स्यान्डीबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो

न्युयोर्क, १५ कात्तिक
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको समुद्री आँधी स्यान्डीका कारण मृत्यु हुनेको संख्या ५० नाघेको छ भने करिब ८० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ । लङ आइल्यान्ड र न्युजर्सीको समुद्री तट तथा क्यारेबियन क्षेत्रमा विध्वंस मच्चाउँदै सोमबार अमेरिकातर्फ हानिएको स्यान्डीले २० अर्ब अमेरिकी डलरबराबरको भौतिक सम्पत्तिमा क्षति पुगेेको पनि समाचारमा उल्लेख छ । स्यान्डीकोे असर सबैभन्दा बढी न्युयोर्क सहरमा परेको छ, जहाँ हालसम्म १८ जनाको मृत्यु भइसकेकको मेयर माइकल ब्लुमबर्गले जनाएका छन् । त्यस्तै, आँधीले न्युजर्सीलाई नराम्ररी प्रभावित गरेको छ ।
आँधीका कारण यस क्षेत्रका २० लाखभन्दा बढी घरमा विद्युत् सेवा ठप्प भएको छ । आँधीले म्यासेच्युसेट्स, मेरिल्यान्ड, कनेटिकट, न्युजर्सी, पेन्सिल्भानिया, पश्चिम भर्जिनियालगायत सहरमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । स्यान्डीका कारण सोमबारदेखि यी राज्यमा जनजीवन नराम्ररी प्रभावित भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा चुनावी अभियान स्थगित गरी आँधी प्रभावित न्युजर्सी पुगी आँधीपीडित जनतालाई वितरण गरिएको राहतबारे जानकारी लिएका छन् । घर तथा व्यवसाय गुमाउने व्यक्तिका लागि सरकारी सहयोग उपलब्ध गराउने निर्णय उनले गरेका छन् ।  यस आँधीका कारण अमेरिकी राष्ट्रपतिको चुनावी अभियान नै प्रभावित भएको जनाइएको छ । राष्ट्रपति ओबामाले प्रकोपमा उद्धारका साथै पीडितको रेखदेख गर्न प्रचारप्रसार अभियानसमेत रोकेको समाचारमा उल्लेख छ । त्यसैगरी ओबामाका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले पनि आफ्ना केही चुनावी कार्यक्रम स्थगित गरेको समाचार  छ । अमेरिकामा ६ नोभम्बरमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले यति ठूलो आँधी आफूले कहिले पनि नदेखेको बताएका छन् । तटीय क्षेत्रवरपरका विद्यालय तथा सरकारी कार्यालय तीन दिनदेखि खुल्न सकेका छैनन भने न्युयोर्क, न्युजर्सी तथा कनेक्टिकटका केही क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
स्यान्डीका कारण हालसम्म पाँच करोड मानिस प्रभावित भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएको अधिकारीले जनाएका छन् । आँधीकै कारण १८ हजारभन्दा बढी उडान रद्द गरिएको हवाई उडानको जानकारी दिने बेवसाइट फ्लाइट अवेरले जनाएको छ । हाल स्यान्डी क्यानाडाको तटीय क्षेत्रतर्फ अघि बढेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ । स्यान्डीका कारण गतहप्ता क्यारेबियन क्षेत्रमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=38&Itemid=54

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s