जोखिममा दक्षिण एसियाली महिला

अफगानिस्तानमा ८७ प्रतिशत महिला निरक्षर छन् भने सयमा ८० जना महिलाको बलपूर्वक विवाह हुन्छ । त्यस्तै पाकिस्तानमा दाइजोको विवादका कारण श्रीमान् वा उनका घरका सदस्यहरूले महिलाको हत्या गर्ने क्रम निकै उच्च रहेको, परपुरुषसँगको सम्बन्धको निहुँमा महिलाको हत्या गर्ने र बालविवाहका कारण पनि महिला जोखिममा रहेको अध्ययनको निष्कर्ष छ । धार्मिक अतिवादका कारण अघि बढ्न चाहने महिलाहरूको अनुहारमा एसिड खन्याएर हत्या गर्ने प्रयास गरिएका घटना पनि पाकिस्तानी समाजमा उच्च रूपमा पाइएको छ ।

वि.श्वमा सबैभन्दा बढी महिला हिंसा हुने ठाउँको कुरा गर्दा हामीमध्ये धेरैजसोले रोग, भोक, गरिबी तथा द्वन्द्वबाट पिल्सिएको कालो महादेश मानिने अपि|mकी मुलुकहरू होलान् भनेर अनुमान गछौंर्ं । यद्यपि त्यस्तो अनुमान अहिले गलत साबित भएको छ । हामी बसेकै दक्षिण एसियाली क्षेत्र विश्वमै महिलाका लागि सबैभन्दा बढी जोखिमपूर्ण रहेको एक अध्ययनले देखाएको छ । रोयटर्स थम्सन फाउन्डेसनले गरेको एक अध्ययनमा विश्वका पाँचवटा जोखिमपूर्ण देशभित्र तीनवटा एसियाली देश परेका छन् । अझ महिलाका लागि विश्वको सबैभन्दा जोखिमपूर्ण देशको सूचीको पहिलो नम्बरमा दक्षिण एसियाली देश अफगानिस्तान छ । अध्ययनअनुसार पाकिस्तान महिलाका निम्ति विश्वको तेस्रो जोखिमपूर्ण देश हो भने भारत चौथो स्थानमा छ । अफगानिस्तानपछि अपि|mकी राष्ट्र कंगो दोस्रो स्थानमा छ भने पाकिस्तान र भारतपछि सोमालिया पाँचौं स्थानमा छ ।

विश्वको जनसंख्याको महत्वपूर्ण हिस्सा ओगट्ने दक्षिण एसियाली क्षेत्र जहाँ भारत र पाकिस्तानजस्ता आणविक शक्तिसम्पन्न देश छन्, अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त देश छ तथा नेपाल र श्रीलंकाजस्ता द्वन्द्वव्यवस्थापनतर्फ उन्मुख देशहरू छन् । धार्मिक तथा जनसंाख्यिक विविधता भएको दक्षिण एसियाली क्षेत्रमै अत्यन्तै रुढिग्रस्त बंगलादेश तथा झन्डै ९९ प्रतिशत साक्षरता भएको माल्दिभ्स पनि छन् । यद्यपि द्वन्द्वग्रस्त अपि|mकी मुलुकहरूमा जस्तो आमहत्या तथा महिला हिंसा र हत्याका घटनाहरू दक्षिण एसियाली क्षेत्रमा सुनिँदैनन् तर भित्रभित्रै महिलाहरू हिंसाको सिकार बनिरहेका छन् । थम्सन फाउन्डेसनको अध्ययनले स्व्ाास्थ्य सेवामा पहुँचको कमी, हिंसा, सांस्कृतिक विभेद तथा बेचबिखनका कारण अफगानी महिलाहरू विश्वमा सबैभन्दा जोखिममा रहेको देखाएको छ । अफगानी महिलाहरूमा मातृ मृत्युदर निकै उच्च छ, स्वास्थ्यमा पहुँच छैन भने आर्थिक अधिकार शून्य प्रायः छ । अध्ययनअनुसार प्रसूतिको बेला हरेक ११ जना अफगानी महिलामा १ जना मृत्युको जोखिममा हुन्छन् । अफगानिस्तानमा ८७ प्रतिशत महिला निरक्षर छन् भने सयमा ८० जना महिलाको बलपूर्वक विवाह हुन्छ । त्यस्तै पाकिस्तानमा दाइजोको विवादका कारण श्रीमान् वा उनका घरका सदस्यहरूले महिलाको हत्या गर्ने क्रम निकै उच्च रहेको, परपुरुषसँगको सम्बन्धको निहुँमा महिलाको हत्या गर्ने र बालविवाहका कारण पनि महिला जोखिममा रहेको अध्ययनको निष्कर्ष छ । धार्मिक अतिवादका कारण अघि बढ्न चाहने महिलाहरूको अनुहारमा एसिड खन्याएर हत्या गर्ने प्रयास गरिएका घटना पनि पाकिस्तानी समाजमा उच्च रूपमा पाइएको छ । पाकिस्तानमा दाइजोको विवादका कारण वर्षमा १ हजार महिलाको हत्या हुने गरेको छ । पाकिस्तानमा ९० प्रतिशत महिलाले घरेलु हिंसा खेपिरहेका छन् भने महिलाको अर्थोपार्जन पुरुषको भन्दा ८२ प्रतिशत कम छ । त्यस्तै भारतको सन्दर्भमा गर्भमा रहेका स्त्री शिशुको गर्भपतन गर्ने, बालिकाहरूको हत्या गर्ने तथा चेलीबेटी बेचबिखन निकै उच्च रहेकाले भारतीय महिलाहरू पनि उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । भारतमा मानव बेचबिखन एउटा व्यापारकै रूपमा रहेको र बर्सेनि हजारौं मानिस बेचबिखनमा पर्ने सरकारी तथ्यांकले देखाएको छ । भारतमा झन्डै ३० लाख महिला यौन व्यवसायमा संलग्न छन् जसमध्ये ४० प्रतिशत बालिका छन् । राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार गएको एक शताब्दीमा भारतमा ५ करोड बालिकालाई गर्भमै लिङ्ग पहिचान गरी तुहाइयो । भारतमा सयमा ४५ जना महिलाको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको छ । भारत विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भए पनि आर्थिक प्रलोभनका कारण सरकारले नै मानव बेचबिखनलाई गुमराहमा राख्ने गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको भनाइ छ । नेपालको कुरा गर्ने हो भने जनसंख्यामा आधाभन्दा धेरै हिस्सा ओगट्ने महिलाहरूको अवस्था निकै दयनीय छ । परम्परागत समाज, अर्थतन्त्रमा महिलाको पहुँच कम, लैंगिक विभेद, गरिबी, अशिक्षा, महिला बेचबिखन तथा द्वन्द्व आदिका कारण नेपाली महिलाहरू पनि उच्च जोखिममा छन्् । नेपालको संविधानसभामा महिलाको प्रतिनिधित्व विश्वमै उदाहरणीय भए पनि समाजमा महिलाको जीवनस्तर उकासिन सकेको छैन ।

राष्ट्रसंघको विशिष्टिकृत संस्था युएन ओमनका अनुसार दक्षिण एसियामा हरेक तीन मिनेटमा एक जना महिलामाथि हिंसा हुने गरेको छ । खासगरी यो क्षेत्रमा घरेलु हिंसा, बलात्कार, यौन हिंसा, एसिड आक्रमण तथा दाइजोको निहुँमा हुने हिंसा बढी हुने गरेका छन् । यो क्षेत्रका महिलाको समस्या हिंसा मात्र होइन । स्वपहिचान र आत्मसम्मानको अभाव, भेदभाव एवं आफ्नो जिन्दगीका सम्बन्धमा आफैले निर्णय गर्न नपाउनु पनि मुख्य समस्या हुन् । यस क्षेत्रमा हरेक १ लाखमा ५ सय जना महिलाको गर्भावस्थामा मृत्यु हुन्छ । त्यसैगरी आधाभन्दा बढी महिला निरक्षर छन् भने अर्थतन्त्र र भूमिमाथि महिलाको पहुँच छैन । महिलाहरू आधारभूत मानव अधिकार, शिक्षा, रोजगारी, पोषण र न्यायबाट वञ्चित छन् । भारतजस्ता आर्थिक रूपमा विकसित देश मात्र नभएर अरु देशमा समेत आधुनिकता र राजनीतिक परिवर्तनका कारण महिलाका मुद्दाहरू ओझेलमा परिरहेको कुरामा विज्ञहरूको मतैक्य छ ।

दक्षिण एसियाली क्षेत्रमै महिलाको राजनीतिक प्रतिनिधित्वमा अनुकरणीय काम भएका छन् । श्रीलंकाकी सिरिमाओ आर डी बन्दरानाइके विश्वकै पहिलो निर्वाचित प्रधानमन्त्री हुन्, भारत, पाकिस्तान, बंगलादेशजस्ता देशमा पनि महिला उच्च राजनीतिक ओहोदामा पुगेका छन् । अहिले भारतकी राष्ट्रपति, सभामुखदेखि लिएर सत्तारुढ र विपक्षी दलको प्रमुख नेतामा महिला छन् । त्यस्तै बंगलादेशमा पनि महिला प्रधानमन्त्री छिन् । नेपालको संविधानसभामा महिलाको उच्च प्रतिनिधित्व छ भने कानुनले नै महिलालाई विभिन्न क्षेत्रमा आरक्षण प्रदान गरेको छ । केही महिला राजनीतिक एवं बौद्धिक रूपमा उच्च तहमा पुगे पनि आधारभूत तहमा दक्षिण एसियाली महिलाको अवस्था निकै दयनीय र जोखिमपूर्ण छ । यद्यपि महिला हिंसाका धेरै घटना सामाजिक परिबन्दका
कारण सार्वजनिक हुन पाएका छैनन् । फलस्वरूप महिला हिंसा भुसको आगोझैं फैलिरहेको छ ।

Source : http://www.ekantipur.com/nari/article/?id=1070

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s