धान उत्पादन १४ प्रतिशत घट्ने

अजित अधिकारी/नयाँ पत्रिका
काठमाडौं, १५ कात्तिक
मल, बिउ, मनसुन तथा पर्याप्त सिँचाइ अभावका कारण यो वर्ष धान उत्पादन घटेको छ । गत आर्थिक वर्षमा हालसम्मकै धान उत्पादन उच्च भएपछि यो वर्ष उत्पादन वृद्धि गर्ने सरकारी लक्ष्यविपरीत अघिल्लो वर्षको तुलनामा १४.२ प्रतिशत उत्पादन घटेको कृषि विकास मन्त्रालयले जानकारी दिएको हो ।
सिँचाइ सुविधा अभाव र ढिलो गरी सुरु भएको मनसुनले मुलुकभर १ लाख ४० हजार हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ हुन नसक्दा धान उत्पादनमा गिरावट आएको मन्त्रालयको निष्कर्ष छ । मुलुकभर खेतीयोग्य जमिन १५ लाख २६ हजार हेक्टर रहेको छ ।
सामान्यतया एक हेक्टर जमिनमा तीन मेटि्रक टन धान उत्पादन हुने गर्छ । सोही तथ्यांकलाई आधार मान्दा एक लाख ४० हजार हेक्टर जमिनमा रोपाइँ नभएपछि चार लाख २० हजार टन धान उत्पादन हुन सकेन ।
त्यस्तै, मल बिउ अभावले थप तीन लाख टन धान उत्पादनमा ह्रास आएको मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले जानकारी दिए ।
‘यो वर्ष एक लाख ४० हजार हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ हुन नसक्दा ४ लाख २० हजार टन धान उत्पादन हुन सकेन । मल, बिउ अभावले थप ३ लाख टन धान उत्पादनमा गिरावट आएको देखिन्छ,’ प्रवक्ता पाठकले भने । अघिल्लो वर्ष इतिहासमै सबैभन्दा बढी ४४ लाख ६० हजार २ सय ७८ टन धान उत्पादन भएको थियो ।
यो वर्ष सिराहा, सप्तरी, महोत्तरी र धनुषामा ४९ देखि ६२ प्रतिशतसम्म मात्र धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सिराहा र सप्तरीमा सिँचाइ मन्त्रालयले सिञ्चित क्षेत्र भनी घोषणा गरेका ठाउँमा समेत पानी लाग्न नसक्दा रोपाइँ नै हुन सकेन । रोपाइँ भएका मुलुकभरका खेतियोग्य जमिनमा पनि ढिलो गरी सुरु भएको मनसुन र मल अभावले क्षमताअनुसारको धान उत्पादन हुन नसक्दा यो वर्ष करिब मुलुकभर करिब ३७ लाख टन धान उत्पादन हुने मन्त्रालयको प्रक्षेपण छ ।
मुलुकभर धान काट्ने समय सुरु भइसकेकाले मन्त्रालयले गरेको प्रक्षेपणमा सामान्य मात्र घटबढ हुने दाबी
गरेको छ ।
मन्त्रालयले तयार पारेको तथ्यांकमा सिरहा, सप्तरी, महोत्तरी र धनुषासहित पहाडी जिल्लाका खेतीयोग्य जमिनमा शतप्रतिशत रोपाइँ हुन नसक्दा धान उत्पादनमा गिरावट आएको
उल्लेख छ ।
यो वर्षको धान उत्पादन दुई वर्षअघिको उत्पादन परिमाणभन्दा कम रहेको तथ्यांकमा उल्लेख छ । दुई वर्षअघि सन् २००९/१० मा मुलुकभर ४० लाख २३ हजार ८ सय २३ टन धान उत्पादन भएको थियो ।
त्यस्तै, यो वर्ष मकै उत्पादन पनि घटेको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष झन्डै १० प्रतिशतले मकै उत्पादन घटेको प्रवक्ता पाठकले जानकारी दिए । गतवर्ष मुलुकभर २० लाख ३७ हजार ५ सय २२ टन मकै उत्पादन भएको थियो । ‘यो वर्ष धान र मकै उत्पादनमा ठूलो गिरावट आयो । यसबाट कृषक र सरकार दुवैलाई चिन्तित बनाएको छ,’ पाठकले भने ।
मनसुनी प्ा्रभाव र अपर्याप्त मल, बिउ वितरणले धान तथा मकै उत्पादनमा गिरावट आए पनि हिउँदेबाली राम्रो हुन सके खाद्यान्न आपूर्तिमा समस्या नहुने मन्त्रालयको भनाइ छ ।
खाद्य संकट हुने गरी धान तथा मकै उत्पादन नघटेकाले हिउँदे बाली उत्पादन राम्रो गर्न सकिए खाद्य वितरणमा कुनै समस्या नहुने पाठकले बताए ।

Source : http://www.nayapatrika.com/index.php?option=com_content&view=category&layout=blog&id=42&Itemid=57

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s