्थ्यो । त्यो देख्दा प्रमदालाई डाहा पनि लाग्थ्यो तर आमाकोे मायालु व्यवहारले उनलाई त्यसमा पनि डाहा लाग्न छाड्यो । छेवैमा बसेकी दिदीतर्फ मायालु नजरले हेर्दै रजत भन्छन्-सानैमा मलाई चरा मार्ने अत्यन्तै सोख थियो । दिदी मेरो पछिपछि लागेर सबै चरा उडाइदिनुहुन्थ्यो । मलाई उहाँले यसो गर्दा पनि कहिल्यै रिस उठ्दैनथ्यो, बरु हाँसेर बस्थें । सोही स्वभावअनुसार हाल उहाँ एनिमल प्रोटेक्सनमा लागिरहनुभएको छ । मलाई गर्व छ उहाँ र उहाँको कामप्रति ।

उमेरमा दुई वर्षको मात्र फरक भएकाले यी दुई दिदीभाइका साथीहरू पनि एउटै सर्कलका थिए । आफ्नो भाइ अत्यन्तै निष्ठावान्, रमाइलो तथा सबैसँग घुलमिल हुनसक्ने स्वभावको भएको बताउँदै प्रमदा भन्छिन्-हामी मुम्बईमा कलेज पढ्दा अझ नजिक हुने अवसर पायौं । भाइ र मेरो ग्याङ मिलेर गोवा घुम्न गएको क्षण म कहिल्यै बिर्सिन्न । मेरा गु्रपका कतिपय केटीले त भाइलाई मन पनि पराउँथे । रजतका अनुसार प्रमदाको विवाहपछि पनि उनलाई दिदीसँग दूरी बढेको महसुस भएन । भिनाजु साथीजस्तै भएकाले उनको बासै प्रमदाकहाँ हुन्थ्यो । परेका बेला जहाँ, जहिले र जस्तोसुकै जटिल परिस्थितिमा पनि एक-अर्काका लागि हाजिर हुने उनीहरू चाडपर्वका बेला सानातिना कामदेखि ठूला कामसम्ममा सहयोगका लागि दुवै एक-अर्काकहाँ उपस्थित हुन्छन् । यद्यपि व्यस्तताका कारण एक-अर्कालाई दिने समयमा कमी आएको प्रमदा बताउँछिन् । उनी भन्छिन्-पहिले चौबीसै घन्टा सँगै भइन्थ्यो तर अहिले आ-आफ्नो परिवार, आफ्नै कामको व्यस्तता तथा जिम्मेवारीका कारण एक-अर्कालाई समय दिन कठिन हुन्छ र पनि हप्तामा एकपटक सँगै खाना खाने समय निकाल्छौं । विचार नमिलेका कारण छोटो समयका लागि असन्तुष्टि भए पनि लामो समयकै लागि त्यस्तो मनमुटाव नभएको रजतले बताए । उनी भन्छन्-‘त्यसरी त बस्न सकिँदैन होला । बुबाआमालाई भन्न नसकेको मेरो प्रेम र विवाहका विषयमा गरिएको जीवनकै सबैभन्दा ठूलो निर्णयमा मैले दिदीबाटै पहिलो सल्लाह लिएको थिएँ । त्यसैले उहाँसँग सबै कुरा सेयर गर्न पाइन भने के छुटे-के छुटेझैं लाग्छ ।’ प्रमदा र रजतले थुप्रै काम सँगै गरेका छन् । मुलुकका लागि चिन्तित यी दिदीभाइ अब छिट्टै राष्ट्रिय हितका लागि कुनै ठूलो काममा सहकार्य गर्ने योजनामा छन् ।
प्रमदा शाह
रजत शमशेर राणा
यो सम्बन्ध अन्य सम्बन्धभन्दा अत्यन्त भिन्न छ । सँगै बसेकी बहिनी गरिमा पन्तको मुस्कानमा हषिर्त हुँदै युवा व्यवसायी मनुराज पन्तले भने-जसमा भावनाबाहेक अन्य केही हुँदो रहेनछ । न प्रतिस्पर्धा न ईष्र्या । सकेसम्म बहिनीका लागि संसारै एक गरिदिऊँ भन्ने लाग्छ । दाजुले यसो भनिरहँदा गरिमा मन्द मुस्कानका साथ केही भन्न खोज्दै थिइन् । म संसारकै भाग्यमानी बहिनी हुँ जसले हरपल आफ्ना दाजुबाट साथ, सहयोग र भरोसा पाइरहेकी छु-गरिमाले भनिन्-आजसम्म दादाले ठूलो स्वरमा गाली गरेको सम्झना छैन, उहाँलाई केही कुरा चित्त नबुझे बरु नबोलेरै टारिदिनुहुन्छ ।
बाल्यकाल तनहुँमा बिताएका यी दाजुबहिनीको सम्बन्ध यतिसम्म घनिष्ठ छ कि विवाहको सुरुका दिनमा मनुराजले आफ्नी श्रीमतीको व्यवहार थाहा नहुँदा लुकाएर बहिनीलाई पकेट खर्च दिन्थे । छोरा र छोरीमा समान व्यवहार गर्ने परम्परा रहेको पन्त परिवारमा गरिमाकी दिदीले भन्दा पनि सबैभन्दा कान्छी भएकीले गरिमाले धरै माया पाउँथिन् । स्कुल जाँदा सधैं सानी बहिनीलाई काँधमा बोकेर जाने मनुराज बहिनी ठूली हुँदै गएपछि भने अन्य आवश्यकता पूर्ति गर्ने जिम्मेवारी महसुस गर्न थाले । त्यसैले उनी विदेश हान्निए । विदेश हुँदा पनि थाहै नदिई आफ्नो एकाउन्टमा पैसा हालिदिने दाजुको बानीको गरिमा प्रशंसा गर्दै भन्छिन्-उहाँलाई मप्रति कत्तिको चिन्ता छ म सहजै अनुभूति गर्न सक्छु । मेरो मामिलामा दादा यति केयरिङ हुनुहुन्छ कि म शब्दमा व्याख्या गर्न सक्दिन । आज म जे छु, जुन क्षेत्रमा मैले सफलता पाइरहेकी छु यो सब उहाँकै विश्वास र सहयोग हो ।

गरिमाले दाजुबाट जति प्रोटेक्सन अनुभूति गर्छिन् त्यो भन्दा बढी पि|mडम फिल हुन्छ उनलाई । मन लागेको काममा उनका दाजुले उनलाई कहिल्यै रोकेनन् बरु हरबखत प्रेरणा दिएर काममा हौस्याइरहे । फिल्म इस्डस्टि्रज जस्तो क्षेत्रमा बहिनीलाई सहज रूपमा काम गर्न दिनु दाजुको महानता भएको गरिमाको ठम्याइ छ । सम्बन्धलाई सुमधुर बनाउन आपसी समझदारीले ठूलो भूमिका खेल्छ भन्ने यी दाजुबहिनीले एउटै स्वरमा भने-जसलाई जे परे पनि एक-अर्काका लागि हरबखत तयार छौं भन्ने भावना मन-मस्तिष्कमा सधैं रहिरहन्छ ।
मनुराज पन्त, व्यापारी
गरिमा पन्त, नायिका
साहित्यकार कमलराज रेग्मीका यी छोराछोरी अहिले आ-आफ्नो कर्म क्षेत्रमा व्यस्त छन् । इन्जिनियर सन्ध्या रेग्मी भियतनाममा आफ्नो काम सम्हाल्दै छिन् भने दाजु डा. प्रकाशराज रेग्मी मुटुका बिरामीहरूको सेवामा दिनरात व्यस्त छन् ।
उनीहरूको बाल्यकाल अति मीठो तरिकाले बितेको सन्ध्या बताउँछिन् । उनको दाजुसितको बाल्यकाल मीठो र स्मरणीय छ । ४ जना दिदीबहिनी र एक जना दाजु । तैपनि सन्ध्या अरू दिदीबहिनीभन्दा अलि बढी नजिक थिइन् । पढाइमा गाइड गर्ने, पढाइका हरेक समस्या सुल्झाउने, बिहान उठेदेखि दाजुसँगै बसेर नास्ता खाने, होमवर्क गर्ने, पढ्ने र राति पनि दाजुसँगै सुत्ने । दाजुले अति माया गर्ने, बुबाले जस्तै । बरु बुबाले केही बिगार्दा गाली गर्ने तर दाजुबाट उनले कहिल्यै गाली खानु परेन । सन्ध्या ६ कक्षा पढ्दा डा. रेग्मी एमबीबीएस पढ्न रुस गएका थिए । त्यसबेला सन्ध्या यति रोइन् कि अहिलेसम्म त्यसरी कहिल्यै रोएकी छैनन् । हरेक समस्या समाधान गर्ने दाजु हुनुहुन्थ्यो तर दाजु विदेश गएपछि कोसँग बसेर खाने, कोसँग कुरा गर्ने, कोसँग होमवर्क गर्ने ? उनी भन्छिन्-कति वर्षसम्म त दाजुलाई सम्झेर रोएर बस्थें । उता दाजुलाई पनि प्यारी सानी बहिनी कोसँग बोल्दी होली, होमवर्क कोसँग बसेर गरिहोली भन्ने लाग्थ्यो । सन्ध्याले चिठीबाटै विज्ञानका प्रश्नहरू सोधेर पठाउँथिन् । त्यो चिठी पुग्न महिना दिन लाग्थ्यो भने अर्काे १ महिनापछि चिठी आइपुग्थ्यो । यसरी चिठीकै माध्यमबाट उनीहरू ७ वर्षसम्म नजिक रहे । अहिले जस्तो फोन, इन्टरनेट सुविधा थिएन । ७ वर्षपछि उनीहरूले तिहार सँगै मनाउन पाए । जतिबेला दाजु पढाइ सकेर नेपाल फर्किए त्यतिबेला सन्ध्या पढ्न जर्मनी हान्निइन् । अर्को ७ वर्षपछि मात्र यिनीहरूको भेट भयो । यसरी उनीहरू लामो समय टाढिए पनि मानसिक रूपमा धेरै नजिक थिए । जम्मा ११ वर्षको उमेरसम्म मात्र राम्रोसँग सँगै बस्न पाएका दाजुबहिनीलाई बाल्यावस्थाका ती क्षण जीवनभरिका लागि स्मरणीय छन् ।
अहिले बुबाआमा बिरामी एवं वृद्ध भएका कारण पनि सन्ध्या जे-जस्तो अवस्थामा पनि वर्षमा एकपटक नेपाल आइपुग्छिन् । अगाध मायाले भरिपूर्ण दाजुबहिनी अहिले भेटमा प्रोफेसनल कुराकानीमा रमाउँछन् । चिकित्सा र इन्जिनियरिङलाई कर्म क्षेत्र बनाउने यी दाजुबहिनी साहित्य र कलामा पनि त्यत्तिकै रमाउँछन् । पेन्टिङ, मेडिकल, इन्जिनियर, विज्ञान, प्रविधि, कला र साहित्य आदिमा उनीहरूको छलफल चल्छ । उनीहरू दुवैले आमाबुबाका बारेमा पुस्तक लेखेका छन् । सन्ध्याको कलाबाट दाजु निकै प्रभावित छन् । त्यसैले उनका क्लिनिकका भित्ताहरू बहिनीको कलाले भरिएका छन् । तन टाढा भए पनि मन नजिक छ भने आपसी सद्भाव र माया अझ बलियो हुने सन्ध्याको तर्क छ ।
प्रकाशराज रेग्मी, चिकित्सक
सन्ध्या रेग्मी, कलाकार
घरमा भाइ र म भएपछि अरू कोही चाहिँदैनथ्यो । खेल्न, पढ्न, खान दुई दिदीभाइ भए रमाइलो हुन्थ्यो । दिदीभाइको उमेर एक वर्षको फरक  भएकाले पनि उनीहरू दिदीभाइ भन्दा बढी बेस्ट प|mेन्डजस्ता लाग्छन् । सुषमा सानैदेखि टम ब्वाइजस्तै थिइन् । भाइसँग सँगै उनी पनि फुटबल, बास्केटबल, टेनिस खेल्न पुग्थिन् । उनीहरू दुवैलाई कसैले केही चीज दियो वा ल्याइदियो भने बराबर नै चाहिने नत्र हंगामा नै हुन्थ्यो । कहिलेकाहीँ घरमा नभनी सुषमा कतै साथीकहाँ जाँदा अभिभावकले गाली गरे भाइ करुणले बचाउ गर्थे । केही काम बिगारे पनि भाइका कारण बच्ने सुषमा बताउँछिन् ।
अहिले सुषमा फेसन डिजाइनिङमा व्यस्त छिन् । १२ वर्षअघि वुमन्स प्लानेट बुटिक खोलेर करिअर सुरु गरेकी सुषमाका अनुसार करुणले उनलाई हरेक कोणबाट सहयोग पुर्‍याएका छन् । दिदीको हक्की स्वभाव र नेतृत्व गर्न सक्ने क्षमतासँग करुण निकै प्रभावित छन् । उनी सानैदेखि अहिलेसम्म दिदीका हरेक कुरा मान्छन् । दिदीको कुरा नकार्नै नसक्ने बताउँछन् करुण । अहिले पनि यी दिदीभाइ हरेक मोड र परिस्थितिमा सँगै छन् । आपत् पर्दा होस् वा कुमार्गबाट बचाउन नै किन नहोस् एक-अर्कामा सधैं सहयोग रहेको सुषमा बताउँछिन् । विवाहपछि सुषमालाई भाइ कसरी बस्छ होला भन्ने ठूलो चिन्ता थियो तर विवाहपछि पनि त्यही बलियो सम्बन्ध र साथले उनीहरूको जीवन उज्यालो बनाउन सहयोग गरेको छ । अहिले पनि उनीहरू समय-समयमा बाहिर लञ्च, डिनर खान सँगै जानुका साथै सपिङ पनि जान्छन् र सुझाव आदान-प्रदान गर्छन् ।

जन्मजात लिएर आएको दिदीभाइको सम्बन्ध कुनै कुराले पनि टुट्न नसक्ने र बलियो हुने दुवैको ठहर छ । कतिपयले त यी दुईको सम्बन्धलाई उदाहरणका रूपमा समेत लिने गरेका छन् ।
सुषमा सिंह, फेसन डिजाइनर
करुण हमाल, इभेन्ट म्यानेजर

Source : http://www.ekantipur.com/nari/article/?id=1208

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s