नोट प्रयोगसम्बन्धी स्पष्ट नीति आवश्यक

November 1, 2012

नेपाल राष्ट्र बैङ्कले सहज तरीकाले आम नागरिकलाई दशैंमा नयाँ नोट साट्ने व्यवस्था गर्‍यो । यो उसको सराहनीय कदम हो । उसको यो कार्यबाट दशैंमा सर्वसाधारणले पुरानो नोट चलाउनुपर्ने बाध्यता हट्यो । यसबाट थोरै भए पनि सर्वसाधारणमा खुशी छायो । तर, वितरण गरेको छोटो समयमै नोटहरु रङ लगाउने तथा फोहोर बनाउने काम हुन्छ । नेपालमा नोटको सचालन, व्यवस्थापन र प्रयोगसम्बन्धी समयोचित व्यवस्था हुन सकेको छैन । यसले पनि नोटहरु चाँडै फोहोर हुने गरेको हो । यो समस्याको समाधानका लागि राष्ट्र बैङ्कले नोटको प्रयोगसम्बन्धी नीति ल्याई आम जनतालाई सुसूचित गराउनुपर्छ । नयाँ नोट वितरणको राष्ट्र बैङ्कले अनुगमनसमेत गर्‍यो । औसत सर्वसाधारणले समयमा नै नयाँ नोट पाए । तर, यसरी नयाँ नोट लिने सर्वसाधारणले नोट प्रयोगसम्बन्धी कुनै जानकारी पाएनन् । यसो हुँदा उनीहरुले परम्परागत रुपमै अर्थात् नोटको जतन नगरी प्रयोग गरे । र दशैंलगत्तै नयाँ नोट पनि पुराना जस्तै भए । यस्तो अवस्थाको अन्य गर्न नोत व्यवस्थापन निकायले विशेष पहल गर्नुपर्छ ।

सरोकारवाला निकायकै कमजोरीका कारण सर्वसाधारणले नोटको प्रयोग जथाभावी गरेको भन्नेमा कसैको दुइमत छैन । यसकारणले नयां नोट प्रयोगको बारेमा पर्याप्त जानकारी दिन जरुरी छ । पुराना नोटमा स्टिकर लगाई जोडेर नयाँजस्तो पारेर बैङ्कले सर्वसाधारणलाई दिएको समेत पाइयो । यसबाट सहुलियत दिने नाममा बैङ्कहरूले सर्वसाधारणको आँखामा छारो हालिरहेको देखिन्छ । नेपाल घुम्न आएका विदेशी पर्यटकले समेत नेपाली नोटको प्रयोग गर्छन् । पुरानो नोटलाई नयाँजस्तै बनाई बजारमा पठाउँदा त्यस्ता नोट विदेशीको हातमा पनि पुग्छ । यस्तो कार्यले नेपाली नोटबारे विदेशमा गलत सन्देश जाने हुन्छ । नियामक निकायले यस्ता कुरामा ध्यान पु¥याउन जरुरी छ । यसप्रकार नोट वितरणमा पारदर्शी ढङ्गले नियमबमोजिम सुशासन कायम गराउन सक्नुपर्छ । होइन भने नियामक निकायको नागरिकप्रतिको दायित्व पूरा भएको मानिँदैन ।

सुरेन्द्रकुमार राई, कोटेश्वर, काठमाडौं

Source : http://www.abhiyan.com.np/article-pathakpatra_16kartik2069_note#.UJJY6We_-4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s